• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, September 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्तर्राष्ट्रिय उडानले पोखरामा उत्साह

    अन्तर्राष्ट्रिय उडानले पोखरामा उत्साह

    जिडिआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा नेपालको जोड

    जिडिआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा नेपालको जोड

    औद्योगिक रोबोटमा चीनको हिस्सा ५९ प्रतिशत

    औद्योगिक रोबोटमा चीनको हिस्सा ५९ प्रतिशत

    जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यकः परराष्ट्रमन्त्री

    जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यकः परराष्ट्रमन्त्री

    मनास्लुले तान्यो हिमाली कारोबार

    मनास्लुले तान्यो हिमाली कारोबार

    हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

    भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

metakhabar by metakhabar
२ साउन २०८२,
0
कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कर्णाली, २ साउन : कर्णालीको विशेष मौलिक पर्वका रूपमा लिने गरिन्छ साउने सङ्क्रान्ति, जुन दिन राँको बालेर लुतो फाल्ने गरिन्छ । मानव शरीर तथा समाजमा भएका सबैखाले विकृत चिजको विसर्जन गर्ने विम्बका रूपमा लुतो फाल्ने परम्परा मुलतः माथिल्लो कर्णालीका जिल्लाहरूमा विद्यमान छ ।

साउने सङ्क्रान्ति लुतो फाल्ने दिनमात्र नभएर देउडा पर्वका रूपमा पनि कर्णालीमा भव्य रूपमा मनाइने पर्व हो । विशेषतः जुम्ला, हुम्ला, डोल्पा, मुगु र कालीकोटमा आफ्ना सम्मुखका छिमेकीहरूलाई असभ्य शब्दले गाली गरेर मनाइने अनौठो पर्वलाई पछिल्लो समयमा केही हदसम्म सभ्य ढङ्गले मनाउन थालिएको छ ।

पाँच वर्षयता यो पर्व कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा समेत राँको बाल्ने, साथीसङ्गी मिलेर देउडा खेल्ने, सुखदुःख साटासाट गर्ने र सेवाभावका काम गरेर सम्पन्न गरिँदै आएको छ । बिहीबार जुम्ली एकता सेवा समाजको सहकार्यमा सिञ्जा सभ्यता संरक्षण तथा अनुसन्धान केन्द्रद्वारा सुर्खेत वीरेन्द्रनगरको खुलामञ्चमा आयोजित ‘देउडा विशेष कार्यक्रम’मा यहाँका जनप्रतिनिधि, समाजसेवी, नागरिक अगुवा, शिक्षाप्रेमी, बुद्धिजीवी र स्थानीय नागरिकको सहभागिता तथा प्रहरी प्रशासनको समन्वयमा साउने सङ्क्रान्ति सम्पन्न गरिएको छ ।

सामाजिक बेथिति, विकृति र भ्रष्ट कार्य निराकरणको प्रेरकका रूपमा लिइने यस पर्वले सामाजिक सद्भाव, आपसी मेलमिलाप तथा भाइचारा सम्बन्ध कायम गर्दै आएको कर्णालीका संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार यो साउने सङ्क्रान्ति पर्व नेपालभरि नै मनाइन्छ । यसमा कण्डारकको लुतो फाल्ने चलन छ । लुतो फाल्नका लागि विभिन्न औषधिमुलो, जडीबुटी, फलफूल र गेडागुडी आदि मिसाएर एउटा उल्का (राँको) बनाइन्छ र त्यसलाई बाटोमा फाल्ने चलन रहिआएको छ ।

