• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    अस्ट्रेलियन डलर, युरो, पाउन्ड र बहराइन दिनारको भाउ बढ्यो

    एमालेले टुंग्यायो वरीयता, को कतिमा?

    एमालेले टुंग्यायो वरीयता, को कतिमा?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल जेठ ११ गते सोमबारको राशिफल

    जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

    जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

    अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

    अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    अस्ट्रेलियन डलर, युरो, पाउन्ड र बहराइन दिनारको भाउ बढ्यो

    एमालेले टुंग्यायो वरीयता, को कतिमा?

    एमालेले टुंग्यायो वरीयता, को कतिमा?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल जेठ ११ गते सोमबारको राशिफल

    जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

    जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

    अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

    अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

रामकोट सडकमा रुखसँगै उम्रिएको आशा

metakhabar by metakhabar
१५ असार २०८२,
0
रामकोट सडकमा रुखसँगै उम्रिएको आशा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मलेखु (धादिङ), १५ असारः पानीमा हिलो, घाममा धुलो । वर्षैँभरि हिलाम्मे र धुलाम्मे । स्थानीयलाई सधैँको सास्ती हुन्थ्यो । रामकोट सडकको यो कहानी विस्तारै फेरिँदैछ । नयाँ कालोपत्र सडकले रूप बदल्न थालेसँगै अब त्यसमा हरियाली थपिँदैछ ।

कहिल्यै नसकिने धुलो, वर्षात्मा बग्ने हिलो अनि पैदलयात्रीका लागि अप्ठ्यारो सडक किनारमा बिरुवा रोपिएसँगै गाउँलेहरूमा छुट्टै आशा पलाएको छ । ऊर्जा थपिएको छ । राष्ट्रिय वृक्षरोपण दिवसका दिन शनिबार सडक किनारमा बिरुवा रोप्दै गर्नुभएका स्थानीय ठाकुर कुमाल भन्नुहुन्छ, “यो हामीले रोपेको रुखमात्र होइन, यो त धुलो र हिलोको बीचबाट उम्रिने सपना हो । केही वर्षपछि यो सडकमा जोे हिँड्छ, उसले यो गाउँ, सडक र हरियालीको महसुस गर्न पाउनेछ ।”

राष्ट्रिय वृक्षरोपण दिवसका अवसर पारेर शनिबार नीलकण्ठ नगरपालिका–८ रामकोट सडक किनारमा विभिन्न प्रजातिका बिरुवा रोपिएका छन् । गाउँ र सहरको सीमामा रहेको रामकोट सडकलाई हरियालीको घेरामा परिणत गर्ने लक्ष्यसहित ६ फिटसम्म अग्ला तीन सयवटा ठूला बिरुवा रोपिएका हुन् । डिभिजन वन कार्यालयको आयोजना र नीलकण्ठ नगरपालिका–८ को व्यवस्थापनमा ‘ट्री गार्ड’सहितका कल्की, ज्याकरन्डा, कपूर, अशोक र असारे फूल रोपिएका छन् ।

डिभिजन वन कार्यालयका डिभिजन प्रमुख विष्णुप्रसाद आचार्य भन्नुहुन्छ, “आज रोपिएका बिरुवा भोलिका लागि हरियालीका जग हुन् । यसलाई संरक्षण गर्न सके यस्ता अभियानको प्रभाव पुस्तौँसम्म रहनेछ ।” सडक किनारको वृक्षरोपणले धुलो र ध्वनि प्रदूषण नियन्त्रण गर्न, छायाँ प्रदान गर्न, जमिन क्षय रोक्न र जैविक विविधताको संरक्षण गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ । सौन्दर्यसँगै वातावरणीय संरक्षण र सामुदायिक सहभागिता सहयोग पुग्नेछ ।

हरेक बिरुवाको गहिराइ मापन गर्दै हिँडिरहनुभएका डिभिजन वन अधिकृत आचार्य भन्नुहन्छ, “हामीले सुरु गरेका छौँ, अब यो संरक्षण गर्ने जिम्मा गाउँलेको हो ।” सडक छेउमा वृक्षरोपणले केवल सौन्दर्यमात्र नभई दुर्घटनामा कमी, तापक्रम सन्तुलन र पर्यावरणीय शिक्षा प्रवाहमा सकारात्मक असर पार्ने नीलकण्ठ नगरपालिका–८ का वडाध्यक्ष प्रकाशकुमार श्रेष्ठको बुझाइ छ । रामकोट सडकलाई हरित मार्गमा रूपान्तरण गर्ने उद्देश्यले थालिएको यो अभियानले नीलकण्ठ नगरपालिका र आसपासका क्षेत्रमा वृक्षरोपणको सकारात्मक प्रभाव फैलाउने अपेक्षा गरिएको उहाँको भनाइ थियो ।

“हिजो हिलोमा चिप्लिँदै हिँड्नुपर्ने सडक छेउमा रुख रोप्दैछौँ । अब केही समयपछि जब यी बिरुवाले छायाँ दिनेछन्, फुलाउनेछन्, त्यसबेला यो सडक हाम्रो वडाको गर्व बन्नेछ । यो सडक प्रयोग गर्ने जोकोहीलाई रुखहरूले स्वागत गर्नेछन्”, वडाध्यक्ष श्रेष्ठ भन्नुहुन्छ, “हामी यो अभियानलाई निरन्तरता दिनेछौँ र हरियाली गाउँको ब्राण्ड बनाउनेछौँ ।”

