• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘धिमे बाजा’को संरक्षणमा जुट्दै भोजपुरका नेवार समुदाय

metakhabar by metakhabar
१८ जेष्ठ २०८२,
0
‘धिमे बाजा’को संरक्षणमा जुट्दै भोजपुरका नेवार समुदाय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

टक्सार (भोजपुर), १८ जेठः भोजपुरको नेवार समुदाय आफ्नो भाषा र संस्कृतिको जगेर्नामा जुटेको छ । लोप हुन लागेको धिमे बाजाको परम्परालाई संरक्षण गर्न जिल्लामा एकमहिने धिमे बाजा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ ।

नेवार समुदायमा प्रचलित धिमे बाजालाई जोगाइराख्न नेवाः मिसा दबुको आयोजनामा एकमहिने तालिमको आयोजना गरिएको संस्थाकी अध्यक्ष अवनी शाक्यले बताउनुभयो । नयाँ पुस्तामा धिमे बाजाका बारेमा जानकारी गराउँदै यसतर्फ प्रोत्साहन गर्न यो तालिमको आयोजना गरिएको उहाँको भनाइ छ ।

धिमे बाजा नेवार समुदायमा हरेक शुभकार्यमा बजाइने चलन रहँदै आएको छ । प्रशिक्षक प्रेम शाक्यले सबै मिलेर आफ्ना बाजा, वेशभूषा, संस्कार र संस्कृति जीवन्त राख्न आवश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नो संस्कार र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तालाई पनि सीप र कला हस्तान्तरण गर्न यस्ता प्रशिक्षण जिल्ला तहमा महत्त्वपूर्ण हुनेछन् ।”

युवा पुस्ताले चासो नदिए संस्कृति नै हराउने जोखिम बढेको छ । विगतदेखिका कला, संस्कृति र परम्परा जोगाउन आफूले युवाहरूलाई प्रोत्साहन गर्दै आएको अध्यक्ष शाक्यले बताउनुभयो । पन्ध्र जनाको सहभागितामा आयोजित प्रशिक्षणले धिमे बाजाको ज्ञानसहित आफूहरूलाई सो बजाउने चरणबद्ध तरिकासमेत आएको प्रशिक्षणका सहभागी निलेस प्रधानले बताउनुभयो । “मलाई धिमे बाजाका बारेमा ज्ञान थिएन, एक महिनाको तालिम लिएपछि अब बजाउन पनि आउँछ”, उहाँले भन्नुभयो ।

धिमे बाजा नेवार समुदायमा नयाँ वर्ष, विजयादशमी, दीपावली, गाईजात्रालगायत पर्वमा बजाउने गरिन्छ । नयाँ पुस्तामा सांस्कृतिक ज्ञान र सीप हस्तान्तरण नहुँदा संस्कृति लोप हुने अवस्थामा पुग्ने भएकाले यसलाई जोगाउन जरुरी रहेको नेवार समुदायका अगुवाहरूको भनाइ छ । पुराना संस्कार र संस्कृतिको जगेर्नामा नगरपालिकाले पनि सहयोग गर्दै आएको भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले बताउनुभयो ।

नेपाली संस्कार र संस्कृति अमूल्य सम्पत्ति भएकाले सबै भाषा, धर्म र संस्कृतिको संवर्द्धन जरुरी रहेको नगरप्रमुख आलेको धारणा छ । प्रशिक्षणका क्रममा आर्जन गरेका सीप व्यवहारमा उतार्न जरुरी रहेको उल्लेख गर्दै नगरप्रमुख आलेले धिमे बाजा केवल बाजामात्र नभएर मौलिक संस्कृति र पहिचान भएको बताउनुभयो । नेवाः मिसा दबु भोजपुरको आयोजना तथा भोजपुर नगरपालिकाको सहयोगमा सञ्चालित एकमहिने धिमे बाजा प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

Previous Post

आजको लागि विदेशी मुद्राको विनिमयदर

Next Post

डिजेल र पेट्रोलको मूल्य बढ्यो

metakhabar

metakhabar

सम्बन्धित खबर

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
आवाज

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

७ असार २०८३,
रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने
जीवन शैली

रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

७ असार २०८३,
हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले
आर्थिक

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

७ असार २०८३,
‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
आर्थिक

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
Load More
Next Post
पेट्रोलियम पदार्थको मूल्यो घट्यो

डिजेल र पेट्रोलको मूल्य बढ्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In