• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बागलुङमा स्वास्थ्य चौकीको शिलान्यास

    बागलुङमा स्वास्थ्य चौकीको शिलान्यास

    विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन

    शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

    भारतमा महिला आरक्षण विधेयक बहसमा

    भारतमा महिला आरक्षण विधेयक बहसमा

    चीनले एसियामा सैन्य बल प्रयोग गर्ने ‘तयारी’ गरिरहेको पेन्टागन प्रमुखको दाबी

    पूर्वानुमानभन्दा माथि चीनको वृद्धि

    काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्य बारे छलफल

    काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्य बारे छलफल

    पाकिस्तानमा ‘तीन करोड गरिबीमा धकेलिए’ः आर्थिक पतन र बढ्दो आप्रवासनका लागि सरकारलाई दोष

    अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    बागलुङमा स्वास्थ्य चौकीको शिलान्यास

    बागलुङमा स्वास्थ्य चौकीको शिलान्यास

    विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन

    शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

    भारतमा महिला आरक्षण विधेयक बहसमा

    भारतमा महिला आरक्षण विधेयक बहसमा

    चीनले एसियामा सैन्य बल प्रयोग गर्ने ‘तयारी’ गरिरहेको पेन्टागन प्रमुखको दाबी

    पूर्वानुमानभन्दा माथि चीनको वृद्धि

    काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्य बारे छलफल

    काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्य बारे छलफल

    पाकिस्तानमा ‘तीन करोड गरिबीमा धकेलिए’ः आर्थिक पतन र बढ्दो आप्रवासनका लागि सरकारलाई दोष

    अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

आठ सय घरमा खानेपानीको पहुँच

metakhabar by metakhabar
८ असार २०८२,
0
आठ सय घरमा खानेपानीको पहुँच
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भोजपुर, ८ असारः लोमाखोला खानेपानी आयोजनामार्फत भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिकाका आठ सय घरमा ‘एक घर एक धारा’ सञ्चालनमा आएको छ । पानीको समस्यामा रहेका यहाँका आठ सय घरमा धारा जडान गरिएको हो ।

बस्तीमा पानी वितरण थालिएपछि वर्षौँदेखिको पानीको समस्या हटेको षडानन्द–१२ टारीगाउँका स्थानीयवासी मोहन तामाङले बताउनुभयो । एक गाग्री पानीको जोहो गर्न रात समयमा धारामा पालोमा बस्नुपर्ने अवस्थामा घरमा धारा जडान भएपछि सहजता भएको तामाङको भनाइ छ । “हाम्रो टारीगाउँ क्षेत्रमा पानीको अति नै समस्या थियो”, उहाँले भन्नुभयो, “एक गाग्री पानी जोहो गर्न राति २ः०० बजेबाट पालो बसेर ल्याउनुपर्ने अवस्था थियो । अहिले लोमाखोलाको पानी आएपछि सहजता छ । हामी एकदम खुसी छौँ ।”

धारा जडान भएपछि दैनिकी नै फेरिएको स्थानीय ८३ वर्षीय वृद्धा हीमादेवी कार्कीले बताउनुभयो । “म घरमा एक्लै छु”, उहाँले भन्नुभयो, “दमको रोगी भएका कारण पानी लिन बाहिर जान सक्दिनँ । स्थानीयलाई पैसा दिएर दुई बोतल पानी ल्याउन लगाएर दैनिकी चलाउँदै आएकी थिएँ । मेरा लागि साह्रै पुण्यको काम गरिदिनुभयो । पानी ल्याउनेहरूलाई आशीर्वाद दिन्छु ।”

षडानन्द नगरपालिकाका ८, ९, १०, ११ र १२ वडाका एक हजार ४१६ घरमा पानी वितरण गर्ने लक्ष्यका साथ आयोजना सञ्चालन भइरहेको छ । दुई स्किममा सञ्चालन भइरहेको आयोजनालाई आगामी आर्थिक वर्षभित्र पूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण उपभोक्ता समितिले जनाएको छ ।

