स्वस्थ मन र स्वस्थ तन नै जीवनको उपयोगिता हो । ज्ञानेन्द्रीय सञ्चालन गर्नुपर्ने टाउकामा रोग लाग्यो भने त घाँटीदेखि माथिका इन्द्रीयहरुले काम नगर्ने मात्र होइन हात गोडा चलाउन पनि मन लाग्दैन । त्यसकारण टाउको किन दुख्छ ?
वात, पित्त, कफ, सन्निपात, रक्तविकार, क्षय, कृमी आदि कारणले शिरमा एघार किसिमबाट रोग लाग्छ भन्ने माधवनिदानमा उल्लेख छ ।
टाउको दुख्ने कारणहरु
१. बढी चिन्ता गरेमा
२. धुलो, धुवाँ, ठण्डी, गर्मी, घामपानी आदिबाट
३. नाक सफा नभएमा
४. रुघा लागेमा
५. साधारण शिर दर्द भएमा
६. आँखाको कमजोरी, नाकको खराबी, कानको खराबी, मुखको खराबी भएमा
७. पेट सफा नभएमा र कब्जियतको कारणले ।
साभारः ‘दीर्घजीवनका रहस्यहरु’ पुस्तकबाट