• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
मङ्गलबार, १० कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    पर्यटकको पर्खाइमा छ, मण्डनको रमणीय कोटथुम्का

    पर्यटकको पर्खाइमा छ, मण्डनको रमणीय कोटथुम्का

    कुहिरोको घुम्टोमा मानुङकोट: पर्यटकको आकर्षण बढ्दो

    कुहिरोको घुम्टोमा मानुङकोट: पर्यटकको आकर्षण बढ्दो

    कपिलवस्तुका किसान धान दाइँमा आधुनिक थ्रेसरको प्रयोगतर्फ आकर्षित

    कपिलवस्तुका किसान धान दाइँमा आधुनिक थ्रेसरको प्रयोगतर्फ आकर्षित

    हुम्लामा भलिबलको रोमाञ्चक प्रतिस्पर्धा, कर्णाली युथले जित्यो उपाधि

    हुम्लामा भलिबलको रोमाञ्चक प्रतिस्पर्धा, कर्णाली युथले जित्यो उपाधि

    ताप्लेजुङमा खाद्य कम्पनीको चिनी बिक्रीबाट २७ लाख आम्दानी

    ताप्लेजुङमा खाद्य कम्पनीको चिनी बिक्रीबाट २७ लाख आम्दानी

    कालीगण्डकीको बाढीले दोबा जोड्ने पुल जोखिममा

    कालीगण्डकीको बाढीले दोबा जोड्ने पुल जोखिममा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

विहादीका तीन सय परिवार खानेपानीबाट वञ्चित

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
१ असार २०८२,
0
लिफ्टिङमार्फत काभ्रे गाउँमा ‘एक घर, एक धारा’
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

पर्वत। बजेट अभावका कारण दक्षिण पर्वतको विहादी गाउँपालिका–२ बर्राचौरमा निर्माणाधीन सोती लिफ्टिङ खानेपानी योजना अधुरै रहेको छ । विकट गाउँका जनतालाई पिउने पानीको सुविधा पुर्याउने उद्देश्यले निर्माण थालिको योजना बजेट अभावका कारण चार वर्षदेखि अलपत्र छ ।

गण्डकी प्रदेश सरकारको रु चार करोड लागतमा बहुवर्षीय खानेपानी योजना निर्माण सुरु भएको थियो । तीन सय घरपरिवारलाई खानेपानी उपलब्ध गराउने लक्ष्यसहित आर्थिक वर्ष २०७७÷७८ देखि निर्माण सुरु भए पनि पर्याप्त बजेट विनियोजन नहुँदा अलपत्र बनेको र बनेका संरचनासमेत जीर्ण बन्दै गएको विहादी गाउँपालिका–२ का अध्यक्ष गणेश शर्मा पौडेलले बताउनुभयो । दुई वर्षमा सम्पन्न हुने भनिएको खानेपानीको योजना वर्षौँ लाग्दा पनि सम्बन्धित निकायले बजेट विनियोजनमा बेवास्ता गरेको उहाँको भनाइ छ ।

योजना सम्पन्न नहुँदा पिउने पानीका लागि गाउँलेहरू टाढाटाढाका कुवा र खोलाको पानीमा भर पर्नुपरेको छ । चैतदेखि यता भएका पानीका स्रोत पनि सुकेपछि पिउने पानी लिन दुई घण्टा धाएर कालीगण्डकी किनारमा जानुपर्ने बाध्यता रहेको अध्यक्ष शर्मा पौडेलको भनाइ छ । खानेपानी योजना पूरा नहुँदा वडा नं २ का गैरे, सातविसे, शेरा, ठौवा, बासकोट, कर्मीथर, आरनटोल, उपल्लो बर्राचौर, तल्लो बर्राचौरलगायत क्षेत्रमा पानीको हाहाकार छ ।

शेरा टोलकी लीलाकुमारी नेपालीले खानेपानीको हाहाकारले सकस भएको बताउनुभयो । उहाँले भन्नुभयो, “एक गाग्री पिउने पानीका लागि एक घण्टा लगाएर भूपेखोला धाउनुपरेको छ ।” घरमा पालेका बाख्रा, भैँसी, बङ्गुर र राँगोलाई पानी खुवाउन पनि समस्या भएको उहाँले बताउनुभयो । खानेपानी योजनाअन्तर्गत निर्माण गरिएका एक रिजर्भ ट्याङ्की र छवटा शाखा ट्याङ्की लामो समयदेखि प्रयोगविहीन अवस्थामा छन् । बिछ्याइएका पाइप लाइन कच्ची सडक खन्ने क्रममा क्षतविक्षत भएका छन् । ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत केही परिवारका धारा निर्माण गरिए पनि पानी आएको छैन ।

बस्तीभन्दा तल कालीगण्डकी किनार नजिकै खानेपानी स्रोतबाट एक सय घनमिटरको ट्याङ्की निर्माण गरिएको छ भने ५० घनमिटर बराबरका पाँच ट्याङ्की निर्माण गरी छोडिएका छन् । खानेपानी योजनाको प्रमुख पाइप लाइन र शाखा पाइप लाइन विस्तारको काम पनि पूरा गरिएको छैन । निर्माणको ठेक्का सम्झौता लिएका निर्माण व्यावसायी गिरिजाप्रसाद तिवारीले खानेपानी योजनाको काम ५० प्रतिशत पूरा गरेको बताउनुभयो । बजेट विनियोजन नभएका कारण योजना पूरा गर्न नसकिएको उहाँको भनाइ छ ।

अहिलेसम्म रु दुई करोड बढी रकम खर्च गरिसकेको खानेपानी योजनालाई अर्थाभावका कारण पूरा गर्न नसकिएको गुनासो खानेपानी उपभोक्ता समितिका अध्यक्ष मोति कुँवरको छ । प्रदेशको खानेपानी मन्त्रालयले बर्सेनि पर्याप्त बजेट विनियोजन नगर्दा समस्या भएको हो ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका प्रमुख किरण पौडेलले योजनाको लागत धेरै, विनियोजित बजेट कम हुँदा समयमै पूरा हुन नसकेको बताउनुभयो । उहाँका अनुसार चालु आव २०८१/८२ मा रु २० लाख विनियोजन भएको थियो । आगामी आव पूरा गर्नेगरी बजेट विनियोजन गर्न माग गरिएको छ ।

अघिल्लो समाचार

‘कन्ट्रोवर्सी’ को कारण चर्चामा आएकी रिया चक्रवर्ती (फोटोफिचर)

अर्को समाचार

मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हबल्दार चौधरीको मृत्यु

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

पर्यटकको पर्खाइमा छ, मण्डनको रमणीय कोटथुम्का
आवाज

पर्यटकको पर्खाइमा छ, मण्डनको रमणीय कोटथुम्का

१० कात्तिक २०८३,
कुहिरोको घुम्टोमा मानुङकोट: पर्यटकको आकर्षण बढ्दो
टुरिजम

कुहिरोको घुम्टोमा मानुङकोट: पर्यटकको आकर्षण बढ्दो

१० कात्तिक २०८३,
कपिलवस्तुका किसान धान दाइँमा आधुनिक थ्रेसरको प्रयोगतर्फ आकर्षित
समाचार

कपिलवस्तुका किसान धान दाइँमा आधुनिक थ्रेसरको प्रयोगतर्फ आकर्षित

१० कात्तिक २०८३,
हुम्लामा भलिबलको रोमाञ्चक प्रतिस्पर्धा, कर्णाली युथले जित्यो उपाधि
खेलमैदान

हुम्लामा भलिबलको रोमाञ्चक प्रतिस्पर्धा, कर्णाली युथले जित्यो उपाधि

१० कात्तिक २०८३,
ताप्लेजुङमा खाद्य कम्पनीको चिनी बिक्रीबाट २७ लाख आम्दानी
समाचार

ताप्लेजुङमा खाद्य कम्पनीको चिनी बिक्रीबाट २७ लाख आम्दानी

१० कात्तिक २०८३,
कालीगण्डकीको बाढीले दोबा जोड्ने पुल जोखिममा
समाचार

कालीगण्डकीको बाढीले दोबा जोड्ने पुल जोखिममा

१० कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
सवारी दुर्घटनामा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हबल्दार चौधरीको मृत्यु

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

पर्यटकको पर्खाइमा छ, मण्डनको रमणीय कोटथुम्का

पर्यटकको पर्खाइमा छ, मण्डनको रमणीय कोटथुम्का

१० कात्तिक २०८३,
कुहिरोको घुम्टोमा मानुङकोट: पर्यटकको आकर्षण बढ्दो

कुहिरोको घुम्टोमा मानुङकोट: पर्यटकको आकर्षण बढ्दो

१० कात्तिक २०८३,
कपिलवस्तुका किसान धान दाइँमा आधुनिक थ्रेसरको प्रयोगतर्फ आकर्षित

कपिलवस्तुका किसान धान दाइँमा आधुनिक थ्रेसरको प्रयोगतर्फ आकर्षित

१० कात्तिक २०८३,
हुम्लामा भलिबलको रोमाञ्चक प्रतिस्पर्धा, कर्णाली युथले जित्यो उपाधि

हुम्लामा भलिबलको रोमाञ्चक प्रतिस्पर्धा, कर्णाली युथले जित्यो उपाधि

१० कात्तिक २०८३,
ताप्लेजुङमा खाद्य कम्पनीको चिनी बिक्रीबाट २७ लाख आम्दानी

ताप्लेजुङमा खाद्य कम्पनीको चिनी बिक्रीबाट २७ लाख आम्दानी

१० कात्तिक २०८३,
कालीगण्डकीको बाढीले दोबा जोड्ने पुल जोखिममा

कालीगण्डकीको बाढीले दोबा जोड्ने पुल जोखिममा

१० कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
  • बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन