• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

    आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

    रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

    रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

    कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

    कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

    रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर

    रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर

    काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

    काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

    उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

    उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

खडेरीले सम्झाउँदै ‘डाक वचन’

metakhabar by metakhabar
२९ असार २०८२,
0
खडेरीले सम्झाउँदै ‘डाक वचन’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मधेसको प्राचीन मिथिला क्षेत्रमा अहिले पनि खेतीपाती र मौसमका कुरा उप्किँदा पाका किसान ‘डाक वचन’ सम्झन्छन् । अनुकूल-प्रतिकूल मौसम र खेतीपातीका सन्दर्भमा सिद्धपुरुष ‘डाक’ले करिब तीन सय वर्षअघि गरेका भविष्यवाणी उमेर घर्केका मैथिल (मिथिलाका बासिन्दा) लाई कण्ठस्त छ । मौसमवेत्ता र भविष्यवेत्ता मानिने ‘डाक’ मैथिल जनजीवनका सम्झिरहने पात्र मानिन्छन् ।

‘अखाढ सुक्खा, सावन दुखद, भादो भैंसल, अगहन झखत’ (असारमा पानी नपर्दा साउन दुःखकै हुन्छ, अनि भदौ पनि राम्रो हुँदैन, सारमा मङ्सिर टोलाएर बस्नुपर्ने हुन्छ) यसपालि पानी नपरी असार बित्दा दिक्क भएका भङ्गाहा–५ भूचक्रपुरका ७० वर्षीय दीपनारायण चौधरी थारू डाक वचन सम्झँदै भन्छन्, ‘अखाढक मार सालभर खेप परैय’ (असारमा पानी नपरेको मार (मर्का) वर्षभरि झेल्नु पर्छ) ।

मिथिलामा प्रायः मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गको व्यावहारिक प्रचलन हुँदा सौरमासभन्दा चन्द्रमासको गणनामा महिना गनिन्छन् । चन्द्रमासले शुक्रबार नै साउन लागेपछि चौधरीले डाक वचन सम्झँदै साउनको पनि छन्द निको नदेखिएको बताए । ‘सावन सुक्खासँगे चलै, किसानक भाग्य अधरमें टलै’ (साउनमा पानी नपर्दा किसानको कर्म पासोमा भुण्डिए जस्तै हुन्छ) डाक वचन सम्झँदै चौधरी भन्छन्, ‘सावनक रुइख सेहो निक नई दिखाइय’ (साउनको छाँट पनि निको देखिन्न) । शुक्रबार साउन कृष्णपक्ष सुरु भए पनि जेठको प्रचण्ड राप बिस्र्याइरहेको उनी बताउँछन् । यसपालि पानी नपरेर धानबाली लगाउन नपाएका चौधरी जस्तै पाका किसान अहिले दिक्दार देखिन्छन् ।

यहाँ ‘डाक वचन’ पढेर भनिएका होइनन् । एक अक्षर पढ्न÷लेख्न नजान्ने भङ्गाहा–४ पलारका ८० वर्षीय चौठी बाँतरलाई ‘डाक वचन’का थुप्रै पंक्ति कण्ठस्त छन् । यो भन्ने, सुन्ने प्रक्रियाबाट पुस्तान्तरण हुँदै आएको छ । यद्यपि अहिलेका नयाँ युवा पुस्ताले भने यी पुराना कुरामा ध्यान नदिने गरेका बाँतरको गुनासो छ । आफूले बाजेको काखमा खेल्दैदेखि उहाँबाट डाक वचन सुनेको बाँतर बताउँछन् ।

अहिलेको मौसम अवस्था पानी पर्ने छाँटको नभएको डाक वचनका आधारमा बाँतरको निष्कर्ष छ । ‘सावन अन्हार, न बादर न बयार, पिया परदेश किसान लाचार’ (साउन न अँध्यारो छ, न बादल न मेघ, प्रियजन परदेश छन्, यस्तो बेला किसान लाचार हुन्छन्) डाक वचनका पंक्ति सम्झँदै बाँतर भन्छन्, ‘सावन जौं रहै निरभ्र गगन, खेत सुखाय, मरय जनमन’ (साउनमा आकाश बादल बिनाको देखिनु वर्षा नहुने संकेत हो । यसले जग्गा रुखो बनाउँछ र जनजीवन संकटमा पर्छ)।

सिङ्गो असार पानी नपरी बित्दा खेत रोप्न नपाएका किसान साउन लाग्दा पानी पर्छ कि भनेर गरिएको आश पनि निरर्थक भएको बताउँछन् । अब त चन्द्रमासले साउन कृष्णपक्ष सुरु भएको छ । तर लक्षणहरूले पानी पर्ने छाँट नदेखिँदा ‘डाक वचन’ सम्झँदै महोत्तरीको औरही–७ का ७५ वर्षीय मोहन महतो भन्छन्, ‘सावन जो नभ चटकी रहल, बून्द नई टप्केइ खेत ! धान–पानक सगुन घटै रोपनी होई न हेत !’ (साउन लाग्दा पनि आकाश सफा देखिए पानी पर्दैन, खेत रुखा हुन्छन्, खेती चौपट हुन्छ) । अहिले ठ्याक्कै यस्तो लक्षण देखिएको महतोको भनाइ छ ।

मिथिलाको जनमनमा बसेका मौसमवेत्ता डाकको समय एकीनसाथ भन्न नसकिए पनि १९औँ शताव्दीको पूर्वाद्ध हुनसक्ने अड्कल गरिएको छ । गृहस्थ जीवनका सबै पाटामा डाकका भविष्यवाणी छन् । तर मिथिलामा मुख्यतः खेतीपाती र मौसमबारे बढी चासो राखिन्छ । डाकका चौपाइ (श्लोक) का प्रयोग भएका शब्दले यो समय १९औँ शताव्दीको पूर्वाद्ध हुनसक्ने अड्कल गरिँदै आइएको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस)का मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा मुक्ति बताउँछन् ।

