• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, September 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

    निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

    विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

    विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

    जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती

    जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती

    उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

    उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन

    त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मेडिकल क्षेत्रमा काम गर्नेले ‘चिकित्सा नैतिकता’ छोड्नु हुँदैन : पूर्व राष्ट्रपति डा यादव

metakhabar by metakhabar
१२ असार २०८२,
0
‘गणतन्त्रवादी जनहितमा दत्तचित्त भएर लाग्नुपर्ने’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन : पूर्व राष्ट्रपति डा रामवरण यादवले स्वास्थ्य क्षेत्रमा काम गर्नेहरूले चिकित्सा नैतिकता (मेडिकल इथिक्स) छोड्न नहुने बताउनुभएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा आज आयोजित ‘एक्युट अङ्कोलोजी सर्भिस’ शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उहाँले पैसा–पैसा भन्ने डाक्टरले चिकित्सा नैतिकता पालना नगर्ने बताउनुभयो ।

राम्रो उपचार गर्ने डाक्टर नर्सको ‘एम्बेसडर’ बिरामी बन्ने बताउँदै उहाँले भन्नुभयो, “राम्रो उपचार पाएको बिरामीले भन्छ कि ‘यो डाक्टर राम्रो छ’ भनेर । यसले तपाईंको इज्जत, मानसम्मान प्राप्त हुन्छ, त्यसको ‘बाइप्रडक्टर’ पैसा हुन्छ ।” चिकित्सक र नर्सको व्यवहारले बिरामीको आधा रोग निको हुने बताउँदै उहाँले पैसाको पछाडि नदौडिन आग्रह गर्नुभयो । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा यादवले प्रतिस्पर्धी बन्न सके पैसा आफैँ पछाडि लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पैसाको पछि नभाग, पैसा तिम्रो पछि भाग्नेछ ।”

आफूले नौ वर्ष अघि प्रोस्टेट क्यान्सरको उपचार गरेको स्मरण गर्दै उहाँले पेटस्क्यान गर्न जापान जानु परेको स्मरण गराउनुभयो । उहाँले भन्नुभयो, “जापानबाट फर्केपछि नेपालमै पेट स्क्यान ल्याउनुपर्छ भनेर तत्कालीन सरकारलाई रु ३६ करोड बजेट विनियोजन गर्न लगाएको थिएँ ।” उक्त रकम फ्रिज भएको तर मेसिन आउन नसकेको उहाँको भनाइ थियो । अहिले यस अस्पतालले पेट स्क्यान मेसिन ल्याउने प्रक्रिया पुनः सुरू गरेकोमा आफूलाई खुसी लागेको बताउनुभयो ।

डा यादवले दुई दशकमा देशमा ठूलो परिवर्तन आएको बताउनुभयो । शिक्षा, स्वास्थ्य, दूरसञ्चार, पूर्वाधार क्षेत्रमा धेरै ठूलो परिवर्तन भएको भन्दै उहाँले अझै गुणस्तरीय रुपमा विकास अघि बढाउनुपर्ने आवश्यक रहेको औँल्याउनुभयो । लोकतन्त्रपछि स्थानीय तहमा ३६ हजार जनप्रतिनिधिमध्ये १२ हजार दलित, जनजाती, मधेशी, महिला, सीमान्तकृत जननप्रतिनिधि रहेको चर्चा गर्दै उहाँले यो लोकतन्त्रको उपलब्धि भएको बताउनुभयो ।

कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले २५ वर्षमा क्यान्सर अस्पतालबाट धेरै अनुभव सिकिएको बताउँदै त्यही अनुभवबाट अहिले विभिन्न तालिम आयोजना गरिएको बताउनुभयो । नेपालमा अन्यत्र नभएको दक्ष जनशक्ति यस अस्पतालमा भएको चर्चा गर्दै डा पौडेलले क्यान्सरको जनशक्ति नेपालमा अझै कमि रहेको बताउनुभयो ।

एक्युट अङ्कोलोजी सर्भिसका परिकल्पनाकार एवं अस्पतालको मेडिकल अङ्कोलोजी विभागका प्रमुख मेडिकल अङ्कोलोजिष्ट डा गुरुशरण साहले नेपालमा पहिलो पटक क्यान्सरको आकस्मिक अवस्था (एक्युट अङ्कोलोजी सर्भिस) मा विशेषज्ञ उपचार सेवाका बारेमा प्रकाश पार्नुभएको थियो । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा सम्पन्न “फाउण्डेसन कोर्स टु अक्युट अङ्कोलोजी सर्भिस” तालिम सम्पन्न भएसँगै एक्युट अङ्कोलोजी सर्भिस सुरू गरिएको उहाँले बताउनुभयो ।

एक्युट अङ्कोलोजी सर्भिसअन्तर्गत, रोगीले आकस्मिक लक्ष्ण देखाउने वित्तिकै तत्काल उपचार, समन्वययुक्त मूल्याङ्कन र बिरामीको अवस्थाअनुसार प्राथमिकता तोक्ने व्यवस्था गरिने उहाँको भनाइ छ । कार्यक्रममा अस्पतालका अध्यक्ष डा विजयराज न्यौपाने, उपनिर्देशक डा उमेश नेपाल, डा योगेश रेग्मीलगायतले बोल्नुभएको थियो । कार्यक्रमका अवसरमा तालिममा सहभागी प्रशिक्षक तथा प्रशिक्षार्थी चिकित्सक, नर्सलाई पूर्व राष्ट्रपति डा यादवले प्रमाणपत्र समेत वितरण गर्नुभएको थियो ।

Previous Post

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

Next Post

एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

metakhabar

metakhabar

सम्बन्धित खबर

निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब
अन्तर्राष्ट्रिय

निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

५ अशोज २०८३,
विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख
अन्तर्राष्ट्रिय

विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

५ अशोज २०८३,
जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती
समाचार

जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती

५ अशोज २०८३,
उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य
समाचार

उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

५ अशोज २०८३,
प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
फिचर-ब्यानर

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

५ अशोज २०८३,
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन
समाचार

त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन

५ अशोज २०८३,
Load More
Next Post
एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In