• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, January 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

    राष्ट्रिय सुरक्षाका विषयमा साझा बुझाइ हुनुपर्छ : प्रधानसेनापति

    ‘निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस्’

    ‘निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस्’

    केन्द्रीय सुरक्षा समितिको बैठकःसुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन

    केन्द्रीय सुरक्षा समितिको बैठकःसुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन

    वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा एशोसियसनको आपत्ति

    अमेरिकाबाट ९० जना नेपाली डिपोर्ट

    प्रतिनिधिसभा निर्वाचनः झापामा १५ महिलासहित ९० उम्मेदवार मैदानमा

    प्रतिनिधिसभा निर्वाचनः झापामा १५ महिलासहित ९० उम्मेदवार मैदानमा

    सुनको भाउ नयाँ कीर्तिमानतर्फ, प्रतितोला २ लाख ६० हजार नाघ्यो

    सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ९५ हजार नाघ्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

महको बजारीकरणमा समस्या, २१ टन मौज्दातमा

metakhabar by metakhabar
२३ जेष्ठ २०८२,
0
मौरीपालेर वार्षिक आठ लाख बढी आम्दानी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, २३ जेठः नेपाल मौरीपालक महासङ्घका अनुसार यतिबेला नेपाली किसानले उत्पादन गरेको २१ टन मह बिक्री हुन बाँकी छ । गत वर्ष यही समयमा ६९ टन मह बिक्री नभएका अवस्थामा थियो । तत्कालीन समयमा मौरीपालक कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीकै घरमा गएर गुनासो गरेपछि केही हदसम्म समस्या समाधान भएको थियो ।

तत्कालीन समयमा किसानको दबाबका कारण डाबर नेपालले केही परिमाणमा मह खरिद गरेको थियो । किसान भने महको बजारीकरणमा समस्या हुँदा ठूलोमात्रामा मौज्दात रहने अवस्था आएको बताउँदै आएका छन् ।

मौरी विज्ञका अनुसार महको माग नभएर यसरी मह घरमा बसेको होइन, नेपाली महप्रति उभोक्तामा अझै पूर्ण विश्वास नहुँदा समस्या भएको हो । त्यसमाथि नेपाली मह जम्छ र जमेको मह नक्कली हुन्छ भन्ने सोचले पनि बजारीकरणमा समस्या भएको मौरीपालक महासङ्घका अध्यक्ष सुवासचन्द्र घिमिरेको बुझाइ छ । उहाँले महबारे जानकारी दिने, यसको उपयोगिताबारे छलफल तथा अन्तरक्रियाका साथै बजारीकरणका लागि काठमाडौँमा मह मेला आयोजना गरिएको बताउनुभयो ।

मौरी विज्ञ जगदीशभक्त श्रेष्ठका अनुसार मौरीले बिरुवा तथा फूलको रस ल्याएर मह बनाएको हुन्छ । जस्तै तोरीबाट मौरीले ल्याएर बनाएको मह चाँडै जम्छ । त्यसबाहेक मह १३÷१४ डिग्रीभन्दा कम तापक्रममा पनि जम्छ । यसरी मह जम्ने प्रक्रियालाई प्राकृतिक मानिन्छ ।

“मह तताउँदा महको केही गुण नष्ट हुन्छ”, श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार महको सेवन औषधी मात्रै होइन यो पौष्टिक तत्वका लागि पनि लाभदायक हुन्छ । महको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि मद्दत गर्छ ।

नेपाल मौरीपालक महासङ्घका निवर्तमान अध्यक्ष शिवप्रसाद शर्मा पौडेल महको सेवन धेरै कारणले लाभदायक भए पनि बजारीकरणको समस्या भएको बताउनुहुन्छ । मह बिक्री नभएपछि विगतका वर्षमा मौरीपालकहरु पलायन हुने अवस्थामा समेत पुगेको उहाँको भनाइ छ । तत्कालीन समयमा सरकारलाई दबाब दिँएपछि बजारीकरणको समस्या केही हदसम्म समाधान भएको थियो ।

“हामी त नेपाली किसानले उत्पादन गरेको मह नै खरिदका लागि सुझाव दिन्छौँ, मह जम्नु प्राकृतिक भएकाले नजम्ने मह नक्कली हुनसक्छ”, उहाँले भन्नुभयो ।

मह मेलामा भेटिनुभएका चितवनन कालिका नगरपालिका शक्तिखोरका वि एण्ड वि मौरी फर्मका सञ्चालक विकास नेपाल यसप्रकारका मेलाले महको बजारीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल मौरीपालक महासङ्घका पूर्वअध्यक्ष राजेन्द्र गौतम नेपालमा जति मह खपत हुनुपर्ने हो त्यो जति उत्पादन हुन नसकेको बताउनुहुन्छ । उहाँ उत्पादित महले बजार नपाउँदा किसान समस्यामा परेको गुनासो गर्नुहुन्छ ।

