• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

    आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

    मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी

    कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

    बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

    बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

    बिहीबारदेखि पुनः शेयर कारोबार हुने

    नेप्से परिसूचक आठ अङ्कले घट्यो

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अब बैंकमा पनि पूर्वयोग्यता परीक्षा

metakhabar by metakhabar
२३ असार २०८२,
0
अब बैंकमा पनि पूर्वयोग्यता परीक्षा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लोक सेवा आयोगले सङ्गठित संस्थाको एकीकृत पूर्वयोग्यता परीक्षा आगामी आर्थिक वर्षदेखि सञ्चालन गर्ने भएको छ । आगामी असोज महिनामा पथप्रदर्शी ‘पाइलट’ परीक्षाका रूपमा तीन वटा सङ्गठित संस्थाको एकीकृत पूर्वयोग्यता परीक्षा सञ्चालन हुने छ ।

आयोगका प्रवक्ता गीताकुमारी होमेगाईंले एक पटक पूर्वयोग्यता परीक्षा उत्तीर्ण गरेपछि प्रमाणपत्र जारी भएको मितिले एक वर्षभित्र सम्बन्धित सङ्गठित संस्थाबाट हुने सम्बन्धित सेवा, समूह, समूहका पद, श्रेणी वा तहमा दरखास्त पेस गर्नका लागि सम्भाव्य उम्मेदवार भई खुला प्रतियोगितात्मक विषयगत लिखित परीक्षा दिन पाउने योग्य हुने बताइन्।

पथप्रदर्शी एकीकृत पूर्वयोग्यता परीक्षा अन्तर्गत नेपाल बैङ्क लिमिटेड, राष्ट्रिय वाणिज्य बैङ्क र कृषि विकास बैङ्कको अप्राविधिकतर्फका सहायकस्तर द्वितीय श्रेणी, खरिदार वा सो सरह वा चौथो तह वा सो सरह पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा सञ्चालन हुने छ । आयोगका उपसचिव एकनारायण शर्माका अनुसार तीन वटै संस्थाको पूर्वयोग्यता एकीकृत परीक्षाका लागि असोज पहिलो साता दरखास्त आह्वान गरिने छ ।

एकीकृत पूर्वयोग्यता परीक्षा सञ्चालन सम्बन्धमा करिब तीन वर्षअघि सदस्य वीरबहादुर राईको संयोजनमा आयोगले अध्ययन गरेको थियो । सो अध्ययन कार्यदलको सिफारिसका आधारमा असार १९ गतेको बैठकले एकीकृत परीक्षा सञ्चालन गर्ने निर्णय गरेको आयोगका उपसचिव शर्माले जानकारी दिए ।

आयोगले साउन पहिलो साता वार्षिक कार्यतालिका प्रकाशन गर्ने छ । लोक सेवा आयोगको सहमति, स्वीकृतिमा हाल ७४ वटा सङ्गठित संस्थाले पदपूर्ति गर्दै आएका छन् । ७४ वटा संस्थामध्ये समान प्रकृतिका संस्थालाई नौ वटा ‘क्लस्टर’ मा विभाजन गरिएको छ । आयोगका अनुसार एउटै समूह ‘क्लस्टर’ मा रहेका सबै सङ्गठित संस्थाको दोस्रो चरणको परीक्षामा सम्भाव्य उम्मेदवार हुन पूर्वयोग्यता परीक्षा सञ्चालन हुने छ । गोरखापत्र दैनिकमा समाचार छ ।

Previous Post

राशिफलः तपाईको आजको दिन कस्तो रहनेछ ?

Next Post

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

metakhabar

metakhabar

सम्बन्धित खबर

आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
आर्थिक

आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

११ असार २०८३,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

११ असार २०८३,
मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी
आर्थिक

कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

११ असार २०८३,
बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै
अन्तर्राष्ट्रिय

बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

११ असार २०८३,
बिहीबारदेखि पुनः शेयर कारोबार हुने
आर्थिक

नेप्से परिसूचक आठ अङ्कले घट्यो

११ असार २०८३,
उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी
आवाज

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

११ असार २०८३,
Load More
Next Post
दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवामा अत्यधिक गर्मी, जुम्लामा चिसो

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In