मोरङ : कटहरी गाउँपालिका-३ कटहरी चोकबाट अवैध लागूऔषध गाँजाकरिब ३ हजार १ सय ५० किलोग्राम गए राति प्रहरीले बरामद गरेको छ।
प्रहरी चौकी कटहरीबाट खटिएको प्रहरीलाई देख्नासाथ को.१ ख ४५१८ नम्बरको ट्रकछाडि चालक फरार भएपश्चात ट्रक तलासीगर्दा १ सय ५वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो।
प्रहरीले हाल फरार ट्रक चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।













