• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

    उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

    काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन

    काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन

    आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई  रु. ५ लाख सहयोग

    आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई रु. ५ लाख सहयोग

    आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

    आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

    मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी

    कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

साना तथा मझौला जलविद्युत् आयोजनाका समस्या समाधानमा सरकारले सहजीकरण गर्ने

metakhabar by metakhabar
२८ असार २०८२,
0
साना तथा मझौला जलविद्युत् आयोजनाका समस्या समाधानमा सरकारले सहजीकरण गर्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले साना तथा मझौला जलविद्युत् आयोजनाका समस्या समाधानमा सरकारले सहजीकरण गर्ने बताउनुभएको छ ।

आज हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसीएल) को १४औँ वार्षिकोत्सव समारोहमा उहाँले ऊर्जा क्षेत्रको दिगो विकासका लागि साना तथा मझौला जलविद्युत् आयोजनाका समस्या एचआइडिसीएलले हेर्नुपर्नेमा जोड दिँदै सरकारले आवश्यक सहजीकरण गर्ने उल्लेख गर्नुभयो ।

“सरकार मातहतको कम्पनी एचआइडिसीएलले विभिन्न आयोजना निर्माणका क्रममा वित्तीय अभावका कारण समस्या परेका साना आयोजनालाई पुँजी अभाव हुन दिनुहुँदैन । २५ मेगावाट भन्दा कम क्षमताका आयोजनामा लगानी नगर्ने भनिएकामा त्यसलाई तत्काल परिमार्जन गर्नुपर्छ । साना, ठूला वित्तीय समस्यामा परेका आयोजनालाई लगानी गर्ने सरकारको दायित्व हो”, खड्काले भन्नुभयो । साना र मझौला आयोजनाले पनि ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिएका उहाँको भनाइ छ ।

मन्त्री खड्काले ठूला आयोजना र लगानीकर्तालाई आकर्षित गर्न एचआइडिसीएलले सहजीकरणको भूमिका मजबुत बनाउँदै आवश्यक परे ऋण र इक्विटीका माध्यमबाट वित्तीय अभाव समाधान गर्नुपर्नेमा जोड दिनुभयो । सबैलाई सहज हुने किसिमका नीति अवलम्बन गर्दै जानुपर्ने उहाँको भनाइ छ ।

ऊर्जामन्त्री खड्काले मुलुकको ऊर्जा आत्मनिर्भरता र निर्यातको सम्भावनालाई साकार बनाउन निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो । “आजको आवश्यकताअनुसार नयाँ सोच र प्रविधिसँगै निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राख्दै अघि बढ्नुपर्छ”, उहाँले भन्नुभयो ।

उहाँले जलस्रोत मुलुकको प्राकृतिक सम्पत्ति भएकाले यसको वैज्ञानिक र दिगो उपयोगमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो । जलविद्युत् परियोजनाहरूको निर्धारित समयमा सम्पन्नता, गुणस्तरीय निर्माण र लगानीमैत्री वातावरण सिर्जनामा नीतिगत सुधारलाई मन्त्रालयले अघि बढाइरहेको उहाँले जानकारी दिनुभयो ।

ऊर्जामन्त्री खड्काले ऊर्जा क्षेत्रमा थप लगानी भित्र्याउन सके मुलुकको आर्थिक समृद्धि सम्भव हुने धारणा राख्नुभयो । “प्राकृतिक स्रोत र खनिजको सदुपयोग गरेर मात्रै देशलाई समृद्धिको बाटोमा ल्याउन सकिन्छ”, उहाँले भन्नुभयो । एचआइडिसीएल ऊर्जा क्षेत्रको बैंकको पनि बैंक बन्न सक्ने उहाँको भनाइ छ ।

एचआइडिसीएलका अध्यक्षसमेत रहनुभएका मन्त्रालयका सचिव सुरेश आचार्यले कम्पनीको १४ वर्षे यात्रामा निजी तथा सार्वजनिक क्षेत्रको सहकार्यले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउनुभयो । सरकारले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य प्राप्तिका लागि एचआइडिसीएलले सकारात्मक भूमिका खेल्ने उहाँले उल्लेख गर्नुभयो ।

विद्युत् नियमन आयोगका अध्यक्ष डा रामप्रसाद धितालले लगानीकर्तालाई लगानीको वातावरण सुरक्षित गर्ने मार्गमा एचआइडिसीएल लाग्नुपर्ने बताउनुभयो । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले छोटो समयमा नेपालको उर्जा क्षेत्रको विकासमा एचआइडिसीएलले खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालका अध्यक्ष गणेश कार्कीले उत्पादनसँगै प्रसारण लाइनको क्षेत्रमा एचआइडिसीएल लाग्नुपर्नेमा जोड दिनुभयो ।

एचआइडिसीएलका प्रमुख कार्यकारी अधिकृत प्रजेशविक्रम थापाले जलविद्युत् र सौर्य ऊर्जासँगै नवीकरणीय ऊर्जाको क्षेत्रमा यसले काम गर्दै आएको जानकारी दिनुभयो । उहाँले सरकारले राखेको ऊर्जा विकासको मार्गचित्रलाई कार्यान्वयन गर्न आफू र आफ्नो कम्पनी लाग्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो ।

Previous Post

आजको मौसम पूर्वानुमान : यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना

Next Post

आजको लागि विदेशी मुद्राको विनिमय दर यस्तो कायम गरिएको छ

metakhabar

metakhabar

सम्बन्धित खबर

उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट
आवाज

उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

११ असार २०८३,
काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन
आवाज

काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन

११ असार २०८३,
आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई  रु. ५ लाख सहयोग
आर्थिक

आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई रु. ५ लाख सहयोग

११ असार २०८३,
आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
आर्थिक

आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

११ असार २०८३,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

११ असार २०८३,
मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी
आर्थिक

कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

११ असार २०८३,
Load More
Next Post
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

आजको लागि विदेशी मुद्राको विनिमय दर यस्तो कायम गरिएको छ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In