• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 10, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विद्युत् उत्पादन र प्रसारणको व्यवस्था मिलाउन इप्पानको आग्रह

    विद्युत् उत्पादन र प्रसारणको व्यवस्था मिलाउन इप्पानको आग्रह

    किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी

    किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी

    टेक्सास बाढी : ११९ जनाको मृत्यु भएको पुष्टि, १६१ जना बेपत्ता

    टेक्सास बाढी : ११९ जनाको मृत्यु भएको पुष्टि, १६१ जना बेपत्ता

    राप्ती नदीमा फसेका तीन जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

    राप्ती नदीमा फसेका तीन जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

    उपल्लो मुस्ताङमा अकल्पनीय बाढीका कारण सात पुल बगाउँदा डेढ करोडभन्दा बढीको क्षति

    उपल्लो मुस्ताङमा अकल्पनीय बाढीका कारण सात पुल बगाउँदा डेढ करोडभन्दा बढीको क्षति

    त्रिवि सिनेट बालुवाटारमा, विद्यार्थीको सहभागिताविना निर्णय अस्वीकार्य : नेविसंघ

    त्रिवि सिनेट बालुवाटारमा, विद्यार्थीको सहभागिताविना निर्णय अस्वीकार्य : नेविसंघ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बेमाैसममा पनि पर्यटकलाई लोभ्याउँदै पोखराको ‘असारे रोपाइँ महोत्सव’

metakhabar by metakhabar
१२ असार २०८२,
0
जुम्लाका किसानलाई मार्सीधान रोप्न भ्याइनभ्याइ
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी, १२ असारः विशेषतः जुन, जुलाई र अगस्टलाई पोखरामा पर्यटकको बेमौसम (अफ सिजन)का रूपमा लिने गरिएको छ । यो समयमा मनसुनजन्य गतिविधि बढ्ने भएकाले पर्यटकको आगमन कम हुने गर्दछ ।

यो यामलाई लक्षित गरी पोखरा आयोजना हुँदै आएको असारे रोपाइँ महोत्सव यतिखेर पर्यटकलाई आकर्षित गर्ने महत्त्वपूर्ण गतिविधि बनेको छ । ‘पोखरा सबै मौसमका लागि’ भन्ने मूल नाराका साथ प्रत्येक वर्षको असार १५ गते पोखरा पर्यटन परिषद्ले गर्दै आएको असारे रोपाइँ महोत्सव यस वर्षसम्म आइपुग्दा २०औँ संस्करणमा पुगिसकेको हो ।

परिषद्ले विसं २०६१ देखि बर्सेनि असारे रोपाइँ महोत्सव गर्दै आएको हो । प्रत्येक वर्षको वार्षिक कार्यक्रममा समावेश गरेर पोखराका पर्यटनसम्बद्ध संस्थाको छाता सङ्गठन परिषद्ले गर्दै आएको यो महोत्सव पोखराको महत्त्वपूर्ण पहिचान बनिसकेको परिषद्का अध्यक्ष तारानाथ पहारीले बताउनुभयो ।

“पोखराको पर्यटनमा अफ सिजनका रूपमा रहेको यो समयमा गर्ने गरिएको असारे रोपाइँ महोत्सवले केही दिनका लागि यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकको बसाइँ लम्ब्याउन सहयोग पु¥याएको छ”, उहाँले भन्नुुभयो ।

पछिल्ला वर्षमा यही महोत्सवलाई लक्षित गरी आएका पर्यटकको बसाइँ बढ्नुका साथै यहाँ आउनेक्रम पनि बढ्दै जान थालेको यहाँका पर्यटन व्यवसायी बताउँछन् ।

परिषद्ले हरेक वर्ष पोखरा क्षेत्रका विभिन्न ठाउँमा रोपाइँ महोत्सव गर्दै आएकामा यस वर्ष हुने २०औँ संस्करण पोखरा महानगरपालिका–२६ स्थित लेखनाथको गुँदेताल (तालबेँसी) क्षेत्रमा गरिने परिषद्का महासचिव जीवनराज सापकोटाले जानकारी दिनुुभयो । उहाँका अनुसार परिषद्को आयोजनामा हुने यस महोत्सवको स्थानीय संयोजन शान्तिप्रेमी आमा समूहले गरेको छ ।