“नेपाली मह गुणस्तरका हिसाबले राम्रो छ तर यहाँका उपभोक्तालाई बुझाउन सकेका छैनौँ, मह नक्कली हो भन्ने भ्रमले पनि बजारीकरणमा समस्या छ”, उहाँले भन्नुभयो । उहाँ उत्पादित महको बजारीकरणमा सरकारले पनि सहयोग गर्नुपर्ने बताउनुहुन्छ । नेपाली महको अन्तरराष्ट्रिय बजार राम्रो भए पनि निकै कम परिमाणमा निर्यात भएको उहाँको भनाइ छ ।
मौरी विकास केन्द्र भण्डाराका प्रमुख सुजन अम्गाईँका अनुसार वर्ष वर्ष रु पाँच करोडभन्दा बढीको नेपाली मह निर्यात भएको थियो । यसले नेपालमा उत्पादित मह अन्तराष्ट्रिय बजारमा पनि पठाउन सकिन्छ भन्ने सम्भावना देखिएको उहाँको बुझाइ छ । विभिन्न देशले तय गरेको मापदण्डअनुसार उत्पादन गर्न सकियो भने मह निर्यात बढाउन सकिने उहाँले उल्लेख गर्नुभयो ।

मौरीपालक किसानका अनुसार महको बजारीकरणमा मात्रै नभइ चरनमा पनि समस्या छ । विषादीका कारण मौरी संरक्षण तथा मौरी चरनका लागि शुल्क तिर्नुपर्नेलगायतका समस्या समाधान गर्न जरुरी रहेको किसान बताउँछन् ।

किसान आफैँ मह उत्पादन गरेर बजार जान सक्दैनन् । सरकारबाट खाद्य अनुज्ञापत्र लिनुपर्छ । हरेक किसानले प्रोसेसिङ युनिट राख्न सक्दैन । त्यसैले पनि नेपाली मह बिक्री नभएको जानकार बताउँछन् ।

नेपाल मौरीपालन केन्द्रीय सहकारी सङ्घका अध्यक्ष जानुका थापा यी यावत समस्या बुझाउँदै र महको बजारीकरणका सन्दर्भमा मौरी पालन गर्ने किसानलाई सङ्गठित गरी महको बजारीकरणमा काम गर्नुपर्ने बताउनुहुन्छ ।

भृकुटीमण्डपमा जारी मह मेलामा ४० वटा कक्षमा मह, घार, पोलन, प्रपोलिस, टोपी, ब्रसलगायत सामग्री राखिएको छ । मेलामा सातै प्रदेशका किसानको सहभागिता छ । त्यस अवसरमा महसम्बन्धी छलफलसमेत आयोजना गरिएको छ ।

मह मेलाका संयोजक सुवासचन्द्र घिमिरेका अनुसार मेलामा मौरीपालनका क्षेत्रमा प्रयोग हुने प्रविधि, मौरीका विभिन्न प्रजातिका बारेमा र महसम्बन्धी जानकारी दिइनेछ । उहाँका अनुसारका मौरीको प्रजातिअनुसार महको गुण, स्वाद र रङ फरक हुन्छ ।

महासङ्घ आबद्ध किसानले यस वर्ष मात्रै २२६ टन मह उत्पादन गरेका छन् । नेपालमा सेरेना मौरीको गोला १२ हजार १३८ वटा छ भने मेलिफेराको छ हजार ५०० गोला छ । सेरेना पाल्ने किसान ७११ जना र मेलिफेरा मौरी पाल्ने किसान २७० जना महासङ्घमा आबद्ध छन् ।

Previous Post

तरुण दलको नेतृत्वमा असन्तुष्टि, सानेपामा नाराबाजी र र्‍याली

Next Post

साउदी अरबमा हज समाप्त हुँदै जाँदा मुस्लिम तीर्थयात्रीहरूले ‘शैतानलाई ढुङ्गा’ हाने

metakhabar

metakhabar

सम्बन्धित खबर

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना
आवाज

राष्ट्रिय सुरक्षाका विषयमा साझा बुझाइ हुनुपर्छ : प्रधानसेनापति

७ माघ २०८२,
‘निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस्’
आवाज

‘निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस्’

७ माघ २०८२,
केन्द्रीय सुरक्षा समितिको बैठकःसुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन
फिचर-ब्यानर

केन्द्रीय सुरक्षा समितिको बैठकःसुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन

७ माघ २०८२,
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा एशोसियसनको आपत्ति
अन्तर्राष्ट्रिय

अमेरिकाबाट ९० जना नेपाली डिपोर्ट

७ माघ २०८२,
प्रतिनिधिसभा निर्वाचनः झापामा १५ महिलासहित ९० उम्मेदवार मैदानमा
समाचार

प्रतिनिधिसभा निर्वाचनः झापामा १५ महिलासहित ९० उम्मेदवार मैदानमा

७ माघ २०८२,
सुनको भाउ नयाँ कीर्तिमानतर्फ, प्रतितोला २ लाख ६० हजार नाघ्यो
आर्थिक

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ९५ हजार नाघ्यो

७ माघ २०८२,
Load More
Next Post
साउदी अरबमा हज समाप्त हुँदै जाँदा मुस्लिम तीर्थयात्रीहरूले ‘शैतानलाई ढुङ्गा’ हाने

साउदी अरबमा हज समाप्त हुँदै जाँदा मुस्लिम तीर्थयात्रीहरूले ‘शैतानलाई ढुङ्गा’ हाने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In