• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

    भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

    आहा, यस्तो पो झरना !

    आहा, यस्तो पो झरना !

    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    राप्ती तथा बहादुरगन्जका आँखा अस्पताल : सेवासँगै समुदायमा आँखा स्वास्थ्य शिक्षा

    राप्ती तथा बहादुरगन्जका आँखा अस्पताल : सेवासँगै समुदायमा आँखा स्वास्थ्य शिक्षा

    गत आवमा पाँच सय घरमा खानेपानीको पहुँच

    गत आवमा पाँच सय घरमा खानेपानीको पहुँच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अन्तरराष्ट्रिय योग दिवस मनाइयो

metakhabar by metakhabar
८ असार २०८२,
0
अन्तरराष्ट्रिय योग दिवस मनाइयो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैँ , अन्तरराष्ट्रिय योग दिवसको ११औंँ संस्करण नेपालका १० सहर र नगरपालिकामा विविध कार्यक्रम गरी मनाइएको छ । काठमाडौँस्थित भारतीय राजदूतावास र वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको संयोजनमा काठमाडौँ, पोखरा, लमजुङ, लुम्बिनी, जनकपुर, चितवन, वीरगञ्ज, हेटौँडा, रौतहट र बरियारपुरलगायत सहर र नगरपालिकामा आज विभिन्न कार्यक्रम गरी दिवस मनाइएको हो ।

यस वर्षको ‘एक पृथ्वी, एक स्वास्थ्यको लागि योग’ भन्ने नाराका साथ विषयवस्तु अनुरुप अन्तरराष्ट्रिय योगदिवस ७५ दिन अगावै भारतीय राजदूतावासले गत चैत २५ गते पशुपतिनाथ मन्दिरमा योग प्रदर्शनसहितको शुभारम्भ कार्यक्रमको आयोजना गरेको थियोे ।

भारतीय सेनाका पूर्वसैनिकहरूको सक्रिय सहभागितामा अन्तरराष्ट्रिय योगदिवसका सन्दर्भ पारी भारतीय राजदूतावासले गत वैशाख १९ गते काठमाडौँस्थित इसिएचएस पोलिक्लिनिकमा योगसत्र सञ्चालन गरेको थियो ।
त्यस्तै गत जेठ १३ गते काठमाडौँको नेपाली सेना मुख्यालय मैदानमा योगसत्र आयोजना गरिएको थियो । जसमा नेपाली सेनाका कर्मचारीको सहभागिता थियो ।

राजदूतावासले काठमाडौंँ उपत्यकाका छ वटा युनेस्को विश्व सम्पदास्थल क्रमशः पशुपतिनाथ मन्दिर (विसं २०८१ चैत्र २५), काठमाडौंँ दरबार स्क्वायर (विसं २०८२ जेठ २३), बौद्धनाथ स्तुपा र स्वयम्भूनाथ स्तुपा (विसं २०८२ जेठ २६), चाँगुनारायण मन्दिर (विसं २०८२ जेठ २७) र पाटन दरबार स्क्वायर (विसं २०८२ जेठ ३१) मा योग आसन प्रदर्शन आयोजना गरेको थियो ।

मध्यनेपाल नगरपालिकासँगको सहकार्यमा रमणीय लमजुङमा यही असार ५ गते योग प्रदर्शन आयोजना गरिएको थियो । त्यस्तै राजदूतावासले पोखराको तीन प्रमुख स्थलमा अन्नपूर्ण हिमशृङ्खलाको मनोरम दृश्यहरूका लागि प्रसिद्ध सराङकोट भ्यू पोइन्ट, पुम्दीकोटस्थित शिव मन्दिर जहाँ आध्यात्मिक शान्तिसँगै मनोरम दृश्य देख्न पाइन्छ र रमणीय अनदु डाँडामा अवस्थित सुन्दर शान्ति स्तूपमा योग प्रदर्शन सञ्चालन गरेको थियो ।

योगको उत्सवलाई निरन्तरता दिँदै राजदूतावासले असार ६ गते पोखराको फेवातालको शान्त किनारमा एक बृहत स्तरको योग र ध्यानसत्रको आयोजना गरेको थियो । असार ६ गते राजदूतावासले लुम्बिनीस्थित लुम्बिनी विकास कोषमा एक बृहतस्तरको योग प्रदर्शन आयोजना गरेको थियो ।

सन् २०२५ मा नेपालमा राजदूतावासले आयोजना गरेको अन्तरराष्ट्रिय योगदिवस समारोहको मुख्य आकर्षण पोखरा महानगरपालिकासँगको सहकार्यमा आज असार ७ गते पोखराको रङ्गशालामा आयोजित भव्य योग प्रदर्शन थियो ।

उक्त कार्यक्रममा सो क्षेत्रभरिका करिब सात हजारभन्दा बढी योग अभ्यासकर्ताको उत्साहजनक सहभागिता रहेको दूतावासले जनाएको छ । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, भारतीय राजदूत नवीन श्रीवास्तवलगायत विशिष्ट व्यक्ति सहभागी हुनुभएको थियो ।

त्यस्तै भारतीय महावाणिज्य दूतावासले जनकपुर, चितवन, वीरगञ्ज, हेटौँडा, रौतहट र बरियारपुरमा अन्तरराष्ट्रिय योग दिवस कार्यक्रम सम्पन्न गरेको छ ।
—

Previous Post

भित्रियो मनसुन: कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

Next Post

दूधपोखरीकुण्डमा जलसतह घट्दै गएकामा स्थानीयको चिन्ता

metakhabar

metakhabar

सम्बन्धित खबर

भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै
आवाज

भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

९ भदौ २०८३,
आहा, यस्तो पो झरना !
आर्थिक

आहा, यस्तो पो झरना !

९ भदौ २०८३,
पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता
आवाज

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

९ भदौ २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य घट्यो

९ भदौ २०८३,
राप्ती तथा बहादुरगन्जका आँखा अस्पताल : सेवासँगै समुदायमा आँखा स्वास्थ्य शिक्षा
आर्थिक

राप्ती तथा बहादुरगन्जका आँखा अस्पताल : सेवासँगै समुदायमा आँखा स्वास्थ्य शिक्षा

९ भदौ २०८३,
गत आवमा पाँच सय घरमा खानेपानीको पहुँच
आवाज

गत आवमा पाँच सय घरमा खानेपानीको पहुँच

९ भदौ २०८३,
Load More
Next Post
दूधपोखरीकुण्डमा जलसतह घट्दै गएकामा स्थानीयको चिन्ता

दूधपोखरीकुण्डमा जलसतह घट्दै गएकामा स्थानीयको चिन्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In