• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    अस्ट्रेलियन डलर, युरो, पाउन्ड र बहराइन दिनारको भाउ बढ्यो

    एमालेले टुंग्यायो वरीयता, को कतिमा?

    एमालेले टुंग्यायो वरीयता, को कतिमा?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल जेठ ११ गते सोमबारको राशिफल

    जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

    जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

    अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

    अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    अस्ट्रेलियन डलर, युरो, पाउन्ड र बहराइन दिनारको भाउ बढ्यो

    एमालेले टुंग्यायो वरीयता, को कतिमा?

    एमालेले टुंग्यायो वरीयता, को कतिमा?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल जेठ ११ गते सोमबारको राशिफल

    जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

    जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

    अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

    अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

पाल्पामा संस्थागत सुत्केरी बढाउने अभियान

metakhabar by metakhabar
२९ बैशाख २०८२,
0
पाल्पामा संस्थागत सुत्केरी बढाउने अभियान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तानसेन (पाल्पा), २९ वैशाखः यहाँका पालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त बन्दै गएका छन् । घरमै सुत्केरी हुने दरलाई शून्यमा परिणत गराउन उनीहरुले पूर्ण संस्थागत सुत्केरी घोषणा अभियान कार्यक्रमलाई उच्च प्राथमिकता दिएका छन् ।

संघीय सरकारको संस्थागत सुत्केरी बढाउने नीतिअनुरूप जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाले घरमै सुत्केरी हुने दर घटाउन अभियानका रूपमा जोड दिएका हुन् । यहाँका दश स्थानीय तहमध्ये पाँच स्थानीय तह पूर्ण संस्थागत प्रसूति सेवायुक्त बनिसकेका छन् भने अन्य बन्ने तरखरमा छन् । जिल्लामा पहिलोपटक पूर्वखोला गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा भएको थियो । त्यसपछि रम्भा, बगनासकाली, माथागढी गाउँपालिका र रिब्दीकोट गाउँपालिका घोषणा भएका हुन् । अझै तानसेन र रामपुर नगरपालिका साथै तिनाउ, रैनादेवी छहरा, निस्दी गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका हुन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

रिब्दीकोट गाउँपालिका पूर्ण संस्थागत प्रसूूति सेवायुक्त पालिका एवं पूर्ण खोप दिगोपन सुनिश्चितता पालिका घोषणा भएको छ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगर, जिल्ला समन्वय समिति प्रमुख तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष टङ्कनाथ खनाल, सदस्य सचिव तथा स्वास्थ्य कार्यालयका निमित्त प्रमुख टुकप्रसाद पोखरेलले पालिकालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका एवं पूर्ण खोप दिगोपन सुनिश्चितता पालिका घोषणा गरेका हुन् ।

उहाँहरुले गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्की, उपाध्यक्ष कान्ता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत मणिप्रसाद खनाल, स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीलाई घोषणाको प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

सभामुख घर्तीले घोषणापछि नवजात शिशु र आमाको स्वास्थ्यमा सुधार ल्याउने बताउनुभयो । प्रसूतिको समयमा आमाको मृत्यु भएपछि जिन्दगीभर आमा देख्न नपाउनेको पीडा हामीले अनुभव गर्न नसकिने जनाउँदै त्यस्तो कुनै पनि नागरिकले भोग्न नपर्ने गरी स्वास्थ्यको पहुँच बढाउन पालिकाले जोड दिनुपर्ने उहाँले बताउनुभयो । जिल्ला खोप समन्वय समितिका प्रमुख टङ्कनाथ खनालले घोषणासँगै दिगोपनाका कार्यक्रमलाई नीतिगतरुपमै सम्बोधन गरेर प्रभावकारीरुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

गाउँपालिका उपाध्यक्ष अधिकारी, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खनाल, गाउँपालिकाका पूर्वअध्यक्ष नारायणबहादुर जीसी, उपाध्यक्ष लक्ष्मी खनाल, स्वास्थ्य कार्यालयका निमित्त प्रमुख टुकप्रसाद पोखरेललगायतले घोषणा कार्यक्रमबाट बालबालिकाको मृत्यु दर पूर्णरुपमा घटाएको, भविष्यमा सरुवा रोगको जोखिम हटाएको, स्वस्थ्य समाज निर्माणमा सहयोग पुगेको धारणा राखेका थिए ।

