• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो

    पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो

    नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल

    नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल

    भारतमा पेट्रोल–डिजेल महँगियो

    नेपाल–दक्षिण कोरिया सहकार्य विस्तार गर्न कोरियन चेम्बर र वल्र्ड दागाचीबीच सम्झौता

    नेपाल–दक्षिण कोरिया सहकार्य विस्तार गर्न कोरियन चेम्बर र वल्र्ड दागाचीबीच सम्झौता

    भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमणः रक्षा, ऊर्जा र लगानीमा भारत–युएईबीच महत्वपूर्ण सहमति

    भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमणः रक्षा, ऊर्जा र लगानीमा भारत–युएईबीच महत्वपूर्ण सहमति

    होल्डिङ सेन्टरमा रहेका बालबालिकाका लागि आवाससहित अध्ययनको व्यवस्था

    होल्डिङ सेन्टरमा रहेका बालबालिकाका लागि आवाससहित अध्ययनको व्यवस्था

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘ड्रागन फ्रुट’ खेतीतर्फ आकर्षित हुँदै सुर्खेतका किसान

metakhabar by metakhabar
१४ असार २०८२,
0
‘ड्रागन फ्रुट’ खेतीतर्फ आकर्षित हुँदै सुर्खेतका किसान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरेन्द्रनगर (सुर्खेत), १४ असारः सुर्खेतमा ड्रागन फ्रुटको सम्भावनाले किसानलाई नयाँ आशा दिएसँगै यहाँका किसान ड्रागन फ्रुट खेतीतर्फ आकर्षित हुँदै गएका छन् । जिल्लामा ड्रागन फ्रुटको सम्भावना देखिएपछि ४५ जना किसानले व्यावसायिक खेती सुरु गरेका हुन् ।

वीरेन्द्रनगर–८ का कृष्ण अधिकारीले चार वर्षदेखि ड्रागन फ्रुटखेती गर्दै आउनुभएको छ । कोरिया पढ्न जानुभएका अधिकारी पढाइ सकेर नेपाल फर्केपछि काठमाडौँमा कोरियन भाषा पढाउन सुरु गरे पनि उहाँलाई आफ्नै माटोले तान्यो । कृषि पेसामा केही गर्छु भन्ने याृजनासहित उहाँले ड्रागन फ्रुटको खेती सुरु गर्नुभएको थियो ।

अहिले अधिकारीको आम्दानीको स्रोत ड्रागन फ्रुट बनेको छ । करिब ४० लाख लागत लागेको बताउँदै उहाँले ड्रागन फ्रुट, कुरिलो, फूल र मौरीपालन गरेको जानकारी दिनुभयो । अधिकारीले वीरेन्द्रनगर–११ ग्रागेतालमा २३ कट्ठा जमिन भाडामा लिएर कर्णाली ड्रागन कृषि तथा पशुपक्षी फार्म दर्ता गरी व्यावसायिक खेती सुरु गर्नुभएको हो । उहाँले २० कट्ठामा ड्रागन र बाँकीमा जग्गामा कुरिलो, फूल र मौरीपालन गर्दै आइरहेको बताउनुभयो ।

सुरूवातमा सात सय ५० पोलमा तीन हजार ड्रागनका बिरुवा लगाएको जनाउँदै अधिकारीले फार्ममा हाल नौ सय पोलमा तीन हजार ६०० बेर्ना उत्पादनमूलक बनेका बताउनुभयो । बिरुवाले एक वर्षमा उत्पादन दिने हुँदा लगानी छिटो उठ्ने उहाँको भनाइ छ ।

उहाँले भारतबाट ‘सियाम रेड’ जातका ड्रागनका बेर्ना ल्याएर खेती सुरु गर्नुभएको थियो । वार्षिक रु एक लाख भाडा तिर्ने उक्त जमिन अहिले अधिकारीको आम्दानीको स्रोत बनेको छ । ड्रागनको उत्पादन जेठदेखि मङ्सिरसम्म हुने गर्दछ । कोपिला आएको ३५ दिनमा फल बजार पठाउन सकिन्छ ।