सडक छेउमा हरियाली हुँदा सडकमा हिँड्नेहरूलाई आनन्द त आउँछ नै स्वस्थ जीवन शैलीमा टेवा पुग्ने छ । अहिले रोपेका बिरुवाले सन्ततिसम्मलाई आनन्द दिने र सम्झना दिलाउने स्थानीय नेतृ भगवती पौडेल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सहरका सडकजस्तै हाम्रो गाउँ पनि हराभरा बनेको हेर्न पाइयो भने यो नै प्रगतिको सङ्केत हो ।” अब रोपेरमात्र होइन, हुर्काउने जिम्मेवारी पनि हाम्रो हो ।

सडक छेउमा रुख रोप्न खाल्डो खन्दै गर्नुभएका वृद्धाहरू भन्दै थिए, “रुख रोपेर हामी जान्छौँ होला, तर जब यी रुखहरू ठूला हुन्छन्, हाम्रा सन्तानले हिँड्दा हामीलाई पक्कै सम्झनेछन् ।”

धुलो, हिलो र उपेक्षाबाट उकालो लाग्दै गरेको रामकोट सडक आज रुखसँगै उभिएको छ– सृजनशीलता, सौन्दर्य र सम्भावनाको प्रतीक बनेर । केही समयपछि यही सडक जीवन्त हुनेछ, फुल्नेछ, सुगन्ध फैलाउनेछ । तब यस गाउँका बासिन्दाले गर्वका साथ भन्न सक्नेछन्, “हामीले रोपेथ्यौँ, हाम्रो आशा हुर्कियो ।”

वृक्षरोपण कार्यक्रमले रामकोट सडकको दुवै किनारमा हरियाली अभियानको सम्भावना अझ बढाएको छ । डिभिजन वन कार्यालयले पनि स्थानीयको सहभागितामा थप वृक्षरोपण विस्तार गर्न सकिने जनाउँदै, सबै नागरिकलाई आफ्ना नाममा वा आफ्ना पुर्खाका नाममा रुख रोप्न आह्वानसमेत गरेको छ ।

आफ्नो नाममा वा आफ्ना पितापुर्खाका नाममा बिरुवा लगाउन चाहने हरेक घरपरिवारलाई डिभिजन वन कार्यालयले अनुदानमा बिरुवा उपलब्ध गराउने डिभिजन वन अधिकृत आचार्यले जानकारी दिनुभयो । धादिङबेँसी र आसपासलाई नमूना नगर बनाउने र सिङ्गो जिल्लालाई हराभरायुक्त बनाउने अभियानमा ठूला बिरुवा पनि उपलब्ध गराउन तयार रहेको उहाँको भनाइ छ ।

बारी र घर वरिपरि पनि यस्तै वृक्षरोपणको अभ्यास थालनी गर्नु पनि अधिकांशको सुझाव छ । यस्ता बिरुवा हुर्किएपछि गाउँ र सडकको सुन्दरता झनै बढ्ने छ । सदरमुकाम धादिङबेँसीदेखि वडा कार्यालयसम्मको यो पहाडी सडक नेपालकै नमूना सडक बन्ने छ । सडक छेउमा फल्ने फूल र हरियाली हेर्न आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुनेछन् ।

डिभिजन वन कार्यालय र स्थानीय सरकारको सहकार्यमा सञ्चालन गरिएको वृक्षरोपण कार्यक्रमले रामकोट मार्गलाई हरियाली मार्गका रूपमा विकास गर्ने आधार तयार गरेको प्रकृति तथा संस्कृति संरक्षक डा नवीनबन्दु पहाडीको भनाइ छ । अब स्थानीय बासिन्दाले ‘आफ्नो रुख, आफ्नो नाम’ भन्ने भावनासहित वृक्षरोपणमा सहभागी हुँदा यो अभियानले सांस्कृतिक, पारिवारिक र सामुदायिक सन्देश पनि प्रवाह गर्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

‘हरियाली अभियान’लाई वडाको नियमित कार्यक्रम बनाउने तयारीसमेत भएको छ । अघिल्लो वर्ष लगाइएका बिरुवा पनि सडक छेउमा हुर्कँदैछन् । सडकको छेउमा हुर्कँदै गरेका बिरुवा अब केवल वातावरणीय सौन्दर्यमात्र होइन, कदर, सम्झना र पहिचानका जीवित प्रतीक बन्न थालेका छन् ।

Previous Post

आजका लागि विदेशी मुद्राको विनिमयदर

Next Post

प्रतिनिधिसभाको बैठक बस्दै, निजामती विधेयक पारित गरिँदै

metakhabar

metakhabar

सम्बन्धित खबर

हावाहुरीले बिजुली आपूर्तिमा अवरोध
फिचर-ब्यानर

हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

११ जेष्ठ २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

अस्ट्रेलियन डलर, युरो, पाउन्ड र बहराइन दिनारको भाउ बढ्यो

११ जेष्ठ २०८३,
एमालेले टुंग्यायो वरीयता, को कतिमा?
फिचर-ब्यानर

एमालेले टुंग्यायो वरीयता, को कतिमा?

११ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल जेठ ११ गते सोमबारको राशिफल

११ जेष्ठ २०८३,
जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास
आर्थिक

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

१० जेष्ठ २०८३,
अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?
आर्थिक

अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

१० जेष्ठ २०८३,
Load More
Next Post
‘जनतामा आशा जगाउन राष्ट्रिय सहमतिको आवश्यकता’

प्रतिनिधिसभाको बैठक बस्दै, निजामती विधेयक पारित गरिँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In