• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

    नवरात्रको सातौँ दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लामो लाम

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

    सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग

    दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

    जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र

    बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘आयात हैन, निर्यात प्रवर्द्धन गर्नेगरी ऐन बनाऔँ’

metakhabar by metakhabar
१२ जेष्ठ २०८२,
0
‘आयात हैन, निर्यात प्रवर्द्धन गर्नेगरी ऐन बनाऔँ’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, १२ जेठ : सांसदहरूले वस्तु तथा सेवाको निर्यात प्रवर्द्धन गर्ने गरी ऐन बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको आजको बैठकमा सदस्यहरूले निकासी पैठारी (निमयन) विधेयक, २०८१ ले निकासीलाई भन्दा पैठारीलाई बढी सहज बनाउने भन्दै केही दफाहरूमाथि टिप्पणी गर्नुभयो । उहाँहरूले दफा (६)को निकासी वा पैठारीसम्बन्धी अन्य व्यवस्थाबारे जिज्ञासा राख्नुभएको थियो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयसँगको छलफलमा कृष्णकुमार श्रेष्ठ, हेमराज राई, रमा कोइराला पौड्याल र कान्तिका सेजुवाललगायत समिति सदस्यहरूले विधेयकमा निकासी वा पैठारीका क्रममा रहेका वस्तु बिक्री गर्न सक्ने व्यवस्थाबारे मन्त्रालयसँग जिज्ञासा राख्नुभयो ।

सांसद महेन्द्रबहादुर शाहीले भन्सारमा चुहावट नियन्त्रणका लागि पनि निकासी र पैठारीको तादम्यता मिल्नुपर्ने सुझाव प्रस्तुत गर्नुभयो । “अहिलेसम्म पनि हामीले आयातलाई बढी मान्यता दिने र त्यसैको ‘सहयोग’मा हाम्रा कानुनहरू बनेका छन्,” उहाँले भन्नुभयो, “यस्ता गतिविधि हुन नदिन अब घरेलु उत्पादनले प्रवर्द्धन गर्ने किसिमले यो ऐन आउनुपर्छ ।”

बैठकमा समिति सदस्य कान्तिका सेजुवालले कानुन निर्माणलाई सरलीकृत गर्नुपर्ने राय व्यक्त गर्नुभयो । समिति सदस्यहरूले विधेयकको व्यवस्था भन्सार ऐनसँग बाझिनेप्रति सचेत हुनुपर्ने सुझाव राख्नुभयो ।

मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले समयानुकूल संशोधन र एकीकरण गर्न आवश्यकदेखि नयाँ विधेयक तयार गरिएको बताउनुभयो । विधेयकले वैदेशिक व्यापारमा आएका नयाँ अवधारणासँगै निकासी पैठारी व्यवस्थालाई थप व्यवस्थित, पारदर्शी बनाई निकासी पैठारी हुने वस्तु वा सेवाको नियमन कार्यलाई प्रभावकारी बनाई निकासी पैठारीसम्बन्धी कार्यलाई थप सहजीकरण गर्ने उहाँको भनाइ थियो ।

विधेयकमा कुनै वस्तुको निकासी वा पैठारी गर्नुअघि विभागबाट सङ्केत नम्बर लिनुपर्ने, निकासीमा प्रोत्साहन, निर्यात गृह स्थापना, निकासी प्रवर्द्धन कोष, सम्पर्क कार्यालय स्थापना र अन्तरराष्ट्रिय व्यापारमा सहजीकरण तथा पारदर्शिता इकाइ गठनको व्यवस्था समावेश गरिएको छ । मेला वा प्रदर्शनीका लागि निकासी वा पैठारी गर्न सकिने र निकासी वा पैठारीका क्रममा रहेको वस्तु बिक्री गर्न सक्ने र एन्ट्रापोट व्यापारसम्बन्धी व्यवस्था छ ।

यसैगरी, यस विधेयकको दफा–६ मा कसैले विदेशी व्यक्तिबाट कच्चापदार्थ वा सहायक कच्चापदार्थ प्राप्त गरी कुनै वस्तुको आंशिक वा पूर्ण रूपमा निर्माण, उत्पादन, प्रशोधन वा डिजाइनमा परिवर्तन गरी तयार भएको वस्तु तोकिए बमोजिमको प्रक्रिया पूरा गरी निकासी गर्न सक्ने व्यवस्था गरेको छ । दफा ६ को उपदफा (४) मा व्यापारिक प्रयोजनका लागिबाहेक नेपालको भूभाग हुँदै अर्को मुलुकमा निकासी गर्नेगरी कुनै वस्तु पैठारी गर्नु पर्दा पैठारीकर्ताले विभागबाट तोकिएबमोजिम पारवहन (ट्रान्जिट) सुविधाको अनुमति लिनुपर्ने व्यवस्था छ ।

Previous Post

यी हुन् लगातार सूर्य उदाउने देश

Next Post

‘र्यागिङ’ को कारण ‘हिरोइन’ बनेकी चित्रांगदा सिंह (फोटोफिचर)

metakhabar

metakhabar

सम्बन्धित खबर

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
जीवन शैली

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

१ कार्तिक २०८३,
सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ
जीवन शैली

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

१ कार्तिक २०८३,
आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
आवाज

नवरात्रको सातौँ दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लामो लाम

१ कार्तिक २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

१ कार्तिक २०८३,
सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग
आर्थिक

दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

१ कार्तिक २०८३,
जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र
आवाज

बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ

१ कार्तिक २०८३,
Load More
Next Post
‘र्यागिङ’ को कारण ‘हिरोइन’ बनेकी चित्रांगदा सिंह (फोटोफिचर)

‘र्यागिङ’ को कारण ‘हिरोइन’ बनेकी चित्रांगदा सिंह (फोटोफिचर)

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In