• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी

    शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी

    नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल

    नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल

    पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण

    पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन

    रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने

    रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने

    लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

    लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

संरक्षणको पर्खाइमा लोमान्थाङको टास्सी ध्याफेल दरबार

metakhabar by metakhabar
१ जेष्ठ २०८२,
0
संरक्षणको पर्खाइमा लोमान्थाङको टास्सी ध्याफेल दरबार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लोमान्थाङ (मुस्ताङ)। ढुङ्गा र माटोबाट निर्मित विशाल पर्खालले घेरिएको लोमान्थाङ बस्तीको मध्यभागमा अवस्थित सुन्दर टास्सी ध्याफेल दरबार कुनै समय निकै शक्तिशाली थियो र त्यस क्षेत्रका मानिसहरूको आस्थाको केन्द्र पनि। तर, कालान्तरमा यो शक्तिकेन्द्र कमजोर मात्रै होइन, मानिसविहीन बन्दै गएको छ।

छ सय वर्षअघि सैनिकहरूले पहरा दिइरहने यो दरबारको रक्षा यतिबेला एउटा भोटेकुकुरले गरिरहेको झैँ देखिन्छ। दरबार छेउमा आउनेलाई तर्साउँदै गरेको देख्दा सोही कुकुरले दरबारको रक्षा गरिरहेको हो कि भन्ने भान हुन्छ। १५औँ शताब्दीमा माटो, ढुङ्गा र दाउराले बनेको यो दरबारलाई स्थानीयहरू टास्सी ध्याफेल दरबार भन्छन्, जसको अर्थ भाग्यमानी दरबार भन्ने हुन्छ।

तत्कालीन समयमा यहाँका पहिलो राजा आमेपालले बाहिरी आक्रमणबाट बच्न नौ मिटर अग्लो र ५६३ मिटर लामो पर्खाल निर्माण गर्नुभएको इतिहास छ। दिनभरि खुला रहने दरबार साँझ परेपछि बन्द गरिन्थ्यो। यही बन्द पर्खालभित्र जनताका घर, गुम्बा र बीच भागमा काँचो माटोले बनेको भव्य दरबार अझै देख्न सकिन्छ। त्यो समयमा पर्खालभित्र १६० वटासम्म घर थिए भन्ने गरिएको छ।

तत्कालीन समयमा राज्य सञ्चालनका लागि दरबार नजिकै मन्त्रालयहरू हुन्थे। आ–आफ्नो जिम्मेवारी बाँडफाँट गरिन्थ्यो। हाल पनि ती मन्त्रालयका भवन लोमान्थाङमा देख्न सकिन्छ। तत्कालीन समयमा पर्खालभित्र मात्रै घर निर्माण गर्ने चलन थियो। त्यसताका पर्खालबाहिर घर बनाउँदा यहाँका राजालाई शत्रुको आक्रमण हुन्छ भन्ने लाग्थ्यो तर मुलुकमा गणतन्त्र आइसकेपछि पर्खालबाहिर पनि बस्ती विस्तार भइरहेको छ। बस्ती दरबारबाट टाढिँदै गर्दा दरबारको रेखदेखमा पनि कमी आएको छ। यसले दरबार एक्लिँदै गएको छ।

माटोले बनेको दरबार भएकाले कसैले यसलाई माटोको शहर पनि भन्छन्। ऐतिहासिक र पुरातात्विक महत्वको यो दरबार हाल संरक्षण, संवर्द्धन र प्रचारप्रसारको पर्खाइमा छ तर दरबार संरक्षणका लागि राज्यस्तरबाट कुनै पनि प्रकारको सहयोग प्राप्त नभएको स्थानीयको गुनासो छ। संरक्षण र संवर्द्धनको अभावमा यसको महत्व घट्दै जाने पो हो कि भन्ने चिन्ता पनि थपिएको स्थानीयले बताउने गरेका छन्।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीन्हर्वु गुरुङका अनुसार मुलुकमा गणतन्त्र आए पनि यहाँका स्थानीय लोमान्थाङका राजपरिवारलाई उत्तिकै आदरपूर्वक सम्मान गर्छन्, त्यसैले धेरै स्थानीय दरबारमा जान पनि चाहँदैनन्। मानिसको आवतजावत कम भएपछि दरबार जीर्ण बन्ने जोखिम बढेको छ।

