• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शनिबार, ७ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    मौरिस हर्जोगले यसरी चिनाए अन्नपूर्ण हिमाललाई

    सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

    बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

    बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

    नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

    अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता

    पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

    ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

हिरासतमा रहेका दुर्गा प्रसाईंको फेसबुक लगातार अपडेट, दिइरन्छन् व्यवस्था ढाल्ने धम्की

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
१९ जेठ २०८२,
0
हिरासतमा रहेका दुर्गा प्रसाईंको फेसबुक लगातार अपडेट, दिइरन्छन् व्यवस्था ढाल्ने धम्की
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

काठमाडौं । दुर्गा प्रसाईं यतिखेर प्रहरी हिरासतमा छन् । गत वर्ष १५ चैतमा तिनकुनेमा भएको हिंसात्मक घटनाको आरोपमा उनी प्रहरी हिरासतमा छन् । प्रसाईं हिरासतमा भए पनि उनको फेसबुक भने निरन्तर अपडेट भइरहेको हुन्छ । ‘दुर्गा प्रसाईं’ र ‘दुर्गा प्रसाईं महाअभियान संस्थापक सचिवालय’ नामका पेजबाट प्रसाईंका भनाइहरू पोस्ट भइरहेका छन् । प्रसाईं ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ नामको संगठन चलाउँछन् । उनी २०७९ देखि यही नाममा कहिले लघुवित्तको ऋण नतिर्न उर्दी जारी गर्छन् त कहिले राजा फर्काउने आन्दोलन ।

‘दुर्गा प्रसाईं महाअभियान संस्थापक सचिवालय’ नामको पेजमा ‘प्रसाईंमाथि राज्यले प्रतिसोध साँधेको, प्रसाईंलाई रिहा गर्नुपर्ने’ माग राखिएका विषयहरू पोस्ट भइरहेका छन् । (१८ जेठ)को बिहान पौने ९ बजे पनि अन्यायका पक्षमा आवाज उठाउन र लड्न प्रसाईंले गरेको आह्वान पोस्ट गरिएको छ । यी पेजमा प्रसाईंका भर्ना स्वकीय सचिवको सहयोगमा पोस्ट गर्ने गरिएको बताइन्छ ।  १४ जेठमा प्रसाईंको पेजमा ‘म चाँडै फर्किन्छु’ भन्दै लामो पोस्ट गरिएको छ । ‘नेपालमा शान्ति होस् भनेर म राजा र धर्म खोजिरहेको छु,’ भन्दै प्रसाईंले आफू चाँडैं रिहा हुन लागेको दाबी गरेका छन् ।

१३ वैशाखमा प्रसाईंको फेसबुक पेजमा प्रसाईंको नामबाट एउटा विज्ञप्ति पोस्ट भएको छ । नयाँ वर्षको शुभकामना दिदैं प्रसाईंले आफूले हिम्मत नहारेको दावी विज्ञप्तिमा गरेका छन् । उनले लेखेका छन, ‘मक्किई सकेको यो कथित लोकतन्त्र/गणतन्त्रको ठुटोरूपी ढल्नै लागेको व्यवस्थालाई एक धक्का अझै दिउँ भन्ने आह्वानका साथ अघि बढ्न म आग्रह गर्दछु ।’ यही विज्ञप्तिमा उनले आफू प्रहरी हिरासतमा कठिन परिस्थतिबाट गुज्रिरहेको पनि दावी गरेका छन् ।

१३ जेठमा उनले प्रधानमन्त्रीप्रति र गणतन्त्रप्रति कटाक्ष गर्दै स्टाटस लेखेकाछन् । उनले लेखेकाछन, ‘गणे–तन्त्रवादी उखानेको रेलमा राष्ट्रवादीहरू जेलमा ! वाह रे तेरो …..तन्त्र !’

हिरासतमा रहेर पनि फेसबुक पेजबाट प्रसाईंले सक्रियता देखाएको यो पहिलोपटक होइन । प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा लगानी रहेको दाबी गर्दै फेसबुकमा नक्कली कागजात सार्वजनिक गरेपछि गत वर्ष ४ मंसिरमा दुर्गा प्रसाईं पक्राउ परे ।

पक्राउ परेको पाँच दिनपछि ९ मंसिरमा प्रसाईंले आफू जुन अभियोगमा पक्राउ परेका थिए त्यही अभियोगबारे लेखे । फेसबुकमा प्रसाईंले केपी ओलीको कम्बोडियामा लगानी देखाउने कथित कागजात सही भएको दाबी गर्दै पोस्ट गरे । त्यतिखेर उनले आफूमाथि अनुसन्धान गरिरहेका तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापा र प्रहरी उपरीक्षक होबिन्द्र बोगटीविरुद्ध राज्यद्रोहको मुद्दा लिएर अदालत जाने धम्की दिएका थिए । उनले आफूलाई ‘नक्कली मुद्दामा फसाइएको’ दावी गर्दै फेसबुकमा पोस्ट गरेका थिए ।

प्रसाईं हिरासतभित्र रहँदा उनको फेसबुक पेजमा स्वकीय सचिवको नाममा प्रसाईंको भनाइ पोस्ट भइरहेको देखिन्छ ।

