• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, ६ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

    ‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

    ‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

    इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

    इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

    बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

    तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
    ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

    ‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

    ‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

    इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

    इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

    बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

    तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
Metakhabar
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जमेका चलचित्र घरेलु बजारमा कमजोर !

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२८ असार २०८२,
0
अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जमेका चलचित्र घरेलु बजारमा कमजोर !
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

काठमाडौं । पछिल्लो समय नेपाली चलचित्रले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा आफ्नो उपस्थिति बलियो बनाएका छन् । गत वर्ष सन् २०२४ मा बर्लिन चलचित्र महोत्सवको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा छनोट भएपछि नेपाली चलचित्र ‘शाम्बाला’ को राम्रै चर्चा भयो । यद्यपि गएको वर्ष वि.सं २०८१ को नेपालमा प्रदर्शन भएका चलचित्रको ‘बक्सअफिस’ तथ्याङ्क हेर्ने भो व्यापार राम्रो गर्न सकेको छैन ।

यही असार १६ मा चलचित्र विकास बोर्डले पछिल्लो २५ वर्षमा सर्वाधिक कमाई गर्ने २५ चलचित्रको नामावली सार्वजनिक ग¥यो । जहाँ कलात्मक रुपमा निर्माण गरिएका र अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपाललाई प्रतिनिधित्व गर्ने कुनै चलचित्र परेनन् । अर्थात् घरेलु बजारमा चलचित्र महोत्सवमा पुग्ने चलचित्र सफल हुनसकेका छैनन् ।

नेपाली दर्शकले घरेलु बजारमा ती चलचित्रलाई किन साथ दिइरहेका छैनन् भन्ने जिज्ञासामा चलचित्र निर्देशक सुवर्ण थापाले दर्शकमा स्थापित भएको भाष्य कारक मानेका छन् । ‘अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुग्ने चलचित्र बुझ्न कठिन हुन्छ, यो हाम्रो लागिभन्दा पनि विदेशीका लागि बनाइएको हो भन्ने भाष्य दर्शकमा स्थापित हुनु गलत हो । चलचित्र सबैका लागि निर्माण गर्छौं, विदेशी चलचित्र बुझ्ने दर्शकले स्वदेशी चलचित्र नबुझ्ने त हुँदैन होला । हाम्रो निर्माण शैली नियमितभन्दा फरक हुनसक्छ तर हामीले सबै दर्शकका लागि बनाएका हुन्छौँ’, निर्देशक थापाले भने ।

उनले चलचित्र विकास बोर्डले घरेलु बजारमा व्यापार गर्ने चलचित्रसँगै अन्तर्राष्ट्रिय महोत्सवमा नेपाललाई प्रतिनिधित्व गर्ने, नेपाली परिवेशलाई प्रस्तुत गर्ने र नेपाली कला, संस्कृतिको प्रवर्धन गरिरहेका कलात्मक चलचित्रलाई पनि प्रोत्साहन गर्नुपर्ने विचार राखे ।

निर्देशक थापाले भने, ‘घरेलु बजारमा व्यापार गरेका कुनै चलचित्रले अन्तर्राष्ट्रिय महोत्सवमा पुगेर नेपाललाई प्रतिनिधित्व गरेनन् । हामीले देशको परिवेश र संस्कृतिलाई लिएर विदेशी चलचित्रकर्मीसम्म पु¥याएका छौँ । अहिले कलात्मक रुपमा अन्य धेरै देशका भन्दा नेपाली चलचित्र अब्बल बन्ने गरेका छन् । यसलाई राज्य र घरेलु दर्शकबाट प्रोत्साहन चाहिएको छ ।’ उनले निर्देशन गरेका ‘सुनगाभा’, ‘राधा’ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुगेका थिए ।

निर्देशक तथा समीक्षक दीपेन्द्र लामाले चलचित्रको व्यापार र कलात्मक पक्ष भिन्न रहेको बताए । चलचित्रको समीक्षा र व्यापारलाई तुलना गर्न नहुने उनको धारणा छ । उनले भने, ‘नेपालमा मात्र नभई छिमेकी मुलक भारत र हलिउडकै कलात्मक वा महोत्सवमा अब्बल साबित भएका चलचित्रहरू बक्सअफिसमा कम्जोर देखिएका छन् । हाम्रोभन्दा बजार ठूला भएकाले उनीहरूको व्यापार बढी भएजस्तो लागेको हो तर सर्वाधिक कमाउने चलचित्रको सूचीमा ती चलचित्र हुँदैनन् । यस्तै, राम्रा चलचित्रको सूचीमा बक्सअफिसमा सफल चलचित्र पर्दैनन् । तर, ती कलात्मक वा महोत्सव केन्द्रित देखिएका चलचित्रलाई राज्यले प्रोत्साहन गर्नुपर्छ र बिस्तारै ती घरेलु बजारमा पनि अब्बल साबित हुन्छन् ।’

उनले घरेलु बजारमा महोत्सवमा अब्बल भनिएका चलचित्रको व्यापार कमजोर हुनुलाई दर्शकको स्वाद मेल नखाएको बताएका छन् । आफैँ चलचित्र समीक्षक हुँदा कलात्मक चलचित्रको प्रवद्र्धनमा जुटेका लामाले चलचित्र निर्देशक भएपछि त्यस्ता कलात्मक चलचित्र निर्देशन गर्न सकेका छैनन् ।

‘महोत्सवमा पुगेका चलचित्र र नेपाली दर्शकको स्वाद एकापसमा नमिलेको हुनसक्छ । यो स्वाभाविक पनि हो, किनकि हामीले विश्व चलचित्रसँग प्रतिस्पर्धा गर्ने काम गरिरहँदा त्यो सबैका लागि उपयुक्त नहुन पनि सक्छ । तर, त्यस्ता चलचित्रको निर्माण निरन्तर हुनुपर्छ अनि मात्र हामीले घरेलु दर्शकको सङ्ख्या बढाउन सक्छौँ’, निर्देशक लामाले भने ।

अभिनेत्री केकी अधिकारीले नेपाली चलचित्रले अन्तर्राष्ट्रिय महोत्सवमा पुग्दा आफूलाई खुसी लाग्ने बताइन् । ‘म ती चलचित्रको दर्शक हुँ, म कुर्ने गर्छु । तर, म जस्ता दर्शक कम भएका हुन् कि जस्तो लाग्छ । कहिलेकाहीँ ती चलचित्रको चर्चा हुँदा ती चलचित्र भवनमा हुँदैनन् । यस्ता विभिन्न तथ्यले गर्दा महोत्सवमा अब्बल भनिएका चलचित्र घरेलु बजारमा कमजोर भएका छन्’, उनले भनिन् ।

अभिनेत्री अधिकारीले भनिन्, ‘म चलचित्रमा निर्मात्रासँगै अभिनेत्री पनि थिएँ । हामीले उठान गरेका विषय अन्तर्राष्ट्रिय महोत्सवमा पुग्नुपर्छ भन्ने लागेको थियो । तर, निर्माताका रुपमा मैले चलचित्र प्रदर्शन हुनु नै सफलता हो भन्ने ठाउँमा पुगे, सङ्घर्ष धेरै भए । हामीले चाहेका चलचित्र महोत्सवमा पठाउन नमिल्ने रहेछ, अन्यमा पठाउन मसहित चलचित्र निर्माण समूहको निर्णय भएन ।’

उनको चलचित्र अन्तर्राष्ट्रिय चलचित्र महोत्सव नपुगे तापनि घरेलु बजारमा राम्रो व्यापार गर्न सफल भयो । उक्त चलचित्रले १० करोड व्यापार गरेको तथ्याङ्क चलचित्र विकास बोर्डमा छ ।

घरेलु बजारमा सर्वाधिक कमाई गर्ने चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ का निर्माता विनोद पौडेलले घरेलु बजार र अन्तर्राष्ट्रिय महोत्सवमा पुग्ने दुवै किसिमका चलचित्र चाहिने बताए । ‘हामीले कलात्मक भन्ने ‘आर्टहाउस फिल्म’ र व्यावसायिक भन्ने दुवै किसिमका चलचित्र बनाउनुपर्छ । किनकि घरेलु बजारसँगै अन्तर्राष्ट्रिय उपस्थिति महत्वपूर्ण छ । अहिले राज्यको प्रोत्साहन दुवैलाई चाहिएको छ’, निर्माता पौडेलले भने ।

आफ्नो पहिलो चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ प्रदर्शनका क्रममा गर्नुपरेको सङ्घर्षलाई स्मरण गर्दै उनले चलचित्र भवन सञ्चालकले नेपाली चलचित्रलाई दायित्वका रुपमा पनि बुझ्नुपर्ने बताए । ‘म अस्ट्रेलियामा चलचित्र वितरण गर्थे । त्यहाँ एक हप्ताको ‘शो’ निकालिएपछि घटाइने वा हटाइने हुँदैन, यसले स्थिर बनाउनाका साथै दर्शकले आफ्नो समयअनुसार चलचित्र हेर्ने सोच बनाउँछन् । तर, यहाँ ‘शो’ कतिबेला हट्छ भन्ने थाहै हुँदैन, त्यसैले यसमा स्थिरता भएमा घरेलु बजारमा हामीले चर्चा गरिरहेको दुवै चलचित्रलाई लाभ हुन्छ भन्ने मलाई लाग्छ’, निर्माता पौडेलले भने ।

चलचित्र महोत्सवलाई लक्षित गर्दै निर्माण गरिएका चलचित्रमा ‘गाउँ आएको बाटो’ ले घरेलु बजारमा रु चार करोडको व्यापार गरेको थियो । ‘आर्टहाउस फिल्म’ भनिएको ती चलचित्रको सूचीमा ‘गाउँ आएको बाटो’ नै अहिलेसम्म सर्वाधिक कमाउने चलचित्र बनेको छ ।

अघिल्लो समाचार

कालीगण्डकीको पानी सुन्दरचौरमा

अर्को समाचार

बाख्रापालनमा जमेका चन्द दम्पती

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
आवाज

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

६ कात्तिक २०८३,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर
आर्थिक

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

६ कात्तिक २०८३,
‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार
आर्थिक

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

६ कात्तिक २०८३,
इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण
अन्तर्राष्ट्रिय

इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

६ कात्तिक २०८३,
बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो
आर्थिक

बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

६ कात्तिक २०८३,
तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु
अन्तर्राष्ट्रिय

तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

६ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
बाख्रापालनमा जमेका चन्द दम्पती

बाख्रापालनमा जमेका चन्द दम्पती

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

६ कात्तिक २०८३,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

६ कात्तिक २०८३,
‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

६ कात्तिक २०८३,
इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

६ कात्तिक २०८३,
बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

६ कात्तिक २०८३,
तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

६ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

    0 shares
    Share 0 Tweet 0
  • बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    0 shares
    Share 0 Tweet 0
  • इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

    0 shares
    Share 0 Tweet 0
  • मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन