• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती

    चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती

    केपिलासगढीमा ‘मह सिकार महोत्सव’

    केपिलासगढीमा ‘मह सिकार महोत्सव’

    सोलेडाँडामा ‘जडीबुटी पार्क’

    सोलेडाँडामा ‘जडीबुटी पार्क’

    आगामी जुन देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्दैै कुवेत

    आगामी जुन देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्दैै कुवेत

    दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

    दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

    अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा

    अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती

    चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती

    केपिलासगढीमा ‘मह सिकार महोत्सव’

    केपिलासगढीमा ‘मह सिकार महोत्सव’

    सोलेडाँडामा ‘जडीबुटी पार्क’

    सोलेडाँडामा ‘जडीबुटी पार्क’

    आगामी जुन देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्दैै कुवेत

    आगामी जुन देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्दैै कुवेत

    दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

    दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

    अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा

    अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

सुरु भयो स्वाँतका भिरमा यसयामको ‘हनिहन्टिङ’

metakhabar by metakhabar
७ जेष्ठ २०८२,
0
सुरु भयो स्वाँतका भिरमा यसयामको ‘हनिहन्टिङ’

महशिकार म्याग्दी, ६ जेठ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वाँतको छहरेभिरमा मङ्गलबार डोरीमा झुण्डिएर भिर माहुरीको महशिकार गर्दै शिकारी । स्वाँतका भिरपहरामा डोरीमा झुण्डिएर गरिने मह शिक

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वाँतमा रहेका भिरहरूमा यसयामको महशिकार सुरु भएको छ। स्वाँतवासीले हरेक वर्षको जेठ महिनाको पहिलो हप्ता सामूहिक रूपमा गाउँ वरपरको भिरमा महशिकार गर्ने वर्षौंदेखिको चलनलाई निरन्तरता दिएका छन्। स्थानीय लोकबहादुर पाइजाको नेतृत्वमा मङ्गलबार छहरे भिरबाट ४० लिटर मह निकालिएको छ।

डोरीमा झुन्डिएर मह निकाल्ने टोलीमा पाइजाको साथमा ७२ वर्षीय केशबहादुर तिलिजा पुन देखि तुलबहादुर पुर्जा, सुजन तिलिजा र सनम पाइजा लगायतका युवाहरू सहभागी थिए। अक्करे भिरमा शिकारीले भाडामा झिक्ने महलाई सङ्कलन, प्रारम्भिक प्रशोधन गर्ने र सहयोगीसहित करिब २० जना सहभागी थिए। महशिकार गर्ने चलन लोप हुन नदिनका लागि अग्रजहरूले युवाहरूलाई यससम्बन्धी सिप सिकाएर हस्तान्तरण गरेका छन्।

स्वाँतबासीहरू घरको काम सकेर दिनभर महशिकार अवलोकन गर्न छहरेभिर गएका थिए। महशिकार गर्नुअघि भिरको नजिकै मगर संस्कृति अनुसार अशुभ् नहोस् भन्ने कामना गर्दै पूजाआजा गरिएको थियो। गत वर्ष २०० लिटर मह निकालिएको छहरे भिरमा यसपालि पाँच गुणा कम मह उत्पादन भएको छ। केही दिनदेखिको वर्षाका कारण मौरी चरन क्षेत्रमा जान नपाउँदा गोलाको मह खाएकाले मह कम भएको शिकारी पाइजाले बताए। छहरेको भिरमा ११ वटा गोला थिए।

आगामी योजना र महत्त्व
बुधबार स्वाँत देखि खोपारा जाने पदमार्गमा पर्ने छिसको टाउको भिरमा महशिकार गर्ने तयारी छ। त्यहाँ करिब २० वटा गोला छन्। खोल्साको नजिकैको ओसेपिलो ठाउँको अक्करे पहाडको बीच भागमा भिरमौरीको बासस्थान हुन्छ। वनजङ्गलमा फुल्ने फूल भिरमौरीको आहरा हो। हिउँदमा न्यानो खोज्दै बेसी झर्ने भिरमौरी गर्मी बढ्न थालेसँगै माथिल्लो क्षेत्रमा बसाइँसराइ गर्छन्।

महशिकार अवलोकनका लागि पर्यटकहरू पनि आएका थिए। काठमाडौँका सागर पराजुलीले डोरीमा झुन्डिएर भिरबाट मह निकालेको साहसिक दृश्य अवलोकन गर्ने सौभाग्य मिलेको बताए। “मह शिकारीले डोरीको सहायताले भीरमौरीको गोला भएको डरलाग्दो भिरमा झुन्डिएर मह निकालेको पहिलो पटक देख्दा शरीर नै जिरिङ्ग भयो,” उनले भने, “भिरमह खाँदा जति स्वादिलो र रसिलो हुन्छ यसलाई निकाल्न भने अत्यन्तै जोखिम मोल्नुपर्ने रहेछ।”

मह शिकारको प्रक्रिया र सुरक्षा
भीरमा भीरमौरीले लगाएका गोला काट्नका लागि मह शिकारी डोरी (पराङ) मा झुन्डिएर मह शिकार गर्ने गर्दछन्। वसन्त र शरद ऋतु मह शिकारका लागि उपयुक्त समय मानिन्छ। वसन्त ऋतुमा बेँसी र शरदमा लेकमा पुगेर भिरमह निकाल्न उपयुक्त समय हो।

मह निकाल्नका लागि भिरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा शिकारी बाँडिएका हुन्छन्। एक समूहले भिरको माथिबाट तल भुइँसम्म डोरी (स्थानीय भाषामा परङ) झुन्ड्याउँछन् भने भिरको तल अथवा माथिपट्टि बस्ने अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्दछ।

महको चाका वरिपरि माहुरी घेरिएर बसेका हुन्छन्। धुवाँ लगाइदिएपछि मौरी भाग्छन्। त्यतिबेला मह निकाल्न विशेष ध्यान पुर्‍याउनुपर्छ। जब परङमार्फत गएका शिकारीले गोलामा धुवाँ झोस्न सुरु गर्छन् माहुरीले टोक्ने डरले वरपरका सबै शिकारी रूख र ओडारमा लुक्छन्। माहुरी अन्यत्रै भागेपछि मात्र उनीहरूलाई बाहिर आएर मह निकाल्न सजिलो हुने गर्छ। मुख्य शिकारीले हतियार प्रयोग गरी निकालेको महको भाँडालाई डोरीको सहायताले तलमाथि गराइन्छ।

चौध वर्षदेखि महशिकार गर्दै आएका ७२ वर्षीय केशबहादुरले पछिल्लो समय मौरीको टोकाइबाट बच्न सकिने कपडा, सेफ्टी बेल्ट प्रयोग गर्न थालेपछि जोखिम घटेको अनुभव बताए। “आठ दश वर्षअघिसम्म शिकार गर्दा एकातर्फ मौरीले टोक्ने अर्कोतर्फ रसी फुत्किएर खस्ने डर हुन्थ्यो,” उनले भने, “अहिले सेफ्टीका सामान भएपछि सुरक्षित र सजिलो भएको छ।”

भिरमहको महत्त्व र वितरण
स्वादिलो, स्वास्थ्यका लागि हितकर भिरमह शक्तिवर्द्धक हुने स्वाँतका बासिन्दा बलबहादुर तिलिजाले बताए। मह धार्मिक कार्यमा पनि प्रयोग हुने भएकाले थप महत्त्व छ। विदेश गएका र सहरमा बस्नेहरूले भिरमह कोसेलीका रूपमा लैजाने गर्छन्।

स्वाँतका सबै भिरबाट निकालिएको मह सङ्कलन गरेपछि बैठक बसेर वितरण गर्ने चलन छ। पराङमा चढ्ने, उनीहरूलाई सहयोग गर्ने र गाउँमा बसोबास गर्नेहरूलाई तीन वर्गमा विभाजन गरेर मह वितरण गर्ने चलन छ। गाउँमा वितरण भएपछि बढी भएको मह बाहिर बिक्री गरिन्छ।

स्वाँतको भिरमहको मूल्य प्रतिलिटर रु. तीन हजार कायम गरिएको छ। बसाइँ सरेर बेनी, पोखरा, काठमाडौँ, चितवन गएकाहरू मह शिकार गर्ने समयमा स्वाँत आउँछन्। पोखरामा बस्दै आउनुभएकी स्वाँतकी चन्द्र पुनले महशिकार हेर्न, ताजा मह खान र किनेर लैजान हरेक वर्ष गाउँमा आउने गरेको बताइन्। स्वाँतमा बस्ती बसेदेखि नै महशिकार गर्ने चलन रहेको छ।

अन्नपूर्ण गाउँपालिका–५ शिखका वडा अध्यक्ष राजेश तिलिजा पुनले महशिकारलाई व्यवस्थित, आधुनिक र सुरक्षित तथा व्यावसायिक बनाउँदै पर्यटनसँग जोड्ने योजना रहेको बताए। महशिकारको समयमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने, महलाई व्यवस्थित रूपमा प्रशोधन र भण्डारण गरी बजारीकरणको व्यवस्था मिलाउन पहल गर्ने वडा अध्यक्ष तिलीजाले बताए।

Previous Post

दलित परिवारका लागि सुरक्षित आवास

Next Post

जनयुद्ध पीडितलाई कहिल्यै बिर्सेको छैन- प्रचण्ड

metakhabar

metakhabar

सम्बन्धित खबर

चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती
आवाज

चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती

९ जेष्ठ २०८३,
केपिलासगढीमा ‘मह सिकार महोत्सव’
आवाज

केपिलासगढीमा ‘मह सिकार महोत्सव’

९ जेष्ठ २०८३,
सोलेडाँडामा ‘जडीबुटी पार्क’
आर्थिक

सोलेडाँडामा ‘जडीबुटी पार्क’

९ जेष्ठ २०८३,
आगामी जुन देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्दैै कुवेत
फिचर-ब्यानर

आगामी जुन देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्दैै कुवेत

९ जेष्ठ २०८३,
दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख
आर्थिक

दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

९ जेष्ठ २०८३,
अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा
अन्तर्राष्ट्रिय

अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा

९ जेष्ठ २०८३,
Load More
Next Post
जनयुद्ध पीडितलाई कहिल्यै बिर्सेको छैन- प्रचण्ड

जनयुद्ध पीडितलाई कहिल्यै बिर्सेको छैन- प्रचण्ड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In