• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पिण्डेश्वर मन्दिर : आस्थाको सङ्गम

metakhabar by metakhabar
१२ जेष्ठ २०८२,
0
पिण्डेश्वर मन्दिर : आस्थाको सङ्गम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । धरान उपमहानगरपालिका–१४ विजयपुरडाँडाको शान्त परिवेशमा अवस्थित पिण्डेश्वर मन्दिर पछिल्लो समय धार्मिक पर्यटकको आकर्षक गन्तव्यका रूपमा उदाउँदै छ ।

‘अमृतपिण्ड पिण्डेश्वर महादेव’का रूपमा चिनिने यो मन्दिर धार्मिक विश्वास, पौराणिक इतिहास र प्राकृतिक सौन्दर्यको सम्मिश्रण हो । जहाँ दैनिक सयौँ श्रद्धालु दर्शनका लागि यहाँ पुग्ने गरेका छन् ।

काठमाडौँबाट परिवार र साथीसहित पुगेका कुमार श्रेष्ठले बर्सेनि यस मन्दिर आउने गरेको बताए । उनले भने, ‘पिण्डेश्वर मन्दिरमा आउनासाथ शान्ति महसुस हुनुका साथै मनोकामना पूरा भएको अनुभूति हुन्छ । यही विश्वास र आस्थाका कारण यहाँ बर्सेनि आउने गर्दछु । यो मन्दिरप्रति मेरो गहिरो श्रद्धा र आस्था छ ।’

यससँग जोडिएका ऐतिहासिक र पौराणिक कथाले मन्दिरको विशेषता बढाएको छ । जनविश्वास अनुसार समुद्र मन्थनका बेला उत्पन्न अमृतको पिण्ड यही स्थानमा खसेको थियो, जसले यस मन्दिरलाई विशेष धार्मिक महत्त्व प्रदान गरेको छ । यही आस्थाका कारण यहाँ प्रत्येक दिन देश विदेशबाट श्रद्धालुको घुइँचो लाग्ने गर्दछ ।

‘पहिलो पटक पिण्डेश्वर मन्दिर आएको हुँ, यहाँको वातावरणले मनलाई शान्त बनाएको छ’, मोरङको कानेपोखरीबाट दर्शन गर्न आएका रमेशकुमार साहले भने, ‘यहाँ आएर दर्शन गर्दा मानसिक शान्ति मिलेको जस्तै महसुस भएको छ । यहाँको इतिहास र आस्थाले यो स्थान साँच्चिकै विशेष रहेछ, भन्ने महसुस भयो ।’

यहाँ साउनमा मन्दिर क्षेत्रको वातावरण धार्मिक उत्सवमा परिणत हुन्छ । साउनभरि एक महिनासम्म लाग्ने बोलबम मेलाको भाकामा सजिएका भक्तजन सप्तकोशी नदीबाट जल बोकेर मन्दिरमा अर्पण गर्न आइपुग्छन् ।

साउने सोमबार, महाशिवरात्रि, तीज, माघे सङ्क्रान्ति, कात्तिक पूर्णिमालगायत पर्वमा पूजासहित भक्तजनको घुइँचो लाग्ने गरेको पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास बनेपालीले बताए । उनका अनुसार पछिल्लो समय यहाँ शनिवार र मङ्गलबार पनि भक्तजनको घुइँचो लाग्ने गरेको छ ।

मन्दिरको बाह्य स्वरूप सामान्य देखिए पनि भित्र पस्दा यसको विशालता अनुभूति गर्न सकिन्छ । यहाँ भित्र १० वटाभन्दा बढी साना–ठूला मन्दिर रहेका छन् ।

शिवलिङ्गको ठिक अगाडि रहेको ढुङ्गाको बसाहा, ऐतिहासिक पोखरी र बीचमा रहेको सरस्वतीको मूर्तिले मन्दिरको धार्मिक तथा सांस्कृतिक महत्त्वलार्ई अझ बढाएको अध्यक्ष बनेपालीले उल्लेख गरे ।

यहाँ फूलमाला, प्रसाद, रुद्राक्षलगायत पूजाका सामग्री बिक्री गर्ने करिब ३० व्यापारी छन् । धरान–१४ की इन्दिरा खड्काले २२ वर्षदेखि मन्दिर पसिरमा फूलमाला बिक्री गर्दै आएकी हुन् ।

उनले भनिन्, ‘भक्तजनको आगमन बढेकाले व्यापार पनि बढेको छ । विशेष गरेर शनिवार र मङ्गलबार बढी घुइँचो लाग्छ ।’ उनीजस्तै यहाँका स्थानीय व्यवसायी वर्षौँदेखि मन्दिरमा आउने भक्तजनलाई सेवा दिँदै आएका छन् ।

पिण्डेश्वर बाबाधाम समितिकी सदस्य रञ्जिता कट्वालका अनुसार दैनिक एक हजारदेखि पन्ध्रसय भन्दा बढी श्रद्धालु मन्दिरमा आउने गरेका छन् ।

प्रत्येक छ वर्षमा अर्ध कुम्भ र १२ वर्षमा पूर्णमहाकुम्भ मेला आयोजना हुने भएकाले यस क्षेत्रको धार्मिक महत्त्व बढ्दै गएको उनको भनाइ छ ।

यहाँ नेपालका विभिन्न जिल्लाका साथै भारतको सिक्किम, दार्जिलिङलगायत ठाउँबाट भक्तजन आउने गरेका समितिका अध्यक्ष बनेपालीले जानकारी दिए । उनका अनुसार मन्दिर सबैका साझा देउता भएकाले यहाँ सबै जाति, धर्मावलम्बीका मानिस पूजा गर्न आउने गर्दछन् ।

भक्तजनलाई वासस्थानको उचित व्यवस्था हुन नसक्दा केही समस्या हुँदै आएको कट्वालले बताए ।

मन्दिरमा दर्शनार्थी बढिरहेकाले यसको व्यवस्थापनमा स्थानीय, प्रदेश र सङ्घीय सरकारले समन्वय गरी धार्मिक पर्यटन प्रवर्धन गर्नुपर्नेमा उनले जोड दिए ।

Previous Post

‘फोहरबाट मोहर’ कमाउँदै स्नातक गरेका युवा

Next Post

बैंक वित्तीय संस्थाको निष्कृय कर्जा अनुपातमा वृद्धि

metakhabar

metakhabar

सम्बन्धित खबर

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
आवाज

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

१० असार २०८३,
आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला
आर्थिक

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

१० असार २०८३,
चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता
आर्थिक

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

१० असार २०८३,
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
आर्थिक

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

१० असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
फिचर-ब्यानर

रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

१० असार २०८३,
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री
आवाज

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

१० असार २०८३,
Load More
Next Post
बजारबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक

बैंक वित्तीय संस्थाको निष्कृय कर्जा अनुपातमा वृद्धि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In