• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

    अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

    घोडेपानीमा पर्यटकले पनि मनाए दशैं

    घोडेपानीमा पर्यटकले पनि मनाए दशैं

    स्पेसएक्स र टेस्ला गाभ्ने मस्कको प्रस्ताव

    स्पेसएक्स र टेस्ला गाभ्ने मस्कको प्रस्ताव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

खेलाडी उत्पादनको प्रमुख र प्रारम्भिक जग गाउँ र विद्यालय हुन् : राष्ट्रपति

metakhabar by metakhabar
२९ जेष्ठ २०८२,
0
खेलाडी उत्पादनको प्रमुख र प्रारम्भिक जग गाउँ र विद्यालय हुन् : राष्ट्रपति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ  राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र खेलकुदबीच निकट सम्बन्ध रहेको बताउनुभएको छ । दशरथ रङ्गशालामा आज पन्ध्रौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उहाँले शिक्षाको ज्ञान, चेतना र बौद्धिकता एवं खेलकुदको अनुशासन, अभ्यास र उत्साहको गुणले भोलिका कर्णाधार नेपाली युवालाई सक्षम, सबल र योग्य बनाएर राष्ट्र निर्माणको पहरेदारका रुपमा उभ्याउन योगदान दिने छ भन्नुभयो ।

राष्ट्रपति पौडेलले बालबालिकाको शारीरिक, मानसिक र चौतर्फी व्यक्तित्व विकासका लागि खेल जरुरी रहेको जनाउँदै यही कारणले राष्ट्रका लागि खेल स्वास्थ्यका लागि खेल भनिएको स्पष्ट पार्नुभयो । उहाँले खेलाडी उत्पादनको प्रमुख र प्रारम्भिक जग भनेकै गाउँ र विद्यालय भएको बताउँदै भन्नुभयो, “यहीँबाट छानिएका उत्कृष्ट र योग्य बालबालिकाले राष्ट्रिय खेलाडीका रुपमा उभ्याउँदै अन्तरराष्ट्रिय प्रतियोगितासम्म पुग्ने बाटो तय गर्छन् । त्यसैले स्थानीयस्तरमा पूर्वाधार, खेल सामग्री, दक्ष प्रशिक्षक र प्रतियोगताका अवसर बढाएर खेलप्रतिको आकर्षण बढाउनु पर्दछ ।”

राष्ट्रपति पौडेलले नेपालमा खेल पर्यटनको प्रशस्त सम्भावना रहेको जनाउँदै अनुपम भौगोलिक विशेषताअनुसारका साहसिक खेलप्रति विश्वजगत्को आकर्षणलाई मध्यनजर गरी यसबाटै देशको अर्थतन्त्रमा योगदान दिनेतर्फ राज्यले सोच्नुपर्ने भनाइ व्यक्त गर्नुभयो ।

उहाँले नेपालका परम्परागत खेललाई परिष्कृत, विकास र विस्तार गर्दै अन्तरराष्ट्रिय प्रतियोगितामा समावेश गराउन सकियो भने एकातर्फ देशको इज्जत र प्रतिष्ठा बढाउन सकिने र हाम्रा खेलाडीले थप कीर्तिमान पनि राख्नसक्ने बताउनुभयो ।

राष्ट्रपति पौडेलले मुलुकलाई विश्वसामु चिनाउने सजिलो माध्यम खेलकुद भएको जनाउँदै क्रिकेट, पारा ओलम्पिक, हकीलगायतका खेलमा अन्तरराष्ट्रियस्तरमा नेपालले पछिल्लो समयमा देखाएको उत्साहजनक सहभागिता र नतिजा मुलुकका लागि खुसीको विषय भएको बताउनुभयो ।

उहाँले प्रत्येक वर्ष खेलका प्रतिस्पर्धा र गतिविधि बढ्दै गए पनि पूर्वाधार, अभ्यास, प्रशिक्षक, सुविधा र अन्तरराष्ट्रिय तालिमको अभाव चुनौती बनेको भन्दै यसका लागि देशभित्रै बढीभन्दा बढी पूर्वाधार, प्रतियोगिता र प्रशिक्षण बढाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्र र खेलाडी उत्पादनमा सरकारले काम गर्दै आएको बताउनुभयो । यस प्रतियोगिताबाट खेलाडीको उत्पादन हुनुका साथै खेलाडीको प्रतिभासमेत प्रस्फुटन हुने बताउनुभयो ।

त्यसैगरी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले विभिन्न चुनौतीका बाबजुद पनि खेलाडी सहभागी भएकामा खुसी व्यक्त गर्नुभयो । आजदेखि सुरु भएको पन्ध्रौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता तीन दिनसम्म चल्नेछ । उक्त प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी, तेक्वान्दो, उसु र कराते गरी छ खेल समावेश गरिएको छ ।

Previous Post

टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा मास्के

Next Post

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

metakhabar

metakhabar

सम्बन्धित खबर

ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार
अन्तर्राष्ट्रिय

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

६ कार्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आवाज

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

६ कार्तिक २०८३,
मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न
जीवन शैली

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

६ कार्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा
अन्तर्राष्ट्रिय

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

६ कार्तिक २०८३,
घोडेपानीमा पर्यटकले पनि मनाए दशैं
आवाज

घोडेपानीमा पर्यटकले पनि मनाए दशैं

६ कार्तिक २०८३,
स्पेसएक्स र टेस्ला गाभ्ने मस्कको प्रस्ताव
अन्तर्राष्ट्रिय

स्पेसएक्स र टेस्ला गाभ्ने मस्कको प्रस्ताव

६ कार्तिक २०८३,
Load More
Next Post
लुम्बिनी प्रदेशका तराईमा हुरी चल्ने सम्भावना, पहाडी भेगमा वर्षाको पूर्वानुमान

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In