विगतमा भूकम्पपछि बाहिरी मानिसलाई दरबारभित्र प्रवेश निषेध गरिएकाले भित्रको अवस्था कस्तो छ भनेर धेरैलाई थाहा हुन सकेको छैन। यहाँका अन्तिम राजा जिग्मीपलवर बिस्टलाई हाल पनि निकै श्रद्धापूर्वक मानिसहरूले सम्मान गर्दै आएका छन्। उनीहरू बिस्टलाई पूर्वराजा होइन, राजा नै मान्ने गर्छन्। “लोमान्थाङ दरबार यहाँको इतिहाससँग जोडिएको छ। यो ऐतिहासिक र पुरातात्विक महत्वको दरबारको संरक्षण गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकियो भने यहाँको जीवनस्तर उकास्न सकिन्छ भन्ने लाग्छ। यहाँको आर्थिक गतिविधि बढाउनका लागि पर्यटक ल्याउनुको विकल्प छैन,” अध्यक्ष गुरुङले भन्नुभयो।

त्यसो त लोमान्थाङ कुनै समय आर्थिक गतिविधिको केन्द्र थियो। तिब्बतको पश्चिममा पर्ने यो ठाउँ भारतदेखि तिब्बतसम्मको व्यापार हुने समयमा आर्थिक केन्द्र पनि थियो। त्यही प्रभावले पनि यहाँका राजालाई शक्तिशाली मानिन्थ्यो। “सन् १३८० सम्म लोमान्थाङ स्वतन्त्र राज्यका रूपमा चिनिन्थ्यो तर जब साल्ट ट्रेड रुट बन्द भयो र तिब्बतमा सांस्कृतिक आन्दोलन सुरु भयो, त्यसपछि व्यापार सुक्दै गयो। त्यसको असरले यहाँको आर्थिक अवस्था कमजोर भयो। धेरै वर्षपछि जब पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्न सुरु गरे, यहाँका राजाले दूत पठाएर एकीकरणमा ऐक्यबद्धता जनाएपछि यो नेपालमा गाभिएको इतिहास छ,” लोमान्थाङ निवासी बुद्धिजीवी कर्मा वाङगेलले भन्नुभयो।

उहाँ ऐतिहासिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण लोमान्थाङमा विदेशी पर्यटक ल्याउन सके यहाँको विकास हुने बताउनुहुन्छ। विदेशी पर्यटकका लागि हाल कायम कडा नियमलाई खुकुलो बनाउन सकिए यस क्षेत्रले पर्यटनबाट ठूलो लाभ लिन सकिने वाङगेलको बुझाइ छ। उहाँका अनुसार अचेल पनि दरबार परिसरमा २१ वटा परिवार बसोबास गरिरहेका छन्। बाँकी परिवारहरू त्यहाँबाट बसाइँ सरिसकेका छन्।

दरबार छेवैको मिस्टक होटलकी सञ्चालिका कर्चुङल्यामो गुरुङ पनि वाङगेलको भनाइमा सहमत हुनुहुन्छ। “अहिले त यहाँ आउन पनि सडकमार्गले सहज बनाएको छ। आवश्यक प्रचारप्रसार, दरबार संरक्षणका लागि बजेट विनियोजन र विदेशी पर्यटक ल्याउनका लागि सहज नीति बनाउन सकियो भने यस क्षेत्रले लाभ लिन सक्छ,” उहाँले भन्नुभयो।