यो वर्ष पहिलो सिजनमा एक सय ५० किलो फल उत्पादन भइसकेको अधिकारीले जानकारी दिनुभयो । “दोस्रो सिजनको फल बजार पठाउन सुरु भइसकेको छ । यस सिजनमा २० क्वीन्टलभन्दा बढी उत्पादन हुने अनुमान छ”, उहाँले भन्नुभयो ।

गत वर्ष ६० क्वीन्टल फल बिक्री गरेर रु २२ लाख आम्दानी गरेको अधिकारीले जानकारी दिनुभयो । यस वर्ष उत्पादन बढेर एक सय क्वीन्टल पुग्ने अनुमान गरिएको भन्दै करिब रु ३० लाखको कारोबार हुने अपेक्षा गरिएको उहाँले उल्लेख गर्नुभयो । “खुद्रा बजारमा प्रतिकिलो रु चार सय र थोकमा रु तीन सय ५० मा बिक्री हुँदै आएको ड्रागनको माग दिनानुदिन बढ्दो छ । एक पटक लगाएको ड्रागनको बिरुवाले २० वर्षसम्म फल दिन्छ”, उहाँले भन्नुभयो ।

ड्रागनसँगै उहाँले कुरिलो खेती गर्नुभएको छ । चैतदेखि भदौसम्म फल दिने यो वनस्पति एकपटक लगाएपछि १० वर्षसम्म उत्पादन दिन्छ । यस वर्ष मात्रै कुरिलो बिक्री गरेर उहाँले रु ६० हजार आम्दानी गरेको बताउनुभयो । कुरिलो प्र्रतिकलिो रु छ सयमा बिक्री हन्छ ।

मौरीपालन सुरु गर्न परीक्षणमा तीन घार मौरी राखेको बताउँदै अधिकारीले यस वर्ष मौरीको घार विस्तार गरी ६० वटा पु¥याउने योजना रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले मौरी परीक्षणका लागि तीन घार मात्र राखेका छौँ । उत्पादन प्रशस्त हुने अपेक्षा छ । यस वर्ष मौरीको घार ६० सम्म पु¥याउने तयारीमा छौँ ।”

कृषिमा आत्मनिर्भर हुँदै जानुभएको अधिकारीले फार्ममा एक जनालाई स्थायी रोजगारी पनि दिनुभएको छ । उहाँलाई मासिक रु १७ हजार तलब दिने गरेको अधिकारीले बताउनुभयो । उहाँका अनुसार ड्रागन र कुरिलोका बिरुवा उत्पादन र बिक्रीबाट वार्षिक रु मात्र एक लाख ५० हजार आम्दानी हुने गरेको छ ।

अधिकारी जस्तै वीरेन्द्रनगर–१२ की पद्मा रावत ड्रागन फ्रुटको खेतीमा रमाउन थाल्नुभएको पाँच वर्ष भयो । विसं २०७७ मा मालिका कृषि तथा ड्रागन फ्रुट फार्म स्थापना गरी श्रीमान् वीरबहादुर बुढा र उहाँले खेती गर्ने योजना बनाउनुभएको थियो । विसं २०७७ चैतमा बिरुवा लिन भारतको गुजरात पुग्नुभयो । त्यतिबेला कोरोना सङ्क्रमण महामारीका रूपमा फैलिएको थियो । कोरोनाका कारण वीरबहादुरको विसं २०७८ वैशाख १७ गते मृत्यु भएपछि रावतले व्यवसायलाई निरन्तरता दिँदै आउनुभएको हो ।

रावतले छ सय ५० पोलमा दुई हजार ६०० बिरुवाबाट सुरु गर्नुभएको ड्रागन फ्रुटको खेती अहिले एक हजार ४०० पोलमा पाँच हजार ६०० बिरुवा पुगेका छन् । वार्षिक रु तीन लाख तिर्नेगरी जग्गा १५ वर्षका लागि सम्झौता गरी भाडामा लिएको उहाँले जानकारी दिनुभयो ।

