• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पोखराको लेकसाइडमा खानेपानी समस्या

    पोखराको लेकसाइडमा खानेपानी समस्या

    बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो

    सीईओको तलब–सुविधामा राष्ट्र बैंकको कडाइ, नयाँ सीमा निर्धारण

    विद्युतीय सवारी जाँचपास प्रकरणमा रसुवा भन्सारका १३ कर्मचारी निलम्बित

    विद्युतीय सवारी जाँचपास प्रकरणमा रसुवा भन्सारका १३ कर्मचारी निलम्बित

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

    रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

    गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि

    ‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सेवा निवृत्त शिक्षकद्वारा हाते कागज उद्योग सञ्चालन

metakhabar by metakhabar
१४ जेष्ठ २०८२,
0
सेवा निवृत्त शिक्षकद्वारा हाते कागज उद्योग सञ्चालन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी (बेनी), १४ जेठ : म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङका सेवा निवृत्त शिक्षक मोतिराज गौतमले हाते कागज उद्योग सञ्चालनमा ल्याउनुभएको छ । एकचालिस ४१ वर्ष लामो शिक्षण पेसाबाट अवकाश लिएपछि गौतमले मालिका गाउँपालिका–५ थापा चौरमा जग्गा भाडामा लिएर ‘मालिकाका गज उद्योग’ सञ्चालनमा ल्याउनुभएको हो ।

एक दशकअघि सामूहिक रुपमा सुरु भएको कागज उद्योग घाटामा गएपछि बन्द भएको थियो । ६ वर्षदेखि उद्योगको सबै स्वामित्व लिएर मालिका गाउँपालिका–३ अधिभारामा हाते कागज उत्पादनलाई निरन्तरता दिनुभएका गौतमले शिक्षण पेसाबाट सेवा निवृत्त भएपछि अहिले नयाँ व्यवस्थापन र उत्पादन क्षमता बढाएर उद्योगलाई नयाँ स्वरुपमा सञ्चालनमा ल्याएको बताउनुभयो ।

‘‘थापाचौरमा पाँच रोपनी जग्गा भाडामा लिएर गोदाम घर, प्रशोधन केन्द्र र कागज सुकाउनका लागि टनेल घर बनाएको छु, फ्रेममा राखेको कागज सुकाउनका लागि टनेल घर बनाएपछि पानी परेको समयमा कागज उत्पादन गर्न सकिने सुविधा भएको छ, पूर्वाधार विस्तारले उद्योगबाट कागज उत्पादन गर्ने क्षमता बढेको छ’’, गौतमले भन्नुभयो ।

जङ्गलमा पाइने बरुवाको लोक्तालाई प्रशोधन गरेर हाते कागज बनाउने गरिन्छ । उद्योगमा मालिका गाउँपालिका–२ रुम र ३ डाँडागाउँका चार  सामुदायिक वनबाट उपभोक्ताहरुले बरुवाको लोक्ता सङ्कलन गरी बिक्री गर्दै आएका छन् । सङ्कलन कर्ताबाट उद्योगले रु प्रतिकिलो ८० देखि रु एक सय सम्ममा लोक्ता खरिद गर्दै आएको छ । उद्योगले कागजको प्रयोजनअनुसार धुप बनाउनका लागि ७ ग्राम, कार्यालय प्रयोजनका लागि २० ग्राम र चिना लेख्ने नेपलाी कागज ४० ग्रामको गुणस्तरमा उत्पादन गर्दै आएको छ ।

उद्योगमा उत्पादन भएको हाते कागज म्याग्दीका साथै, बागलुङ, कास्की र काठमाडाँैसम्म खपत हुने गरेको छ । उद्योगमा बाटेको धुप बनाउने, कार्यालय प्रयोजनका लागि फोटोकपी पेपर, चिना, तमसुक र निवेदन लेख्ने प्रयोजनका लागि हाते कागजको माग आउने गरेको सञ्चालन गौतमले जानकारी दिनुभयो । उद्योगमालोक्तालाई प्रशोधनकालागिविद्युतियबोयल, बिटर र कटिङ मेसिन जडान गरिएको छ । ‘‘लोक्ताबाट कागजबनाउने परम्परागत र रैथाने सिपहो, जंगलमा खेर गएको लोक्ताको उपयोग गरी स्थानीय स्तरमाआयआर्जन र रोजगारि बढाउनु मेरो प्रमुखउदेश्य हो, कागजकिन्नकै लागिबाहिरीने पैसालाई स्थानीय स्तरमै रोक्न सकिन्छ कि भन्ने लागेर यतालागेको छु’’– उहाँले भन्नुभयो ।

विसं २०७६ देखि एकल रुपमा हाते कागज उद्योग सञ्चालन गर्दै आउनुभएका गौतमको उद्योगमा अहिले दैनिक पाँच जनाले रोजगारी पाएका छन् । गौतम दम्पत्ति उद्योग स्थापना गरेर स्वरोजगार बन्नुभएको छ । एकै पटक छ सय फ्रेममा कागज उत्पादन गर्ने क्षमता रहेको यस उद्योगमा रङ्गीन नेपाली कागज  उत्पादन गर्न थालिएको छ ।

मेसिन, औजार उपकरण र सामग्री खरिद तथा व्यवस्थापनमा रु २५ लाख लगानी भएको उद्योगका सञ्चालन गौतमले जानकारी दिनुभयो । उद्योगबाट वार्षिक १५ लाख बढीको कागज बिक्री हुने गरेको छ । गौतम परिवारले दरबाङ बजारमा मालिका हेन्डिग्राफ स्टोर्स सञ्चालन गरेर उद्योगबाट तयार हुने हाते कागजबाट नोटबुक, रजिष्टर, फाइल, खामलगायत सामग्री उत्पादन गरेर बिक्री गर्दै आएका छन् ।

मालिका कागज उद्योगको स्तरीकरणमा गाउँपालिका र गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयले सघाएका छन् । यस वर्ष मन्त्रालयले हाते कागजलाई अन्तिम रुप दिने क्यालेण्डिङ मेसिन खरिदमा रु एक लाख ५० हजार अनुदान उपलब्ध गराएको छ । मालिका गाउँपालिकाले हाते कागज उद्योगमा कागज सुकाउनका लागि टनेल घर निर्माण, ट्रसको छानो निर्माण र पानी व्यवस्थापनमा रु दुई लाख ५० हजार सहयोग गरेको गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले जानकारी दिनुभयो ।

गाउँपालिकाले स्थानीय स्तरमा उद्यमशिलताको विकासमा गाउँपालिकाले सीप, प्रविधि र पूर्वाधार निर्माणमा सघाउने गरेको बताउनुभयो । यस उद्योगले जिल्लामा रहेका स्थानीय तह र सरकारी कार्यालयले प्रयोग गर्ने नेपाली कागज जिल्लामै उत्पादन भएको कागजलाई उपयोग गर्ने नीति ल्याएमा उद्योगको क्षमता विस्तार गर्ने र धेरैलाई रोजगारी सिर्जना गर्न सकिने जनाएको छ ।

म्याग्दीको मालिका गाउँपालिकाका साथै, धवलागिरी, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाको दुई हजार चार सय मिटरदेखि तीन हजार दुई सय मिटर चाईसम्मको जङ्गलमा प्रशस्त मात्रामा बिरुवा पाइने गर्छ । एक पटक बिरुवाको लोक्ता निकालेपछि पुनः पाँच वर्षपछि सोही बिरुवाबाट लोक्ता निकाल्न सकिन्छ । म्याग्दीमा यसअघि हाते कागज उद्योग सञ्चालनमा आउने र बन्द हुने क्रम जारी छ । वन पैदावारमा आधारित उद्योग भएकाले कच्चापदार्थ सङ्कलन, उद्योग सञ्चालनदेखि उत्पादन भएका सामग्रीको निर्यातमा झण्झटीलो कानुनी प्रक्रियाको कारण हाते कागज उद्योगको स्थायित्व र दिगोपनामा चुनौती देखिएका छन् ।

Previous Post

व्यावसायिक पशुपालनलाई प्रोत्साहन गरी दैनिक दुई लाख दूध उत्पादन गर्ने सूर्योदयको योजना

Next Post

‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन’

metakhabar

metakhabar

सम्बन्धित खबर

पोखराको लेकसाइडमा खानेपानी समस्या
फिचर-ब्यानर

पोखराको लेकसाइडमा खानेपानी समस्या

६ असार २०८३,
बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो
फिचर-ब्यानर

सीईओको तलब–सुविधामा राष्ट्र बैंकको कडाइ, नयाँ सीमा निर्धारण

६ असार २०८३,
विद्युतीय सवारी जाँचपास प्रकरणमा रसुवा भन्सारका १३ कर्मचारी निलम्बित
फिचर-ब्यानर

विद्युतीय सवारी जाँचपास प्रकरणमा रसुवा भन्सारका १३ कर्मचारी निलम्बित

६ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

६ असार २०८३,
रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने
फिचर-ब्यानर

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

६ असार २०८३,
गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि
समाचार

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा

६ असार २०८३,
Load More
Next Post
‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन’

‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In