• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

    अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

    केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछुः प्रधानमन्त्री कार्की

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इजरायल- इरान युद्ध : ‘शक्ति राष्ट्र’हरूको ध्रुबिकरण

metakhabar by metakhabar
१ असार २०८२,
0
इजरायल- इरान युद्ध : ‘शक्ति राष्ट्र’हरूको ध्रुबिकरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इजरायल र इरानबीच चर्किएको क्षेप्यास्त्र आक्रमण र प्रत्याक्रमणका बीच विश्व शक्ति राष्ट्रहरूले सम्भावित युद्धको खतराबारे चर्चा सुरु गरेका छन्। कतिपय देशहरूले युद्ध रोक्न भन्दै इजरायलले सुरु गरेको आक्रमणको निन्दा पनि गरेका छन्।

बिहीबारदेखि इजरायलले निर्णायक आक्रमणका रुपमा इरानविरुद्ध ‘अपरेशन राइजिङ लायन’ सुरु गरेको थियो। इरानका मुख्य आणविक प्रशोधन केन्द्र र सैन्य अड्डाहरू उसले अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण गरेको जनाएको छ। त्यसमा इरानका उच्च पदस्थ सैनिक अधिकारीसँगै दुईजना बरिष्ठ परमाणु बैज्ञानिक पनि मारिएका थिए।

त्यसलगत्तै इरानले पनि इजरायलमाथि आक्रमण जारी राखेको छ। शुक्रबारदेखि उसले तेल अभिव र जेरुसेलममा सयौं क्षेप्यास्त्रहरू प्रहार गरेको छ। शनिबार राति भएको आक्रमणमा इजरायलमा केही बालबालिकासहित कम्तीमा ८ जना मारिएका छन्। भने सयौं घाइते भएका छन्। इरानका सरकारी टेलिभिजनहरूले तेलअभिवका सैन्य अड्डा र वरिपरिका वस्तीहरू ध्वस्त पारिएको भिडिओहरू सार्वजनिक गरिरहेका छन्। जेरुसेलमपछि तेलअभिव इजरायलको सबैभन्दा ठूलो र धेरै जनसंख्या भएको सहर हो। इजरायलका लागि यी रणनीतिक सहर पनि हुन्।

यो बीचमा दुई देशको लडाईंका बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोन वार्ता भएको छ।

‘कुराकानी ५० मिनेटसम्म चलेको थियो, यो ठोस, इमान्दार र धेरै उपयोगी थियो’ रूसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभले भनेका छन् ‘यो स्वाभाविक रूपमा मध्यपूर्वको अवस्थाको खतरनाक बिग्रँदो अवस्थामा केन्द्रित थियो।’

उशाकोभका अनुसार पुटिनले ट्रम्पलाई इरान र इजरायलका नेताहरूसँगको आफ्नो हालैको फोन वार्ताको बारेमा जानकारी गराएका थिए। खासगरी पुटिनले ट्रम्पलाई जन्मदिनको शुभकामना दिनका लागि फोन गरेका थिए। तर उनीहरूबीच धेरैजसो समय इजरायल र इरानबीच चलिरहेको लडाईंका बारेमा नै कुराकानी भएको थियो। केही समय उनीहरूले रुस-युक्रेनको युद्धका बारेमा पनि कुराकानी गरेका थिए।

‘पुटिनले इरान विरुद्ध इजरायली सैन्य कारबाहीको निन्दा गरे र द्वन्द्वको सम्भावित वृद्धिमा गम्भीर चिन्ता व्यक्त गरे, जसको सम्पूर्ण मध्यपूर्व क्षेत्रको लागि अप्रत्याशित परिणाम हुनेछ,’ उशाकोभले एक विज्ञप्तिमा भनेका छन्।

ट्रम्पले पनि परिस्थितिलाई धेरै चिन्ताजनक ठानेका छन्। ‘रूसी र अमेरिकी राष्ट्रपतिहरूले इरानको आणविक कार्यक्रममा वार्ताको बाटोमा फर्कने सम्भावनालाई अस्वीकार गर्दैनन्’ ट्रम्पले भनेका छन्।

यसअघि ट्रम्पले इरानलाई आफ्ना आणविक परियोजनाहरूका काम बन्द गर्न र वार्ता अनि सम्झौताका लागि ६० दिनको समय दिएका थिए। त्योबीचमा इरानले लगातार वेवास्ता गर्दै आयो। र ६१ औं दिनमा इजरायलले इरानमाथि आक्रमण सुरु गरेको थियो।

इजरायलले इरानमाथि आक्रमण गर्नुभन्दा अघि ह्वाइट हाउसलाई जानकारी गराएको थियो। तर ट्रम्पले त्यो आक्रमणमा अमेरिकाको कुनै भागिदारी नरहेको बताए। पछि उनले इरानले परमाणु परियोजनामा सम्झौता नगरेर इजरायलले अझ क्रुर र खतरनाक आक्रमण गर्नसक्ने चेतावनी दिएका छन्। त्यसका लागि अमेरिकाले पहिला नै निकै खतरनाक हतियार तथा सैन्य सामग्रीहरू इजरायललाई दिइसकेको पनि ट्रम्पले बताएका थिए।

रुसी राष्ट्रपतिसँगको कुराकानीमा ट्रम्पले इजरायल र इरानबीचको लडाईं चाँडै अन्त्य हुनुपर्ने बताएका थिए। मध्यपूर्वका सबैजसो राष्ट्रहरूले पनि इजरायलले इरानमाथि गरेको आक्रमणको निन्दा गर्दै वार्ता र संवादबाट समस्या समाधान गर्न भनेका छन्।

इरानले इजरायललाई जवाफी आक्रमणका लागि ‘अपरेशन ट्रु प्रमिस’ चलाएको छ। यसअघि इरानका सर्वोच्च नेता अयोतोल्लाह खामेनेईले इजरायललाई सबैभन्दा खराब परिणामका लागि तयार रहन चेतावनी दिएका थिए। उनले अमेरिकालगायत पश्चिमा शक्ति राष्ट्रहरूले आफूहरूलाई रोक्ने प्रयास गरेमा उनीहरूविरुद्ध पनि कारबाही गर्ने चेतावनी दिएका थिए। खामेनेईले ‘तेस्रो’ विश्वयुद्धका लागि तयार रहनसमेत पश्चिमा राष्ट्रहरूलाई चेताएका थिए।

Previous Post

बजारबाट ४० अर्ब तान्दै राष्ट्र बैंक

Next Post

पाँच महिनामा छ लाख भन्दा बढी अफगानी शरणार्थी स्वदेश फिर्ता

metakhabar

metakhabar

सम्बन्धित खबर

नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण
फिचर-ब्यानर

नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

१३ चैत्र २०८२,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

१३ चैत्र २०८२,
चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व
फिचर-ब्यानर

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

१३ चैत्र २०८२,
अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा
फिचर-ब्यानर

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

१३ चैत्र २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१३ चैत्र २०८२,
आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
आवाज

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछुः प्रधानमन्त्री कार्की

१३ चैत्र २०८२,
Load More
Next Post
पाँच महिनामा छ लाख भन्दा बढी अफगानी शरणार्थी स्वदेश फिर्ता

पाँच महिनामा छ लाख भन्दा बढी अफगानी शरणार्थी स्वदेश फिर्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In