कुल पाँचवटा वडा रहेको लोमान्थाङमा करिब दुई हजार जनसङ्ख्या छ। चौतर्फी माटोको पर्खालले घेरिएको यो बस्ती सुक्खा पहाडको काखमा छ। बस्ती प्राकृतिक सुन्दरताले जति आकर्षक छ, सांस्कृतिक सम्पदाले त्यत्ति नै भरिपूर्ण छ। यहाँका दरबार, गुम्बा, सांस्कृतिक राजा, मुखिया परम्परा, तिब्बती संस्कृतिसँग मिल्दोजुल्दो संस्कार र जीवनशैली लोमान्थाङको पहिचान हो।

समुन्द्री सतहदेखि तीन हजार ८८० मिटर उचाइमा रहेको लोमन्थाङ उपल्लो मुस्ताङको प्रवेश विन्दु पनि हो। यहाँ दुई हजार वर्षभन्दा पहिले माटोको पहाड खोपेर बनाइएको ‘सिजा झोङ’ छ। गाउँपालिकाका अध्यक्ष गुरुङका अनुसार गुफाभित्र साना र ठूला गरी कम्तीमा ६० वटा कोठा छन्। “यहाँ आउने जोकोही पर्यटक पनि एक पटक गुफा नहेरी फर्कँदैनन्,” उहाँले भन्नुभयो, “एतिहासिक र पर्यटकीय दृष्टिले अत्यन्तै सम्भावना भएको लोमान्थाङले यसबाट लाभ भने लिन सकेको छैन।”

नीलगिरि र धौलागिरि हिमशृङ्खलाको बीचमा रहेको यस क्षेत्रमा यहाँका २६औँ राजा अझै पनि यहीँ बसोबास गर्छन्। इतिहास र धर्ममा रुचि राख्नेका लागि विविध कारणले यो क्षेत्र निकै महत्वपूर्ण गन्तव्य भएको अध्यक्ष गुरुङको बुझाइ छ।

लोमान्थाङ हजारौँ वर्ष पुरानो तिब्बती र बौद्ध संस्कृतिको केन्द्र हो। यहाँका गुम्बा, महलहरू र पुराना चित्रकलामा त्यो इतिहास देख्न पाइन्छ। यहाँ रहेको राजमहल र झम्पा, थुब्चेन, छोदे र छोपलाका गुम्बा धार्मिक तथा कलात्मक दृष्टिले विशेष छन्। भौगोलिक रूपमा लोमान्थाङ सुक्खा भूभाग भएको ठाउँ हो। यहाँबाट नीलगिरि, धौलागिरि र अन्नपूर्ण हिमालहरूको दृश्यावलोकन गर्न सकिन्छ।

लोमान्थाङमा राजसी गुम्बा, हजारौँ वर्ष पुराना भित्तेचित्र, मूर्तिकला र बौद्ध ग्रन्थहरू पाइन्छन्। यहाँ आउने पर्यटकका लागि ‘लो राज्य’ छँदाका राजाहरूको ऐतिहासिक दरबार आकर्षणको केन्द्र बन्दै गएको छ। यसको संरक्षण, प्रवर्द्धन र विकासका लागि ध्यान दिनसके आन्तरिक तथा बाह्य पर्यटकका लागि रोजाइको केन्द्र बन्नसक्थ्यो। त्यसबाट स्थानीयले मात्र नभई राज्यले नै लाभ लिने भएकाले उचित ध्यान दिनुपर्ने धेरैको माग छ।

Previous Post

चिनियाँ नेता सियाओ जी राजधानीमा

Next Post

मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

metakhabar

metakhabar

सम्बन्धित खबर

शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी
फिचर-ब्यानर

शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी

१३ असार २०८३,
नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल
आवाज

नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल

१३ असार २०८३,
पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण
आवाज

पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण

१३ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन

१३ असार २०८३,
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने
आवाज

रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने

१३ असार २०८३,
लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा
आवाज

लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

१३ असार २०८३,
Load More
Next Post
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In