“यस वर्षको पहिलो सिजनको ड्रागन बजार पठाउन सुरु भएको छ । अहिलेसम्म दुई क्वीटल बिक्री गरिसकेकी छु । एउटा बोटले आठ पटकसम्म उत्पादन दिन्छ । एउटा खम्बामा चार वटाका दरले बिरुवा रोप्ने गरिन्छ । यो फलको मूल्य अहिले केही घटेको छ, पहिला जस्तो अहिले आम्दानी हुँदैन तर आफूलाई घर खर्च र छोराछोरीको पढाइ खर्च पुगेको छ”, उहाँले भन्नुभयो ।

वर्षमा रु छ लाखसम्म आम्दानी हुने गरेको रावतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नयाँ रोपेका बिरुवाले फल दिने समय नभएकाले आम्दानी कम भएको हो । ड्रागनका बिरुवा बिक्री गरेर वार्षिक रु तीन लाख आम्दानी हुन्छ”, उहाँले भन्नुभयो । उहाँले फार्ममा तरकारी, फूलका बेर्ना लगाउनुका साथै कुखुरा र बाख्रापालन पनि गर्दै आउनुभएको छ ।

कर्णाली ड्रागन उत्पादन महासङ्घ, कर्णाली प्रदेशका अध्यक्ष महेन्द्र खनालले पछिल्लो समय सुर्खेतका किसान ड्रागन खेतीतर्फ आकर्षित हुन थालेका बताउनुभयो । उहाँका अनुसार अहिले सुर्खेतमा ४५ जना किसानले ड्रागन फ्रुटको खेती गर्दै आइरहनुभएको छ । उहाँका अनुसार करिब ७० हेक्टर क्षेत्रफलमा ड्रागन फ्रुटको खेती भइरहेको छ ।

खनालका अनुसार हाल उत्पादन भएका ड्रागन सुर्खेतमा बिक्री हुनुका साथै नेपालगञ्ज र काठमाडौँसम्म पठाइने गरिएको छ । सरकारी तथा निजी क्षेत्रको सहकार्यमा बजार पहुँच, भण्डारण सुविधा र प्रविधिको पहुँच सुनिश्चित गरिएमा ड्रागन फ्रुट खेतीले कर्णाली प्रदेशको कृषि व्यवसायलाई नयाँ उचाइमा पु¥याउन सक्ने अध्यक्ष खनालले बताउनुभयो ।

Previous Post

राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली स्पेन प्रस्थान

Next Post

भटमास खानुस् कोलेस्टेरोलबाट मुक्ति पाउनुहोस्

metakhabar

metakhabar

सम्बन्धित खबर

पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो
फिचर-ब्यानर

पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो

२ जेष्ठ २०८३,
नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल
आर्थिक

नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल

२ जेष्ठ २०८३,
अन्तर्राष्ट्रिय

भारतमा पेट्रोल–डिजेल महँगियो

२ जेष्ठ २०८३,
नेपाल–दक्षिण कोरिया सहकार्य विस्तार गर्न कोरियन चेम्बर र वल्र्ड दागाचीबीच सम्झौता
समाचार

नेपाल–दक्षिण कोरिया सहकार्य विस्तार गर्न कोरियन चेम्बर र वल्र्ड दागाचीबीच सम्झौता

२ जेष्ठ २०८३,
भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमणः रक्षा, ऊर्जा र लगानीमा भारत–युएईबीच महत्वपूर्ण सहमति
अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमणः रक्षा, ऊर्जा र लगानीमा भारत–युएईबीच महत्वपूर्ण सहमति

२ जेष्ठ २०८३,
होल्डिङ सेन्टरमा रहेका बालबालिकाका लागि आवाससहित अध्ययनको व्यवस्था
समाचार

होल्डिङ सेन्टरमा रहेका बालबालिकाका लागि आवाससहित अध्ययनको व्यवस्था

२ जेष्ठ २०८३,
Load More
Next Post
भटमास खानुस् कोलेस्टेरोलबाट मुक्ति पाउनुहोस्

भटमास खानुस् कोलेस्टेरोलबाट मुक्ति पाउनुहोस्

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In