• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

    कागबेनी-छुसाङ सडक निर्माण सुरु

    कागबेनी-छुसाङ सडक निर्माण सुरु

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

६० बर्षमा पहिलो पटक घट्यो चीनको जनसंख्या

by
४ माघ २०७९,
0
६० बर्षमा पहिलो पटक घट्यो चीनको जनसंख्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । सन् २०२२ मा चीनको जनसंख्या ६० वर्षमा पहिलो पटक घटेको छ । गत वर्ष चीनको राष्ट्रिय जन्मदरमा कीर्तिमानी गिरावट आएको छ । सन् २०२२ मा चीनमा ९५ लाख बालबालिकाको जन्म भएको थियो भने सन् २०२१ मा १ करोड ६२ लाख बालबालिकाको जन्म भएको थियो ।

राष्ट्रिय तथ्याङ्क ब्यूरोका अनुसार सन् २०२१ मा चीनको जन्मदर ७.५२ प्रतिशत थियो, जुन सन् २०२२ मा घटेर ६.६७ प्रतिशतमा पुगेको छ । यसको मतलब चीनमा जहाँ सन् २०२१ मा प्रति हजार मानिसमा ७.५२ बच्चा जन्मिएका थिए, त्यो सन् २०२२ मा घटेर ६।६७ पुगेको छ । यो सन् १९४९ यताकै न्यून हो ।

सन् २०२२ मा ८ लाख ५० हजार मानिस घटे

सन् २०२१ मा चीनको जनसङ्ख्या १ अर्ब ४१ करोड २६ लाख थियो, जुन सन् २०२२ मा घटेर १ अर्ब ४१ करोड १८ लाख पुगेको छ । अर्थात् एक वर्षमा कूल ८ लाख ५० हजार मानिस घटेका छन् । चीनको जनसङ्ख्यामा ३१ राज्यका मानिसहरूलाई गनिन्छ । यसमा हङकङ, मकाउ र ताइवान समावेश छैन ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार चीनमा सन्तान जन्माउने लागत बढ्दै गएको छ । योसँगै परिवार र विवाहलाई लिएर मानिसको सोचमा निरन्तर परिवर्तन भइरहेको छ, त्यसको असर त्यहाँको जन्मदरमा पनि परिरहेको छ । द मर्निङ पोस्टले चीनको आर्थिक मन्दी र कोरोना अवधिमा लगाइएको प्रतिबन्धलाई पनि जिम्मेवारी दिएको छ ।
सन् २०१६ देखि चीनको जनसंख्या घट्दै

सन् २०१६ देखि चीनमा जनसंख्या दर घट्दै गएको छ । त्यसयता चीनले स्थानीय तहमा बालबालिकाको संख्या बढाउन काम गर्न थाल्यो । यसका लागि मानिसहरूलाई पैसा पनि दिइयो। उनीहरुलाई सामाजिक सुरक्षा भत्ताका साथै आवास र शिक्षामा छुट समेत घोषणा गरिएको थियो । सन् २०२१ सम्ममा चीनले आफ्नो एक सन्तान नीति पनि हटाएको छ । जसका कारण मानिसहरूले एउटा मात्र बच्चा जन्माउन पाएका थिए । चीनले अब तीन सन्तान जन्माउन पाउने घोषणा गरेको छ । तर, त्यसले खासै सहयोग गर्न सकेन ।

चीनले किन लागू गर्‍यो एक सन्तान नीति

चीनले सन् १९७९ मा एक बच्चा नीति लागू गरेको थियो । यो १९८० देखि लागू गरिएको थियो । त्यतिबेला चीनको जनसङ्ख्या ९८ करोड ६१ लाख थियो र निरन्तर बढ्दै गयो । चीनले बढ्दो जनसङ्ख्या देशको विकासमा बाधक बन्न सक्ने अनुमान गर्यो । सोही कारण यो नीति लागू भएको हो । सो अवसरमा परिवार नियोजनका बारेमा जनचेतना जगाउनका साथै कडाई पनि गरिएको थियो ।

मानिसहरूलाई जरिवाना गरियो, एक भन्दा बढी बच्चा जन्माएकोमा जागिरबाट निकालियो, महिलाहरूलाई गर्भपतन गर्न बाध्य पारियो र पुरुषहरूलाई भ्यासेक्टोमी गर्न बाध्य पारियो ।

चीनमा सन् २०१६ सम्म एक बच्चा नीति लागू रह्यो । यो अवधिमा चीनले ४० करोड बालबालिकाको जन्म रोकेको विश्वास गरिन्छ । त्यसको बेफाइदा भनेको देशमा वृद्धवृद्धाको जनसङ्ख्या बढ्दै गएको र युवाको सङ्ख्या घट्दै गयो । यसै कारणले सन् २०१६ मा दुई सन्तान नीति लागू गरी केही छुट दिइएको थियो ।

Previous Post

युक्रेनमा हेलिकोप्टर दुर्घटनामा गृहमन्त्रीसहित १६ जनाको मृत्यु

Next Post

मनोनयन दर्तापछि घिमिरेले भने-‘निष्पक्ष ढंगले सभामुखको भूमिका निर्वाह गर्छु’

सम्बन्धित खबर

जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
आर्थिक

जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

२८ साउन २०८३,
कागबेनी-छुसाङ सडक निर्माण सुरु
आर्थिक

कागबेनी-छुसाङ सडक निर्माण सुरु

२८ साउन २०८३,
रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी
अन्तर्राष्ट्रिय

रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

२८ साउन २०८३,
आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास
आवाज

आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

२८ साउन २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

२८ साउन २०८३,
काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड
फिचर-ब्यानर

काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

२८ साउन २०८३,
Load More
Next Post
मनोनयन दर्तापछि घिमिरेले भने-‘निष्पक्ष ढंगले सभामुखको भूमिका निर्वाह गर्छु’

मनोनयन दर्तापछि घिमिरेले भने-‘निष्पक्ष ढंगले सभामुखको भूमिका निर्वाह गर्छु’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In