फेसबुकको विवरणअनुसार, ‘दुर्गा प्रसाईं महाअभियान संस्थापक सचिवालय’ नामको फेसबुक पेज १५ भदौ २०८० मा खोलिएको हो । उनको फेसबुक पेज नेपालबाट एक जनाले मात्र चलाउँछन् । त्यसैगरी दुर्गा प्रसाईं नामको फेसबुक आईडी १५ भदौं २०८० मा बनाइएको देखिन्छ र यो फेसबुक पनि नेपालबाट एकजनाले चलाउने गरेको फेसबुकको विवरणमा देखिन्छ ।

सामान्यतः अभियुक्तले घटनाको प्रमाण लुकाउन र मेटाउन नसकोस्, अभियुक्त भाग्न नपाओस् र थप असुरक्षा नहोस् भनेर हिरासतमा राख्ने गरिन्छ । नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिपकराज अवस्थीका अनुसार हिरासतमा रहेका व्यक्तिले फेसबुक त परै जाओस् मोबाइलसमेत चलाउन पाउँदैन् । तर, प्रसाईं भने हिरासतभित्रैबाट फेसबुकमार्फत आफूमाथि लागेका अभियोग नकार्दै राजनीतिक वयानबाजी गरिरहन्छन् ।

प्रसाईंमाथि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरिक्षक अपिलराज बोहोराका अनुसार अदालतको आदेशबाट थुनामुक्त भएका प्रसाईंका सहयोगीले प्रसाईंको फेसबुक चलाएका हुन सक्छन् । उनले भने, ‘केही दिनअगाडि प्रसाईंका केही समर्थक, बडिगार्ड छुटेका थिए, तिनले चलाए होलान् ।’

१३ जेठमा दुर्गा प्रसाईंका बडीगार्ड दीपक खड्का र रामकुमार धिमाल अदालको आदेशमा रिहा भएका थिए । उनीहरूविरुद्ध मुद्धा चलाउन पर्याप्त प्रमाण नभएको भन्दै काठमाडौं जिल्ला अदालतले रिहा गरेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरिक्षक अपिलराज बोहोराका अनुसार रिहा भएका खड्का र धिमालले नै प्रसाईंको नामको फेसबुकबाट अपडेट गराएका हुन सक्छन् ।

तर, खड्का र धिमाल हिरासतमा हुँदा पनि प्रसाईंको फेसबुकमा पोस्ट भइरहन्थ्यो । प्रसाईंको नाममा उनका स्वकीय सचिवले पोस्ट गर्ने गर्छन् । तर, प्रसाईंको फेसबुकमा स्वकीय सचिवको नाम कहिले माधव कल्पित, कहिले विनन्जय थापा लेखिएको हुन्छ ।

अनुसन्धान प्रभावित पार्ने र अनुसन्धानमा रहेको विषयमाथि समाजमा धारणा बनाउने गरी हिरासतमा रहेको व्यक्तिको सामाजिक सञ्जालमा केही पोस्ट भएमा यही विषयमाथि कारबाही गरिनुपर्ने बताउँछन साइवर कानुनका विज्ञ तथा वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेल ।

उनी भन्छन्, ‘हिरासतमा रहेको व्यक्तिले हिरासतबाटै वा बाहिरबाट कसैले उसको सामाजिक सञ्जालमा अनुसन्धान भइरहेको विषयमा केही पोस्ट भएको पाइएमा त्यसैअनुसार थप कारबाही गर्नुपर्छ ।’ व्यक्ति हिरासतमा भए पनि उसको सामाजिक सञ्जालमा अनुसन्धान भइरहेको विषयमा लगातार पोस्ट हुने चलन बढेको हुँदा अब प्रहरीले अभियुक्तको सामाजिक सञ्जाल पनि नियन्त्रणमा लिनुपर्ने खरेलको धारणा छ ।

अघिल्लो समाचार

बजेट सकारात्मक : निकासी पैठारी सङ्घ

अर्को समाचार

हुम्लामा दुई वटा सबस्टेसन निर्माण हुँदै

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

मौरिस हर्जोगले यसरी चिनाए अन्नपूर्ण हिमाललाई
आवाज

सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

७ कात्तिक २०८३,
बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने
जीवन शैली

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

७ कात्तिक २०८३,
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन
अन्तर्राष्ट्रिय

अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

७ कात्तिक २०८३,
पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता
आर्थिक

पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

७ कात्तिक २०८३,
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
आवाज

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

६ कात्तिक २०८३,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर
आर्थिक

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

६ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
हुम्लामा दुई वटा सबस्टेसन निर्माण हुँदै

हुम्लामा दुई वटा सबस्टेसन निर्माण हुँदै

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

मौरिस हर्जोगले यसरी चिनाए अन्नपूर्ण हिमाललाई

सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

७ कात्तिक २०८३,
बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

७ कात्तिक २०८३,
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

७ कात्तिक २०८३,
पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता

पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

७ कात्तिक २०८३,
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

६ कात्तिक २०८३,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

६ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    0 shares
    Share 0 Tweet 0
  • सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

    0 shares
    Share 0 Tweet 0
  • पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन