• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दही व्यवसायीलाई चटारो, तीन दिनदेखि भ्याइनभ्याइ

metakhabar by metakhabar
१६ असार २०८२,
0
दही व्यवसायीलाई चटारो, तीन दिनदेखि भ्याइनभ्याइ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भक्तपुर,  आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको दिन घरघरमा दहीचिउरा खाने प्रचलन छ । आज दिनभर घरमा मात्रै नभई विभिन्न राजनीतिक दलहरुदेखि सङ्घसंस्थाहरुले दिनभर दहीचिउरा कार्यक्रम गरेर सांस्कृतिक पर्वका रुपमा मनाएका छन् ।

नेपाल कृषि प्रधान मुलुक भएकाले असार १५ को समेत आफ्नै महत्व रहेको आजको दिन अधिकांश नेपालीले दहीचिउरा खाएर मनाएका छन् । स्वदेश र विदेशमा समेत चर्चामा रहेको भक्तपुरको दहीको राजा (जुजु धौ) को नाम लोकप्रियता अहिले पनि उत्तिकै रहेको छ ।

आज दिनभर भक्तपुरका दही व्यवसायीलाई जुजु धौ बनाएर बिक्री गर्न भ्याइनभ्याइ भएको छ । बिहानदेखि जुजु धौ पसलमा उपभोक्ताको भीड छ । अरु दिन दैनिक करिब २०० लिटर जुजु धौ बिक्री गर्ने व्यवसायीले आज दुई हजार लिटर दही बिक्री गरेको बताउनुहुन्छ, भक्तपुर जगातीका भक्तपुर सैजु जुजु धौका सञ्चालक दशी कान्छा अर्थात् कान्छारामा सैजु ।

दही व्यवसायीले आज माटोको भाँडामा तयार पारिएको जुजु धौ एक लिटरको रु ३०० का दरले बिक्री भएको छ । उहाँले भन्नुभयो, “दहीको माग अत्यधिक छ, तीन दिनदेखि दहीको बिक्री ह्वात्तै बढेको छ, तीन दिनदेखि दही बनाउन व्यस्त हामीले तीन दिनमा १० हजार लिटर दहीको माग भएकाले रातदिन दही बनाएर व्यवस्थापन गर्ने व्यस्त छौ, अहिले बिहानदेखि पसलमा दही लिन आउनेहरु अत्यधिक छन्, सातादेखि अर्डर आएको ठाउँमा दही पु¥याउनै प¥यो, दिउँसोका लागि दही बनाउने काम भइरहेको छ ।”

शुद्ध दूधको अभाव र दूध नै पर्याप्त पाउन छाडेपछि माग भएअनुसारको दही बनाउन नसकिएको उहाँ बताउनुहुन्छ । उपत्यकाका विभिन्न ठाउँबाट दहीको अर्डर भएको भन्दै आजको दिन विशेषगरी दही व्यवसायीलाई भ्याइनभ्याइ भएको उहाँ बताउनुहुन्छ ।

भक्तपुरको जुजु धौ अर्थात् दहीको राजा नाम सुन्दै सबैले मुख रसाउने गर्छ । भक्तपुरमा राम्रो दही पाइन्छ भनेर उपत्यकाका विभिन्न ठाउँबाट भक्तपुर दही लिन आउने पनि उत्तिकै छन् । माटोको भाँडो अर्थात् कतारो, भिउटको दहीको माग उच्च रहेको छ ।

सगुन जुजु धौका सञ्चालक सगुन सैजु भक्तपुरका ग्रामीण क्षेत्रहरु ताथली, बागेश्वरी, सुडाल, नगरकोटलगायतका किसान र डेरीबाट ल्याएको गाई तथा भैँसीको दूध ल्याउने बताउनुहुन्छ । दूधलाई दाउराको चुलोमा भकभकी उमालेर बाक्लो बनाएरपछि त्यसमा चिनी, मसलाहरु हालेर माटोको भाँडोमा भुसमाथि राखेर उम्लिएको दूध हालेर माथिबाट माटोको भाँडो र त्यसमाथि जुटको बोराले छोपेपछि तीनदेखि चार घण्टामै लटक्क जमेको दही तयार हुने बताउनुहुन्छ ।

परम्परागत प्रक्रियाबाट उत्पादन हुने दहीको माग उच्च रहने भन्दैै सैजुले दहीको माग धेरै आएपछि सबैको अर्डर लिन नसकिएको बताउनभयो । आफूहरुले परम्परालाई शैलीलाई नछाडे पनि धेरैले आधुनिक प्रविधिमा दही बनाउँदा जुजु धौको गुणस्तर घट्दै गएकामा व्यवसायी नै चिन्ता व्यक्त गर्छन् । जुजु धौ भन्दैमा हुँदैन यो पनि धेरै प्रकारका हुन्छन्, सामान्य दही, मसलादार दही, खुवा हालेको दहीलगायतका फरक फरक दहीको मूल्य पनि फरक फरक पर्ने गरेको छ । अहिलेका कैयाँै व्यवसायीले भने जुजु धौकै नाममा ‘फ्रिज’मा दही जमाएर बिक्री गर्ने गर्दा जुजु धौको गुणस्तर र महत्व घट्दै गएको सुकुलढोकामा पुस्तौँदेखि जुजु धौ बनाउँदै आएको राम सैजु बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “जुजु धौ भक्तपुरको पहिचान हो, जुजु धौलाई चक्कुले टुक्राटुक्रा पारेर काट्न सकिन्छ, त्यसबाट पानी आउँदैन, दहीको कतारोलाई घोप्ट्याउँदा पनि दही हल्लिने र पोखिने हुँदैन तर अचेल बजारमा पाइने कतारो सामान्य हल्लियो भने पनि दहीबाट पानी आउने एवं स्वाद नै नहुने र प्लाष्टिकका भाँडोमा बनाएको दहीको स्वाद र गुणस्तर हुँदैन, दहीमा मिसावटले पनि चुनौती थपिएको छ ।” भक्तपुरका व्यवसायीले ताप सन्तुलन, मौलिक भिउँट र उच्च गुणस्तरयुक्त दूधको प्रयोग गरेर जुजु धौ बनाउने गरेका छन् ।

Previous Post

सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

Next Post

अन्तरराष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

metakhabar

metakhabar

सम्बन्धित खबर

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
आर्थिक

मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
Load More
Next Post
विश्वमा अशान्ति बढेको बेला बुद्ध दर्शन र शिक्षाको उपादेयता बढ्यो : प्रधानमन्त्री ओली

अन्तरराष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In