प्रसिद्ध वैज्ञानिक आइन्स्टाइनको सापेक्षवाद प्रकाशित भएपछि सारा विश्वमा उनको बारेमा तहल्का मच्चिएको थियो । त्यसको व्याख्यानको लागि उनलाई ठाउँठाउँमा बोलाउने गरिन्थ्यो । उनले यति धेरै ठाउँमा व्याख्यान दिइसकेका थिए कि उनको ड्राइभरलाई पनि उनको त्यो सम्पूर्ण व्याख्यान याद भएको थियो । संयोगवश ड्राइभरको अनुहार र उमेर पनि आइन्स्टाइनसँग मिल्थ्यो । यसबाट एक पटक दिक्क भएर उनले आफ्नो ठाउँमा व्याख्यान दिनको लागि ड्राइभरलाई पठाइदिए र आफू ड्राइभर बने ।
भित्र जब व्याख्यान चलिरहेको थियो तब कुनै जिज्ञासु वैज्ञानिकले आफ्नो जिज्ञासा आइन्स्टाइन बनेका ड्राइभरलाई सोधे ।
ड्राइभर विचरा ड्राइभर नै थियो, तर सोधिएको प्रश्नको पनि जवाफ दिनुपर्ने थियो, उसले तुरुन्तै प्रश्ने सोध्ने वैज्ञानिकलाई गाली गर्दै भन्यो, तिम्रो यस्तो प्रश्नको जवाफ त मेरो ड्राइभरले नै दिनेछ ।
विचरा वैज्ञानिक….!
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट