• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो

    पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो

    नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल

    नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल

    भारतमा पेट्रोल–डिजेल महँगियो

    नेपाल–दक्षिण कोरिया सहकार्य विस्तार गर्न कोरियन चेम्बर र वल्र्ड दागाचीबीच सम्झौता

    नेपाल–दक्षिण कोरिया सहकार्य विस्तार गर्न कोरियन चेम्बर र वल्र्ड दागाचीबीच सम्झौता

    भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमणः रक्षा, ऊर्जा र लगानीमा भारत–युएईबीच महत्वपूर्ण सहमति

    भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमणः रक्षा, ऊर्जा र लगानीमा भारत–युएईबीच महत्वपूर्ण सहमति

    होल्डिङ सेन्टरमा रहेका बालबालिकाका लागि आवाससहित अध्ययनको व्यवस्था

    होल्डिङ सेन्टरमा रहेका बालबालिकाका लागि आवाससहित अध्ययनको व्यवस्था

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सुरक्षित खोरले निकुञ्ज मध्यवर्ती क्षेत्रका वासिन्दालाई राहत

metakhabar by metakhabar
८ असार २०८२,
0
सुरक्षित खोरले निकुञ्ज मध्यवर्ती क्षेत्रका वासिन्दालाई राहत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राँझा (बाँके), ८ असारः बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बस्तीमा मानव–वन्यजन्तु द्वन्द्व घटाउन बस्तीमा तार जाली र बाख्राको सुरक्षित खोर निर्माण गरिएको छ ।

राप्ती सोनारी गाउँपालिका–९ मा निकुञ्ज मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने महादेवा, बुच्चापुर, खैरहनी, गुरुवागाउँलगायतका टोलबस्तीमा तारजाली र बाख्राको सुरक्षित खोर निर्माण भइरहेको वडाध्यक्ष सोहनलाल थारूले बताउनुभयो । उहाँका अनुसार बाँके राष्ट्रिय निकुञ्ज, वन तथा वातावरणको क्षेत्रमा कार्यरत संस्था जेडएसएल, इलम, इन्रुडेकलगायत संस्थाले राप्ती सोनारी–९ मा मात्र दुई सय १० सुरक्षित खोर र ३० गाईभैँसीको भकारो सुधार गरिएको छ ।

बाख्राको सुरक्षित खोर निर्माण भएपछि निकुञ्जसँग जोडिएको गाउँबस्तीमा चितुवा, बाघ तथा अन्य वन्यजन्तुबाट बाख्रा र भेडालाई जोगाउन सहज भएको राप्ती सोनारी–९ महादेवा गाउँका मानबहादुर दर्लामीले बताउनुभयो ।

“पहिला खोरबाटै बाघले बाख्रा तानेर लैजान्थ्यो, अहिले सुरक्षित खोर बनाएपछि डरत्रास हटेको छ”, उहाँले भन्नुभयो, “हामीलाई पशुपन्छी र खेतीबाली वन्यजन्तुबाट जोगाउन मुस्किल हुने गरेको छ, सुरक्षित खोर निर्माणले केही राहत भएको छ ।”

महादेवा गाउँकै हेम चापागाईँले गाउँमा चितुवा आएर भेडाबाख्रा खान थालेपछि भेडाबाख्रा पाल्न छाडेको किसानले पनि अहिले सुरक्षित खोर निर्माण भएपछि फेरि बाख्रापालन सुरु गरेको बताउनुभयो । उहाँले सुरक्षित खोरमा बाख्रा र भेडा पाल्न थालेपछि वन्यजन्तुबाट घाइते हुने तथा मर्ने चिन्ता हटेको बताउनुभयो । विश्व वन्यजन्तु कोष एकीकृत भूपरिधि व्यवस्थापन आयोजना (इलम)अन्तर्गत डिभिजन वन कार्यालयमार्फत राप्ती सोनारी–८ पेरानीगाउँका ३० घरमा सुरक्षित खोर निर्माण गरिएका छन् ।

त्यसैगरी, बाँकेको कम्दी जैविक मार्गका ३० घरमा पनि बाख्राका लागि सुरक्षित खोर निर्माण गरिएका छन् । चितुवा, बाघलगायत जनावरले बस्तीमा आएर बाख्रा मार्न र घाइते बनाउन थालेपछि उनीहरूलाई जोगाउन सुरक्षित खोर निर्माण गरिएको एकीकृत भूपरिधि व्यवस्थापन आयोजनाका फिल्ड प्रबन्धक प्रकाश थापाले जानकारी दिनुभयो ।

कम्दी जैविक मार्गमा बँदेल, चित्तललगायतका जङ्गली जनावरबाट स्थानीयको अन्नबाली जोगाउन विभिन्न सामुदायिक वनक्षेत्र र बस्तीबीच करिब चार किलोमिटर तारजाली निर्माण गरिएको छ । मध्यवर्ती क्षेत्रका बासिन्दाको आयआर्जनको स्रोत बाख्रापालन भएकाले स्थानीयको आयआर्जनमा टेवा दिने बाख्रापालनमा चुनौती थपिएपछि खोरलाई बलियो बनाउने अभियान चलाएर सुरक्षित खोर निर्माण गरिएको थापाले बताउनुभयो ।

Previous Post

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

Next Post

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

metakhabar

metakhabar

सम्बन्धित खबर

पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो
फिचर-ब्यानर

पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो

२ जेष्ठ २०८३,
नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल
आर्थिक

नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल

२ जेष्ठ २०८३,
अन्तर्राष्ट्रिय

भारतमा पेट्रोल–डिजेल महँगियो

२ जेष्ठ २०८३,
नेपाल–दक्षिण कोरिया सहकार्य विस्तार गर्न कोरियन चेम्बर र वल्र्ड दागाचीबीच सम्झौता
समाचार

नेपाल–दक्षिण कोरिया सहकार्य विस्तार गर्न कोरियन चेम्बर र वल्र्ड दागाचीबीच सम्झौता

२ जेष्ठ २०८३,
भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमणः रक्षा, ऊर्जा र लगानीमा भारत–युएईबीच महत्वपूर्ण सहमति
अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमणः रक्षा, ऊर्जा र लगानीमा भारत–युएईबीच महत्वपूर्ण सहमति

२ जेष्ठ २०८३,
होल्डिङ सेन्टरमा रहेका बालबालिकाका लागि आवाससहित अध्ययनको व्यवस्था
समाचार

होल्डिङ सेन्टरमा रहेका बालबालिकाका लागि आवाससहित अध्ययनको व्यवस्था

२ जेष्ठ २०८३,
Load More
Next Post
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In