आचार्यका अनुसार जुम्लामा यस दिन जुम्लामा धेरै उज्यालो हुन्छ । सर्वत्र हरेक घरमा १२–१५ वटा राँका बालिन्छन् । सारा गाउँ उज्यालो हुन्छ, वारिपारि सब देखिन्छ । यसरी राँको बाल्ने र फाल्ने चलन छ । एउटा वल्लो गाउँकाले पल्लो गाउँकालाई गाली गर्छन्, तर कुनै व्यक्तिको नाम तोकेर होइन । गाउँलेले अर्को गाउँलाई सम्बोधन गर्दै भन्छन्, “ए फलाना गाउँका, लुतो लैजा, पाब्डो (सडेको चिज) लैजा, हिलाउने, चिलाउने बिझाउने, खाइदे, खर्लप्पै सब लैजा, नातिदेखि धुनिया, भिनाजु यताउती सब लैजा’ भनेर भन्ने, पुकार्ने चलन छ ।” यो एउटा आपसी मनोविनोद, हाँसोठट्टा र खेलठट्टाको कुरा पनि हो ।

सिञ्जा सभ्यता संरक्षण तथा अनुसन्धान केन्द्रका सल्लाहकार मक्कबहादुर बुढाक्षेत्रीले कर्णालीको जीवन बोल्ने देउडा र यहाँको मौलिक पर्व साउने सङ्क्रान्तिबीच अन्तरसम्बन्ध रहेकाले एकसाथ मनाइएको बताउनुभयो । जुम्ला एकता सेवा समाज सुर्खेतका अध्यक्ष अमृत पाण्डेले मौलिक संस्कृति र परम्पराको संरक्षणले हरेक भेग, क्षेत्र र समुदायको पहिचान कायम भइरहने बताउनुभयो ।

देउडा गायिका सुनसरा शाहीले देउडा सुखदुःखका व्यथा ओकल्ने मात्र नभई समाजमा भएका बेथिति, विकृति, विसङ्गति र अनियमितताको आवाज भएको बताउनुभयो । सबै खाले कुराको सङ्गम र मूल स्रोत देउडा भएकाले यसको संरक्षण तथा विकासका लागि राज्यले उच्च प्राथमिकता राखेर काम गर्नुपर्ने उहाँले सुझाउनुभयो । करिब पाँच हजार सर्वसाधारण सम्मिलित रहेको सुर्खेतमा मौलिक देउडा र सांस्कृतिक पर्व साउने सङ्क्रान्ति देउडा खेल्दै लुतो फालेर सम्पन्न गरिएको छ ।

Previous Post

कश्मीर हमलाका लागि जिम्मेवार समूहलाई अमेरिकाद्वारा आतङ्कवादी घोषणा

Next Post

सरकारको आय-व्ययः बजेट खर्च १५ खर्ब २३ अर्ब, आम्दानी १२ खर्ब १९ अर्ब

metakhabar

metakhabar

सम्बन्धित खबर

अन्तर्राष्ट्रिय उडानले पोखरामा उत्साह
फिचर-ब्यानर

अन्तर्राष्ट्रिय उडानले पोखरामा उत्साह

१० अशोज २०८३,
जिडिआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा नेपालको जोड
अन्तर्राष्ट्रिय

जिडिआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा नेपालको जोड

१० अशोज २०८३,
औद्योगिक रोबोटमा चीनको हिस्सा ५९ प्रतिशत
अन्तर्राष्ट्रिय

औद्योगिक रोबोटमा चीनको हिस्सा ५९ प्रतिशत

१० अशोज २०८३,
जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यकः परराष्ट्रमन्त्री
अन्तर्राष्ट्रिय

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यकः परराष्ट्रमन्त्री

१० अशोज २०८३,
मनास्लुले तान्यो हिमाली कारोबार
फिचर-ब्यानर

मनास्लुले तान्यो हिमाली कारोबार

१० अशोज २०८३,
हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह
आवाज

भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन

१० अशोज २०८३,
Load More
Next Post
सरकारको आय-व्ययः बजेट खर्च १५ खर्ब २३ अर्ब, आम्दानी १२ खर्ब १९ अर्ब

सरकारको आय-व्ययः बजेट खर्च १५ खर्ब २३ अर्ब, आम्दानी १२ खर्ब १९ अर्ब

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In