पूर्ण संस्थागत प्रसूति स्थानीय तह घोषणा गर्न प्रदेश स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड र निर्देशिकाले चार पटक गर्भजाँच कम्तीमा ९० प्रतिशत हुनुपर्ने, सुत्केरी भएकामध्ये ९५ प्रतिशत महिलाले दक्ष प्रसूतिकर्मीको उपस्थितिमा स्वास्थ्य संस्थामै प्रसूति हुनुपर्ने, घरमा हुने प्रसूति शून्य हुनुपर्ने र प्रसूतिपछि पनि ९० प्रतिशतले जाँच हुनुपर्ने प्रावधान रहेको छ । सो प्रावधानअनुसार पालिकाभित्र एक वर्ष अवधिमा १९३ जना गर्भवती भएकोमा १९२ जनाले चार पटक गर्भजाँच गराएको र १९३ जना नै स्वास्थ्य संस्थामा प्रसूति भएको, विगत तीन वर्षदेखि कुनै पनि महिलाले घरमा, बाटोमा नभई स्वास्थ्य संस्थामै सुत्केरी भएको स्वास्थ्य शाखा प्रमुख अधिकारीले बताउनुभयो ।

पूर्ण खोप दिगोपन सुनिश्चितता पालिका घोषणा हुनको लागि पालिकामा जन्मिएका १५ महिनामुनिका सबै बालबालिकाले १३ वटा सरुवा रोगको खोप अनिवार्य रुपमा लगाएको हुनुपर्दछ । जसमा ४४ जना दलित, ९२ जना जनजाति, २८ जना ब्राहमण क्षेत्री र एक जना मुस्लिम गरी १६५ जनाले खोप लगाएका छन् । सोह्र महिनादेखि ५९ महिनासम्मका १७२ जना दलित, २९८ जना जनजाती, १२६ जना बाह्मण क्षेत्री गरी ५९६ जना बालबालिकाले पूर्ण खोप लगाएका छन् । भारतमा बस्दै आएका वडा नं ८ का दुई बालबालिकाको छुटेको खोप लगाएर २०८१ चैत मसान्तसम्म पाँच वर्षमुनिका ७६१ जना बालबालिकाले खोप प्राप्त गरी कहीँकतैबाट पनि कुनै पनि बालबालिका नछुटेको खोप समन्वय समितिबाट प्रमाणित भएपछि पालिकालाई पूर्ण खोप दिगोपन सुनिश्चितता घोषणा गरिएको गाउँपालिका अध्यक्ष कार्कीले बताउनुभयो ।

सरकारले १३ सरुवा रोगहरु क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टाङ्कार, हेपाटाइटिस वि, हेमोफिलस, इन्फुल्जा बी, पोलियो, दादुरा, रुबेला, न्यूनोमिया, मेनिन्जाइटिस, जापानिज इन्सेफलाइटिस, रोटा भाइरस तथा गर्भवती महिलाको लागि टिडी खोप निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ । जिल्ला २०७० साल फागुन १३ गते नेपालमै पहिलो पूर्णखोप जिल्लाको रुपमा घोषणा भएको थियो ।

Previous Post

विश्वमा अशान्ति बढेको बेला बुद्ध दर्शन र शिक्षाको उपादेयता बढ्यो : प्रधानमन्त्री ओली

Next Post

नेपाली सिमाना छेउमा रहेका ‘अवैध’ इस्लामिक संरचनाहरू भत्काइयो

metakhabar

metakhabar

सम्बन्धित खबर

हावाहुरीले बिजुली आपूर्तिमा अवरोध
फिचर-ब्यानर

हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

११ जेष्ठ २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

अस्ट्रेलियन डलर, युरो, पाउन्ड र बहराइन दिनारको भाउ बढ्यो

११ जेष्ठ २०८३,
एमालेले टुंग्यायो वरीयता, को कतिमा?
फिचर-ब्यानर

एमालेले टुंग्यायो वरीयता, को कतिमा?

११ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल जेठ ११ गते सोमबारको राशिफल

११ जेष्ठ २०८३,
जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास
आर्थिक

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

१० जेष्ठ २०८३,
अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?
आर्थिक

अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

१० जेष्ठ २०८३,
Load More
Next Post
नेपाली सिमाना छेउमा रहेका ‘अवैध’ इस्लामिक संरचनाहरू भत्काइयो

नेपाली सिमाना छेउमा रहेका ‘अवैध’ इस्लामिक संरचनाहरू भत्काइयो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In