निर्माण उपभोक्ता समितिका अध्यक्ष राजनविक्रम राईका अनुसार आयोजनाबाट तत्काललाई पानीको अति नै समस्या रहेका क्षेत्रमा पानी वितरण भइरहेको छ । यस आर्थिक वर्षमा पनि तीव्रगतिमा निर्माणको काम भइरहेकाले यस वर्ष नै एक हजार घरपरिवारमा पानी वितरण गर्ने लक्ष्य छ । लोमाखोला आयोजनाको पानी बस्तीस्तरमा वितरण थालेका छौँ । सबै स्थानीयलाई चाँडो पानी खुवाउने लक्ष्यका साथ काम गरिरहेका छौँ । यस आवमा एक हजार घरमा पानी वितरण गर्ने हाम्रो योजना छ ।

आयोजनाको स्किम–१ अन्तर्गत १२ वटा ट्याङ्कीमध्ये नौदेखि ७५ घनमिटरसम्मका नौवटा निर्माण सम्पन्न भएको अध्यक्ष राईको भनाइ छ । त्यस्तै दोस्रो स्किमको पाँचवटा नै वितरण ट्याङ्की निर्माण सम्पन्न गरिएको उहाँले जानकारी दिनुभयो । पहिलो ठूलो स्किमअन्तर्गत कमेरे, देउसे र दोस्रो स्किम कखुवा सिस्नेटार मुहानबाट पानी ल्याइएको छ ।

पानी मुहानमा पानी प्रशोधन संरचना नरहेकाले वर्खाको समयमा बालुवा, गिट्टी आउने तथा धारा जाम हुने समस्या रहेको निर्माण उपभोक्ता समितिको भनाइ छ । साथै यही क्षेत्रमा सडक विस्तार भइरहेकाले कामलाई चाँडो बढाउन समस्या रहेको निर्माण समितिले जनाएको छ ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका प्रमुख आशुतोष ठाकुरका अनुसार हालसम्म आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भएको छ । श्रमदानसहित यो आयोजनाको अनुमानित कुल लागत रु २८ करोड ५१ लाख रहेको छ । आयोजनाको वितरण लाइन खन्ने र पुर्ने काम श्रमदानमार्फत गर्ने सम्झौता रहेको छ । यस आयोजनालाई आगामी वर्षभित्रमा सम्पन्न गराउने कार्यालयको लक्ष्य छ । दुई स्किममा गरी यो आयोजनाको मुख्य पाइप लाइन विस्तार करिब ४७ किलोमिटर र वितरण लाइन करिब एक सय ५३ किलोमिटर रहेको छ ।

निर्माणाधीन खानेपानीबाट पहिलो चरणको पानी वितरण थालिएपछि स्थानीय नागरिकलाई सहजता भएको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले बताउनुभयो । खानेपानी आयोजनालाई समयमा सम्पन्न गराउन नगरको तर्फबाट आवश्यक भूमिका खेलिरहेको उहाँको भनाइ छ । यो योजनाको काम सम्पन्न भएपछि यहाँका पाँचवटा वडाका नागरिकलाई पानीको सुविधा पुग्ने उहाँको भनाइ छ ।

Previous Post

किसानलाई चैते धान थन्क्याउने चटारो

Next Post

पर्वतमा पहिलोपटक एक सय ४० रोपनीमा जापानी कटुसखेती

metakhabar

metakhabar

सम्बन्धित खबर

बागलुङमा स्वास्थ्य चौकीको शिलान्यास
आर्थिक

बागलुङमा स्वास्थ्य चौकीको शिलान्यास

३ बैशाख २०८३,
विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन
आवाज

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

३ बैशाख २०८३,
भारतमा महिला आरक्षण विधेयक बहसमा
अन्तर्राष्ट्रिय

भारतमा महिला आरक्षण विधेयक बहसमा

३ बैशाख २०८३,
चीनले एसियामा सैन्य बल प्रयोग गर्ने ‘तयारी’ गरिरहेको पेन्टागन प्रमुखको दाबी
अन्तर्राष्ट्रिय

पूर्वानुमानभन्दा माथि चीनको वृद्धि

३ बैशाख २०८३,
काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्य बारे छलफल
आर्थिक

काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्य बारे छलफल

३ बैशाख २०८३,
पाकिस्तानमा ‘तीन करोड गरिबीमा धकेलिए’ः आर्थिक पतन र बढ्दो आप्रवासनका लागि सरकारलाई दोष
अन्तर्राष्ट्रिय

अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता

३ बैशाख २०८३,
Load More
Next Post
पर्वतमा पहिलोपटक एक सय ४० रोपनीमा जापानी कटुसखेती

पर्वतमा पहिलोपटक एक सय ४० रोपनीमा जापानी कटुसखेती

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In