यसपालि धानको बीउ राख्नदेखि रोपाइँको समयसम्म अनुकूल वर्षा नहुँदा सिङ्गो मधेस मुख्यबाली लगाउन नपाएर आक्रान्त छ । खडेरीले पिल्सिएका मैथिल दिनको लक्षण र ‘डाक वचन’का उक्ति सम्झेर विरक्तिएका छन् । अन्नको भण्डार मानिने मधेसमा धानबाली लगाउन नपाएपछि किसान विलखबन्द परेका छन् ।

खेतीपाती र मौसमीय अड्कल गरिन केही दशक पहिलेसम्म निकै भरपर्दो मानिने ‘डाक वचन’ पछिल्ला केही दशकयता भने देखिने अवस्था र उक्तिका बीच मेल खान छाडेको कतिपय बताउँछन् । निश्चित समयमा देखिने मौसमीय अवस्था र त्यससँग जोडिएका डाकका वचनमा अब तारतम्य त्यति मिल्न छाडेको भङ्गाहा–७ मेघरोलका बासिन्दा वातावरण तथा चुरे विज्ञ डा. विजयकुमार सिंह बताउँछन् ।

‘अचेल डाक वचनका कतिपय सन्दर्भ मिल्दैनन्, तर यसको कारण डाक वचन गलत भएर होइन, पछिल्लो जलवायु परिवर्तनको असर हो’, सिंह भन्छन्, ‘जलवायु परिवर्तनको असरले पुराना उक्ति र अवस्थाबारे गरिने अड्कल मेल खान छाडेका हुन् ।’ अनि प्राकृतिक सम्पदाहरूको संरक्षण अवस्था पनि पहिले जस्तो नहुँदा अहिले कतिपय सन्दर्भ मेल नखाने देखिने गरेका उनको भनाइ छ ।

यसपालिको लामो खडेरीले यहाँको मुख्यबाली धान लगाउन पाइएको छैन । यसैबीच मधेस प्रदेश सरकारले गत बिहीबार नै वातावरणीय असन्तुलनले वर्षा नहुँदा धानखेती गर्न नपाइएपछि प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ । प्रदेश सरकारको सुक्खाग्रस्त क्षेत्र घोषणाले मात्र राहत नहुने किसानको पीडा छ । अब तीनै तहका सरकारले यो खडेरीबाट जोगाउन र नयाँ बाली लगाउने काममा किसानलाई उत्प्रेरित गर्न सक्नुपर्ने किसान बताउँछन् ।

‘प्रदेश सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा त गर्यो, यति घोषणाले त किसानलाई राहत हुँदैन नि, अब धानबाली लगाउन नपाएका किसानलाई अर्को बाली लगाउन उत्प्रेरित गर्नसँगै साधन स्रोतको पहुँच दिनपर्छ’, महोत्तरीकै बासिन्दा अखिल नेपाल किसान महासङ्घका केन्द्रीय सदस्य लक्ष्मण महतो भन्छन्, ‘यसबीच विभिन्न राहतका कार्यक्रमले जनतालाई जोगाइराख्न तत्काल पहलकदमी बढाइनु पर्छ ।’

मिथिला क्षेत्रमात्र नभएर यसपालि सिङ्गो मधेसमै रोपाइँ निकै पछि परेको छ । चन्द्रमासले असार सकिएर साउन लागिसक्दासम्म मधेसमा धान रोपाइँ २५ प्रतिशत कटेको छैन । अझ महोत्तरीको धान रोपाइँ त १० प्रतिशत पनि पुगेको छैन । मधेसका आठ जिल्लामध्ये सबैभन्दा कम रोपाइँ भएको महोत्तरी नै हो । जम्मा ७१ हजार हेक्टर खेतीयोग्य जग्गामध्ये करिब ४५ हजार हेक्टर (प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको अभिलेखमा ४२ हजार ५०० हेक्टर उल्लेख छ) धानखेतीको क्षेत्र मानिन्छ ।

जसमध्ये हालसम्म चार हजार हेक्टरमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ । रोपाइँ भएको खेतमा पनि लामो खडेरीले धजा फाटेर धानका बोट पहेलिएका छन् । मधेसमा तीन लाख ७२ हजार ६४५ हेक्टर क्षेत्रफल धानखेतीका लागि योग्य मानिन्छ । तर यहाँ अहिलेसम्म करिब ९३ हजार हेक्टरमा मात्र धान रोपाइँ भएको छ । रोपाइँ भएका खेत पनि महोत्तरीका जस्तै धजा फाटेका प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

Previous Post

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

Next Post

नवराज सुवेदीले भने- लिङदेनको स्वेच्छाचारिता रोक्न निर्वाचन आयोग गुहारेँ

metakhabar

metakhabar

सम्बन्धित खबर

आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ
आर्थिक

आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

३ असार २०८३,
रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा
फिचर-ब्यानर

रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

३ असार २०८३,
कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा
फिचर-ब्यानर

कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

३ असार २०८३,
रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर
फिचर-ब्यानर

रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर

३ असार २०८३,
काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ
फिचर-ब्यानर

काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

३ असार २०८३,
उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन
समाचार

उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

३ असार २०८३,
Load More
Next Post
नवराज सुवेदीले भने- लिङदेनको स्वेच्छाचारिता रोक्न निर्वाचन आयोग गुहारेँ

नवराज सुवेदीले भने- लिङदेनको स्वेच्छाचारिता रोक्न निर्वाचन आयोग गुहारेँ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In