• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 17, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटकको आकर्षक गन्तव्य बन्दै आमपानी झरना

    पर्यटकको आकर्षक गन्तव्य बन्दै आमपानी झरना

    विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा नेपालका श्रेष्ठ

    विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा नेपालका श्रेष्ठ

    प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा

    प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा

    पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने

    पशुपतिनाथ मन्दिरसहित शिवालयमा भक्तजनको भीड

    देवघाटमा साउने मेला, भक्तजनको भीड

    फेवाताल किनारमा सीमास्तम्भ राख्नेक्रम जारी

    फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    पर्यटकको आकर्षक गन्तव्य बन्दै आमपानी झरना

    पर्यटकको आकर्षक गन्तव्य बन्दै आमपानी झरना

    विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा नेपालका श्रेष्ठ

    विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा नेपालका श्रेष्ठ

    प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा

    प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा

    पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने

    पशुपतिनाथ मन्दिरसहित शिवालयमा भक्तजनको भीड

    देवघाटमा साउने मेला, भक्तजनको भीड

    फेवाताल किनारमा सीमास्तम्भ राख्नेक्रम जारी

    फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

अन्तरराष्ट्रिय योग दिवस मनाइयो

metakhabar by metakhabar
८ असार २०८२,
0
अन्तरराष्ट्रिय योग दिवस मनाइयो
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैँ , अन्तरराष्ट्रिय योग दिवसको ११औंँ संस्करण नेपालका १० सहर र नगरपालिकामा विविध कार्यक्रम गरी मनाइएको छ । काठमाडौँस्थित भारतीय राजदूतावास र वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको संयोजनमा काठमाडौँ, पोखरा, लमजुङ, लुम्बिनी, जनकपुर, चितवन, वीरगञ्ज, हेटौँडा, रौतहट र बरियारपुरलगायत सहर र नगरपालिकामा आज विभिन्न कार्यक्रम गरी दिवस मनाइएको हो ।

यस वर्षको ‘एक पृथ्वी, एक स्वास्थ्यको लागि योग’ भन्ने नाराका साथ विषयवस्तु अनुरुप अन्तरराष्ट्रिय योगदिवस ७५ दिन अगावै भारतीय राजदूतावासले गत चैत २५ गते पशुपतिनाथ मन्दिरमा योग प्रदर्शनसहितको शुभारम्भ कार्यक्रमको आयोजना गरेको थियोे ।

भारतीय सेनाका पूर्वसैनिकहरूको सक्रिय सहभागितामा अन्तरराष्ट्रिय योगदिवसका सन्दर्भ पारी भारतीय राजदूतावासले गत वैशाख १९ गते काठमाडौँस्थित इसिएचएस पोलिक्लिनिकमा योगसत्र सञ्चालन गरेको थियो ।
त्यस्तै गत जेठ १३ गते काठमाडौँको नेपाली सेना मुख्यालय मैदानमा योगसत्र आयोजना गरिएको थियो । जसमा नेपाली सेनाका कर्मचारीको सहभागिता थियो ।

राजदूतावासले काठमाडौंँ उपत्यकाका छ वटा युनेस्को विश्व सम्पदास्थल क्रमशः पशुपतिनाथ मन्दिर (विसं २०८१ चैत्र २५), काठमाडौंँ दरबार स्क्वायर (विसं २०८२ जेठ २३), बौद्धनाथ स्तुपा र स्वयम्भूनाथ स्तुपा (विसं २०८२ जेठ २६), चाँगुनारायण मन्दिर (विसं २०८२ जेठ २७) र पाटन दरबार स्क्वायर (विसं २०८२ जेठ ३१) मा योग आसन प्रदर्शन आयोजना गरेको थियो ।

मध्यनेपाल नगरपालिकासँगको सहकार्यमा रमणीय लमजुङमा यही असार ५ गते योग प्रदर्शन आयोजना गरिएको थियो । त्यस्तै राजदूतावासले पोखराको तीन प्रमुख स्थलमा अन्नपूर्ण हिमशृङ्खलाको मनोरम दृश्यहरूका लागि प्रसिद्ध सराङकोट भ्यू पोइन्ट, पुम्दीकोटस्थित शिव मन्दिर जहाँ आध्यात्मिक शान्तिसँगै मनोरम दृश्य देख्न पाइन्छ र रमणीय अनदु डाँडामा अवस्थित सुन्दर शान्ति स्तूपमा योग प्रदर्शन सञ्चालन गरेको थियो ।

योगको उत्सवलाई निरन्तरता दिँदै राजदूतावासले असार ६ गते पोखराको फेवातालको शान्त किनारमा एक बृहत स्तरको योग र ध्यानसत्रको आयोजना गरेको थियो । असार ६ गते राजदूतावासले लुम्बिनीस्थित लुम्बिनी विकास कोषमा एक बृहतस्तरको योग प्रदर्शन आयोजना गरेको थियो ।

सन् २०२५ मा नेपालमा राजदूतावासले आयोजना गरेको अन्तरराष्ट्रिय योगदिवस समारोहको मुख्य आकर्षण पोखरा महानगरपालिकासँगको सहकार्यमा आज असार ७ गते पोखराको रङ्गशालामा आयोजित भव्य योग प्रदर्शन थियो ।

उक्त कार्यक्रममा सो क्षेत्रभरिका करिब सात हजारभन्दा बढी योग अभ्यासकर्ताको उत्साहजनक सहभागिता रहेको दूतावासले जनाएको छ । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, भारतीय राजदूत नवीन श्रीवास्तवलगायत विशिष्ट व्यक्ति सहभागी हुनुभएको थियो ।

त्यस्तै भारतीय महावाणिज्य दूतावासले जनकपुर, चितवन, वीरगञ्ज, हेटौँडा, रौतहट र बरियारपुरमा अन्तरराष्ट्रिय योग दिवस कार्यक्रम सम्पन्न गरेको छ ।
—

Previous Post

भित्रियो मनसुन: कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

Next Post

दूधपोखरीकुण्डमा जलसतह घट्दै गएकामा स्थानीयको चिन्ता

metakhabar

metakhabar

सम्बन्धित खबर

पर्यटकको आकर्षक गन्तव्य बन्दै आमपानी झरना
आर्थिक

पर्यटकको आकर्षक गन्तव्य बन्दै आमपानी झरना

१ साउन २०८२,
विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा नेपालका श्रेष्ठ
आर्थिक

विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा नेपालका श्रेष्ठ

१ साउन २०८२,
प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा
फिचर-ब्यानर

प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा

१ साउन २०८२,
पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने
जीवन शैली

पशुपतिनाथ मन्दिरसहित शिवालयमा भक्तजनको भीड

१ साउन २०८२,
जीवन शैली

देवघाटमा साउने मेला, भक्तजनको भीड

१ साउन २०८२,
फेवाताल किनारमा सीमास्तम्भ राख्नेक्रम जारी
आर्थिक

फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो

१ साउन २०८२,
Load More
Next Post
दूधपोखरीकुण्डमा जलसतह घट्दै गएकामा स्थानीयको चिन्ता

दूधपोखरीकुण्डमा जलसतह घट्दै गएकामा स्थानीयको चिन्ता

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In