• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 17, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटकको आकर्षक गन्तव्य बन्दै आमपानी झरना

    पर्यटकको आकर्षक गन्तव्य बन्दै आमपानी झरना

    विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा नेपालका श्रेष्ठ

    विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा नेपालका श्रेष्ठ

    प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा

    प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा

    पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने

    पशुपतिनाथ मन्दिरसहित शिवालयमा भक्तजनको भीड

    देवघाटमा साउने मेला, भक्तजनको भीड

    फेवाताल किनारमा सीमास्तम्भ राख्नेक्रम जारी

    फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    पर्यटकको आकर्षक गन्तव्य बन्दै आमपानी झरना

    पर्यटकको आकर्षक गन्तव्य बन्दै आमपानी झरना

    विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा नेपालका श्रेष्ठ

    विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा नेपालका श्रेष्ठ

    प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा

    प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा

    पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने

    पशुपतिनाथ मन्दिरसहित शिवालयमा भक्तजनको भीड

    देवघाटमा साउने मेला, भक्तजनको भीड

    फेवाताल किनारमा सीमास्तम्भ राख्नेक्रम जारी

    फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

संस्कृत विश्वकै सम्पत्तिः राष्ट्रपति पौडेल

metakhabar by metakhabar
१३ असार २०८२,
0
सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ , राष्ट्रपति रामचन्द्र पौडेलले संस्कृत भाषा नेपाल र भारतको मात्र नभई विश्वकै सम्पत्ति बन्न पुगेको बताउनुभएको छ ।

विश्व संस्कृत सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संस्कृत भाषा, साहित्य र संस्कृतिको दक्षिण एशियामै गहिरो प्रभाव पर्दै आइरहेकामा अब यसलाई छिचोलेर विश्वव्यापी बन्न पुगेको बताउनुभएको हो । उहाँले भन्नुभयो, “कम्प्युटर र एआईको प्रयोगका कारण संस्कृत भाषाको भविष्य सुन्दर देखिन्छ । आजको अशान्त विश्व समाजले संस्कृत वाङ्मयबाट आशा र भरोसा खोजेको छ ।”

उपनिषदको ‘यो चराचर चेतनाले भरिपूर्ण छ, यसको त्यागपूर्ण भोग गर, धनसम्पति दौलतमाथि आशक्ति र लोभ नगर’ भन्ने संस्कृत श्लोक उद्धरण गर्दै उहाँले संस्कृत सम्मेलनले युद्धको बिभीषिका र सन्त्रासमा अल्झिएको वर्तमान संसारलाई शान्ति, सहयोग र सहअस्तित्वको सन्देश फैलाउँदै धर्ती, मानव र मानव सभ्यताको संरक्षण र विकास, सुख र सन्तोष युद्धबाट होइन शान्ति, करुणा र मैत्रीबाट मात्र सम्भव रहेको सन्देश दिनुपर्ने बताउनुभयो ।

राष्ट्रपति पौडेलले नेपालले पनि संस्कृतको संरक्षण र विकासका लागि काम गर्दै आइरहेको बताउनुभयो । “यद्यपि यो त्यो अपर्याप्त छ, र अझ धेरै काम गर्न बाँकी छ, त्यसमा सहकार्य पनि आवश्यक छ ।”

राष्ट्रपति पौडेलले विकास चरम अवस्थामा पुगेपछि एकाधिकारले ठाउँ लिन्छ भन्ने अर्थशास्त्रको कुरा जस्तै संस्कृत भाषाको चरम विकास भंएको बेला ठालुहरूले दलित वा अन्य जो कोहीले बोल्न र पढ्न हुन्न भनेर सीमाबद्ध गरेकाले जनबोलीको भाषा हुन नसकेको उल्लेख गर्दै संस्कृतलाई जनबोलीको भाषा बनाउन आवश्यक भएको बताउनुभयो ।

उहाँले नेपाल प्राचीनकालदेखि नै ऋषि महर्षिहरूको जन्मभूमि, तपोभूमि, यज्ञभूमि, साधना भूमि रहँदै आएको बताउँदै महर्षि याज्ञवल्क्यले यसै पावन भूमिमा शुक्लयजुर्वेदका मन्त्रहरूको दर्शन पाएको र वाल्मीकिको पूर्वजीवन र वेदव्यासको जन्म पनि यसै भूमिमा भएको बताउनुभयो ।

राष्ट्रपति पौडेलले राजर्षि जनक, शान्तिसन्देशका नायक बुद्ध, पाणिनि र बाबा गोरक्षनाथ यसै धर्तीका सुगन्ध भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाल एउटा प्राचीन राष्ट्र हो, जसको इतिहास दुई हजार पच्चीस सय वर्षदेखि निरन्तर रहँदै आएको छ । नेपाल शब्दको प्रयोग अथर्ववेदमा नै भएकाले र पौराणिक, तान्त्रिक, स्मृतिग्रन्थ, आयुर्वेद, कौटिल्यको अर्थशास्त्र आदि प्राचीन लाखौँ ग्रन्थहरूमा नेपालका विषयमा अनेक प्रसङ्ग आएकाले यसको प्रचीनता, सनातन वैदिक परम्परा निष्ठता, शान्तिप्रियता, सहिष्णुता, समन्वयमूलकता यस देशको स्वभाव रहँदै आएको बोध हुन्छ ।”

उहाँले लिच्छविकालमा संस्कृत नै राजभाषा भएको कुरा तत्काल कुँदिएका २०० भन्दा बढी शिलापत्र र अभिलेखहरू प्राप्त भएबाट पुष्टि हुने उल्लेख गर्नुभयो । उहाँले, “मल्ल र शाह कालमा पनि हजारौँ संस्कृतका ग्रन्थहरू रचना भएबाट र वर्तमानमा पनि संस्कृतका अनेक ग्रन्थ रचना भएबाट नेपाल संस्कृतको उद्गमभूमिमात्र होइन उर्वरभूमि हो भन्ने कुरा सिद्ध हुन्छ ।”

Previous Post

बेमाैसममा पनि पर्यटकलाई लोभ्याउँदै पोखराको ‘असारे रोपाइँ महोत्सव’

Next Post

पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

metakhabar

metakhabar

सम्बन्धित खबर

पर्यटकको आकर्षक गन्तव्य बन्दै आमपानी झरना
आर्थिक

पर्यटकको आकर्षक गन्तव्य बन्दै आमपानी झरना

१ साउन २०८२,
विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा नेपालका श्रेष्ठ
आर्थिक

विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा नेपालका श्रेष्ठ

१ साउन २०८२,
प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा
फिचर-ब्यानर

प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा

१ साउन २०८२,
पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने
जीवन शैली

पशुपतिनाथ मन्दिरसहित शिवालयमा भक्तजनको भीड

१ साउन २०८२,
जीवन शैली

देवघाटमा साउने मेला, भक्तजनको भीड

१ साउन २०८२,
फेवाताल किनारमा सीमास्तम्भ राख्नेक्रम जारी
आर्थिक

फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो

१ साउन २०८२,
Load More
Next Post
मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे

पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In