• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

    सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

    सुनको मूल्य बढ्यो

    हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित

    हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जैविक विविधता अनुगमनका लागि क्यामेरा र जिपिएस उपकरण जडान

metakhabar by metakhabar
२ साउन २०८२,
0
जैविक विविधता अनुगमनका लागि क्यामेरा र जिपिएस उपकरण जडान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ,  कञ्चनजङ्घा संरक्षण क्षेत्रमा जैविक विविधता अनुगमन सुदृढ गर्न ट्रेल क्यामेरा र जिपिएस उपकरण जडान सुरु भएको छ । युनेस्कोको सहयोगमा कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् (केसिएएमसी) र समृद्ध पहाडबीचको सहकार्यमा उक्त उपकरणहरू जडान सुरु गरिएको हो । युनेस्कोका अनुसार तापेथोक, हेलोक र लेलेप क्षेत्रमा साउन १ देखि ४ गतेसम्म यी प्रविधि जडान गरिनेछ ।

“उपकरण जैविक विविधता अनुगमनलाई थप वैज्ञानिक, भरपर्दो बनाउन प्रयोग गरिनेछ, स्थानीय आदिवासी ज्ञान र आधुनिक प्रविधिबीच समन्वय गर्दै पारिस्थितिकीय अनुगमनलाई दिगो बनाउने उद्देश्यसहित यो अभियान थालिएको हो”, युनेस्कोद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

उपकरण जडानअघि, असार २९ र ३० गते लेलेपमा दुईदिने क्षमता विकास तालिम सम्पन्न भएको थियो । तालिममा स्थानीयबासी, विद्यालयका विद्यार्थी, आदिवासी जनजाति प्रतिनिधि र सरोकारवालाहरूको उल्लेख्य सहभागिता थियो । तालिममा सहभागीहरूले वैज्ञानिक उपकरणको प्रयोग, सञ्चालन र जडानसम्बन्धी व्यावहारिक सीप आर्जन गरेका थिए । यस्ता गतिविधिले स्थानीय समुदायलाई वातावरण संरक्षणप्रति थप जिम्मेवार र सक्षम बनाउने अपेक्षा गरिएको छ ।

केसिएएमसीका अध्यक्ष खगेन्द्र फेम्बु लिम्बूले संरक्षणका प्रयासबारे जानकारी दिँदै जैविक विविधताको हटस्पट र सम्भावित संरक्षण क्षेत्रहरू पहिचान गर्ने योजनामा आफूहरू जुटेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी युनेस्को बायोस्फियर रिजर्भको मान्यता प्राप्त गर्ने दिशामा अघि बढिरहेका छौँ । त्यसका लागि स्थानीय जनचेतना अभिवृद्धि र वैज्ञानिक आधारमा संरक्षणको सशक्त अभ्यास हाम्रो प्राथमिकता हो ।”

तालिम अवधिमा सहभागीलाई बायोस्फियर रिजर्भको अवधारणा, उद्देश्य, मनोनयन प्रक्रिया र सम्भावित लाभबारे जानकारी दिइएको थियो । बायोस्फियर रिजर्भलाई जीवित प्रयोगशाला मानिन्छ, जहाँ संरक्षण, दिगो विकास र वैज्ञानिक अनुसन्धानलाई सँगसँगै अघि बढाइन्छ । यसले मानव र प्रकृतिबीच सन्तुलित सम्बन्ध निर्माण गर्न मद्दत गर्दछ ।

युनेस्को नेपाल राष्ट्रिय आयोगअन्तर्गत मानव तथा बायोस्फियरसमितिका सदस्य प्राडा हरिप्रसाद अर्यालले स्थानीय ज्ञान र वैज्ञानिक प्रविधिबीचको संयोजनले उच्च हिमाली क्षेत्रका पारिस्थितिक चुनौतीहरू समाधान गर्न मद्दत गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले स्थानीय संरक्षकहरूको ज्ञानलाई सम्मानपूर्वक सुन्न, सिक्न र व्यवहारमा उतार्नुपर्छ । उनीहरूको प्रकृतिप्रतिको प्रतिबद्धता संरक्षणको मेरुदण्ड हो ।”

यस अभियानले विश्वव्यापी कुनमिङ–मोन्ट्रियल जैविक विविधता फ्रेमवर्कका उद्देश्यहरूसँग पनि मेल खानेछ । उक्त फ्रेमवर्कले २०५० सम्ममा प्रकृतिसँग सन्तुलनमा आधारित जीवनयापनतर्फ विश्व समुदायलाई अग्रसर गराउने लक्ष्य राखेको छ ।

नेपालका लागि युनेस्कोका प्रतिनिधि याको दु तोईले कञ्चनजङ्घामा सञ्चालन भइरहेका प्रयासहरू केबल प्रकृति संरक्षणका लागि मात्र नभई स्थानीय समुदायको ज्ञान, जीवनशैली र दिगो जीविकोपार्जनमा आधारित रहेको बताउनुभयो । “हाम्रो कार्य र सहकार्य युनेस्कोको समग्र मिसनसँग गहिरो रूपमा मेल खान्छ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार यो पहल कुनमिङ जैविक विविधता कोषको आर्थिक सहयोगमा सञ्चालन भइरहेको ‘कञ्चनजङ्घा संरक्षण क्षेत्रमा जैविक विविधता संरक्षणका लागि सामुदायिक संलग्नता सुदृढ गर्ने’ परियोजनाअन्तर्गत हो । परियोजनाले स्थानीय क्षमता अभिवृद्धि, ज्ञान आदानप्रदान र वैज्ञानिक उपकरणहरूसँग व्यावहारिक संलग्नतामार्फत कञ्चनजङ्घाजस्ता जैविक विविधताले भरिपूर्ण क्षेत्रमा सामुदायिक संरक्षण अभ्यासलाई बलियो बनाउने लक्ष्य लिएको छ ।

यो साझा प्रयासले कञ्चनजङ्घा क्षेत्रको अनन्य जैविक विविधता भविष्यका पुस्ताका लागि सुरक्षित गर्ने दिशामा थप बल पु¥याउने विश्वास लिइएको छ । आधुनिक प्रविधि र आदिवासी ज्ञानबीचको शक्तिशाली तालमेलमार्फत यो पहलले समुदाय–नेतृत्वमा आधारित संरक्षणका उत्कृष्ट अभ्यासका लागि नमुना प्रस्तुत गरेको युनेस्कोले जनाएको छ ।

Previous Post

वायुसेवा निगमद्वारा ऋणको किस्ता भुक्तानी

Next Post

काठमाडौं इन्जिनियरिङ कलेजमा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न

metakhabar

metakhabar

सम्बन्धित खबर

इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

७ भदौ २०८३,
नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित
आवाज

नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

७ भदौ २०८३,
दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस
अन्तर्राष्ट्रिय

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

७ भदौ २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

७ भदौ २०८३,
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
आर्थिक

सुनको मूल्य बढ्यो

७ भदौ २०८३,
हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित
अन्तर्राष्ट्रिय

हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी

७ भदौ २०८३,
Load More
Next Post
काठमाडौं इन्जिनियरिङ कलेजमा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं इन्जिनियरिङ कलेजमा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In