महोत्सवबाट पोखरा तथा गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्द्धनमा थप टेवा पुग्नुका साथै पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउने, नेपालको परम्परागत कृषि प्रणाली तथा उत्पादन प्रक्रियाको प्रत्यक्ष अवलोकन गर्ने, गुँदेताल र आसपासका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्नेलगायत उद्देश्य राखिएको उहाँले बताउनुभयो ।

महासचिव सापकोटाका अनुसार महोत्सवमा हिले दौड, रोपाइँ प्रतियोगिता, हिलोमा माछा छोप्ने प्रतियोगितासँगै उत्कृष्ट कृषक सम्मानलगायत विभिन्न कार्यक्रम राखिएको छ । महोत्सवमा विभिन्न देशका करिब २५० जना विदेशी पर्यटकसँगै स्वदेशी पर्यटकको उल्लेख्य उपस्थिति रहने उहाँले जानकारी दिनुभयो ।

“पर्यटनको बेमौसमका रूपमा रहेको यस समयमा गर्दै आइएको महोत्सवले केही न केही पर्यटकको आगमन बढाएको छ”, उहाँले भन्नुभयो, “यही रोपाइँ महोत्सवलाई लक्षित गरेर यहाँ बसिरहेका पर्यटकले आफ्नो बसाइँलाई केही दिन लम्ब्याउने गरेका पर्यटन व्यवसायीबाट जानकारी प्राप्त भएको छ ।” असारे रोपाइँ महोत्सव पर्यटनको बेयामका समयमा पनि उपयोगी बन्दै गएको उहाँले बताउनुभयो ।

यस संस्करणको महोत्सवको प्रवर्द्धकका रूपमा उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश, नेपाल पर्यटन बोर्ड रहेका छन् भने पोखरा महानगरपालिका, पोखरा महानगरपालिका वडा नं २६ को कार्यालय र लेखनाथ उद्योग वाणिज्य सङ्घले सहकार्य गरेका छन् ।

महोत्सवले गुँदे तालसहित समग्र लेखनाथ क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको पोखरा–२६ का वडाध्यक्ष नरेन्द्र थापाले बताउनुभयो ।

Previous Post

यी को-अर्ड सेटहरू गर्मीमा अफिसको लागि उपयुक्त छन्, तपाईंले आरामदायी लुक पाउनुहुनेछ

Next Post

संस्कृत विश्वकै सम्पत्तिः राष्ट्रपति पौडेल

metakhabar

metakhabar

सम्बन्धित खबर

विद्युत् उत्पादन र प्रसारणको व्यवस्था मिलाउन इप्पानको आग्रह
फिचर-ब्यानर

विद्युत् उत्पादन र प्रसारणको व्यवस्था मिलाउन इप्पानको आग्रह

२६ असार २०८२,
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
अन्तर्राष्ट्रिय

किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी

२६ असार २०८२,
टेक्सास बाढी : ११९ जनाको मृत्यु भएको पुष्टि, १६१ जना बेपत्ता
अन्तर्राष्ट्रिय

टेक्सास बाढी : ११९ जनाको मृत्यु भएको पुष्टि, १६१ जना बेपत्ता

२६ असार २०८२,
राप्ती नदीमा फसेका तीन जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार
फिचर-ब्यानर

राप्ती नदीमा फसेका तीन जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

२६ असार २०८२,
उपल्लो मुस्ताङमा अकल्पनीय बाढीका कारण सात पुल बगाउँदा डेढ करोडभन्दा बढीको क्षति
फिचर-ब्यानर

उपल्लो मुस्ताङमा अकल्पनीय बाढीका कारण सात पुल बगाउँदा डेढ करोडभन्दा बढीको क्षति

२६ असार २०८२,
त्रिवि सिनेट बालुवाटारमा, विद्यार्थीको सहभागिताविना निर्णय अस्वीकार्य : नेविसंघ
शिक्षा

त्रिवि सिनेट बालुवाटारमा, विद्यार्थीको सहभागिताविना निर्णय अस्वीकार्य : नेविसंघ

२६ असार २०८२,
Load More
Next Post
सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल

संस्कृत विश्वकै सम्पत्तिः राष्ट्रपति पौडेल

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In