• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो

    निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जिपी भवनः काम थाल्न तीन करोड

metakhabar by metakhabar
२३ जेष्ठ २०८२,
0
जिपी भवनः काम थाल्न तीन करोड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बनियानी (झापा), २३ जेठः झापा सदरमुकाम भद्रपुर नगरपालिका–८ चन्द्रगढीस्थित अलपत्र अवस्थामा रहेको गिरिजाप्रसाद कोइराला स्मृति सभागृह (जिपी भवन) को निर्माण कार्य सुरु हुने भएको छ ।

करिब सात वर्षदेखि निर्माण कार्य रोकिएको जिपी भवनको निर्माण कार्य सुरु हुने भएको हो । भवन निर्माण कार्य अघि बढाउन शहरी विकास मन्त्रालयमार्फत रु तीन करोड बजेट विनियोजन भएको भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलले जानकारी दिनुभयो । “निर्माण कार्य अघि बढाउन शहरी विकास मन्त्रालयबाट बजेट प्राप्त भएको छ”, रासससँग नगरप्रमुख पोखरेलले भन्नुभयो, “भवन निर्माणमा रकम अभाव नहोस् भनेर बजेट आएको हो ।”

बजेट प्राप्त भएसँगै आगामी आर्थिक वर्षदेखि काम सुरु गरेर अधुरो भवनलाई पूरा गर्ने बाटो खुलेको उहाँले बताउनुभयो । खरिद ऐन १४औँ संशोधनसँगै जिपी भवन निर्माणमा देखिएको कानुनी बाधासमेत हटेको नगरप्रमुख पोखरेलले बताउनुभयो । “खरिद ऐन संशोधनसँगै सरकारले पुराना अधुरा रहेका कामहरु पूरा गर्न आह्वान गरिसकेको छ”, उहाँले भन्नुभयो, “तर, अहिलेसम्म जिपी भवनको ठेकेदार सम्पर्कमा आएको देखिँदैन ।”

जिपी भवनको निर्माण अवधिको म्याद थप नहुँदा ठेकेदारले काम नगरी सकेको अवस्था रहेको बताउँदै उहाँले भन्नुभयो, “संशोधित खरिद ऐनअनुसार अब प्रक्रिया अघि बढ्छ, काम नगर्ने ठेकेदारलाई कालोसूचीमा राखेर निर्णय गरेर माथिल्लो निकायमा पठाउनु भनेर स्थानीय तहलाई आदेश आइसकेको छ ।”

तत्कालीन झापा जिल्ला विकास समितिले सभागृह निर्माणका लागि रु १२ करोड ७२ लाख ६९ हजारमा ठेक्का लगाएको थियो । प्रेरा–शाह जेभी कम्पनीले विसं २०७२ असार ९ गते निर्माण सम्झौतामा हस्ताक्षर गरेको र त्यसको म्याद विसं २०७४ भदौ ३१ गते समाप्त भएको थियो । ठेकेदार कम्पनीले करिब रु ११ करोड भुक्तानी लगिसकेको नगरप्रमुख पोखरेलले बताउनुभयो ।

यसअघि गत चैतमा जिपी भवन निर्माणका लागि बजेट माग गर्दै नगरप्रमुख पोखरेललगायतको टोली ज्ञापनपत्र लिएर प्रधानमन्त्री निवास बालुवाटारमा पुगेको थियो । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भवन निर्माणमा रहेका समस्या हल गरेर निर्माण अवधि थप हुने वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

“प्रधानमन्त्रीका साथै शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई पनि भेटेर हामीले कुरा राखेका थियौँ”, उहाँले भन्नुभयो, “भवनका लागि राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले समेत पहल गर्नुभएको छ, उहाँहरुलाई म धन्यवाद दिन्छु ।”

विसं २०७२ असार २८ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका शीर्षस्थ नेताहरुले बहुउपयोगी सभागृहको संयुक्त रुपमा शिलान्यास गर्नुभएको थियो ।

यहाँस्थित मेची रङ्गशालाको पश्चिमी छेउमा रहेको जिल्ला समन्वय समितिको खाली जग्गामा निर्माण सुरु गरिएको सभागृहको लम्बाइ ५३ मिटर र चौडाइ ३४ मिटर रहेको छ । यसको पहिलो तलामा व्यापारिक प्रयोजनका २७ सटर र दोस्रो तलामा तीन बैङ्क अट्ने फ्ल्याट र तेस्रो तलामा एक हजार जना क्षमताको अत्याधुनिक सभाहल बनाउने योजना रहेको छ ।

Previous Post

हीरक महोत्सवले गरायो ‘अन्नपूर्ण प्रथम’को वास्तविक चिनारी

Next Post

के तपाईंलाई गर्भावस्थामा ग्यासको कारण बारम्बार पेट दुख्छ ?

metakhabar

metakhabar

सम्बन्धित खबर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

१० भदौ २०८३,
भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन
आवाज

भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

१० भदौ २०८३,
भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह
आवाज

भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

१० भदौ २०८३,
मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो
आर्थिक

निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

१० भदौ २०८३,
कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा
अन्तर्राष्ट्रिय

कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

१० भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

१० भदौ २०८३,
Load More
Next Post
के तपाईंलाई गर्भावस्थामा ग्यासको कारण बारम्बार पेट दुख्छ ?

के तपाईंलाई गर्भावस्थामा ग्यासको कारण बारम्बार पेट दुख्छ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In