• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने ‘ओपेक प्लस’को रणनीति

    मध्यपूर्व युद्धका कारण कच्चा तेलको मूल्यमा तीव्र वृद्धि

    जापानले लामो दूरीको मिसाइल तैनाथ गर्दै

    जापानले लामो दूरीको मिसाइल तैनाथ गर्दै

    गृहमन्त्री अर्यालद्वारा काठमाडौँ प्रहरी परिसरको अनुगमन

    गृहमन्त्री अर्यालद्वारा काठमाडौँ प्रहरी परिसरको अनुगमन

    दुई सय दश दिन पछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य

    दुई सय दश दिन पछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य

    पर्यटकीय गन्तव्य बन्दै लमजुङको ‘घनपोखरा होमस्टे’

    पर्यटकीय गन्तव्य बन्दै लमजुङको ‘घनपोखरा होमस्टे’

    प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना खुल्यो

    निर्वाचन प्रहरीको बिदाइ बिहीबार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने ‘ओपेक प्लस’को रणनीति

    मध्यपूर्व युद्धका कारण कच्चा तेलको मूल्यमा तीव्र वृद्धि

    जापानले लामो दूरीको मिसाइल तैनाथ गर्दै

    जापानले लामो दूरीको मिसाइल तैनाथ गर्दै

    गृहमन्त्री अर्यालद्वारा काठमाडौँ प्रहरी परिसरको अनुगमन

    गृहमन्त्री अर्यालद्वारा काठमाडौँ प्रहरी परिसरको अनुगमन

    दुई सय दश दिन पछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य

    दुई सय दश दिन पछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य

    पर्यटकीय गन्तव्य बन्दै लमजुङको ‘घनपोखरा होमस्टे’

    पर्यटकीय गन्तव्य बन्दै लमजुङको ‘घनपोखरा होमस्टे’

    प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना खुल्यो

    निर्वाचन प्रहरीको बिदाइ बिहीबार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

आलेख : नमूना बन्यो गौरादहको ‘सहकारी खेती’ र ‘कृषि घरबास’

metakhabar by metakhabar
२२ बैशाख २०८२,
0
आलेख : नमूना बन्यो गौरादहको ‘सहकारी खेती’ र ‘कृषि घरबास’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

झापा, २२ वैशाख : महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले प्रवर्द्धन गरेको ‘सहकारी खेती’ र ‘कृषि घरबास’ ग्रामीण कृषि पर्यटनको नमूना बनेको छ । झापाको गौरादह नगरपालिका–५ मा रहेको सहकारी २०५९ पुस १७ गते स्थापना भएको हो । दुई दशकदेखि यो सहकारीको नेतृत्व महिलाहरुले सम्हाल्दै आएका छन् ।

कृषकहरुलाई आर्थिक रुपमा सबल र खेतीमा यान्त्रिकीकरण गर्ने सोचका साथ सहकारीले २०७० मा गौरादह–५ का ८१ परिवारको ८० बिगाहा जग्गा समेटेर कृषक सदस्यकै सहभागितामा सामूहिक खेती सुरु गरेको सहकारीकी अध्यक्ष मीना ढकालले बताउनुभयो । त्यही सामूहिक खेती अहिले ‘नमुना एकीकृत सहकारी खेती’ को रुपमा कृषि अभ्यासको नमूना बनेको छ । खेती अवलोकन गर्न आउनेहरु बढेपछि यहाँ ‘कृषि घरबास’ सञ्चालनले पर्यटन प्रवर्द्धन भएको छ ।
‘सहकारी खेती’ ले दुई गुणा आम्दानी

सहकारी संस्थाको १३ वटा अन्तर समूह र ३०४ वटा साना किसान समूहमा एक हजार ९५६ जना महिला सदस्य आबद्ध छन् । त्यसमध्ये ८१ परिवारको समूह सहकारी खेतीमा जोडिएको छ । सहकारी खेतीको वार्षिक कारोवार रु दुई करोड ५० लाख रहेको नमुना सहकारी खेतीका अध्यक्ष बेदनिधि चापागाई बताउनुहुन्छ । वार्षिक कारोवारमध्ये रु एक करोड श्रमवापत सदस्य कृषकहरुले नै पाउने गरेका छन् ।

यो वर्ष एक बिघा जग्गाको शेयरवापत सदस्य कृषकले सहकारी खेतीबाट रु ६२ हजार नौ सय पाएको चापागार्इंले जानकारी दिनुभयो । एक कठ्ठाको एक शेयर हुने आधारमा एक बिघाको २० शेयर मानिने गरेको छ । “जग्गाको २० शेयर (एक बिघा) वापत रु ६२ हजार नौ सय पाउनुभयो,” उहाँले भन्नुभयो, “मुनाफाको ४० प्रतिशत बेग्लै पाउनुहुन्छ भने खेतीमा श्रम गरेमा एक घण्टाको रु. ७० देखि १०० सम्मका दरले ज्याला पनि पाउनुहुन्छ ।” एकलभन्दा सामूहिक खेती गर्दा बढी प्रतिफल पाइने भएकाले सहकारीका सदस्यहरु सहकारी खेतीमा रमाउनु भएको उहाँको भनाइ छ ।

खेतीबाट धान, मकै र तोरीको गुणस्तरीय बीउ उत्पादन हुने गरेको छ । यहाँ उत्पादित बीउ झापा, मोरङ, सुनसरी, सप्तरी र सिराहासम्म बिक्री भइरहेको छ । सहकारी खेती चक्लाबन्दी खेतीको एउटा नयाँ नमूना भएको चापागार्इं बताउनुहुन्छ । “परिवार खण्डिकरण भएर परिवारको स्वामित्वमा जग्गा थोरै हुन थालिसकेको छ,” उहाँ भन्नुहुन्छ–“थोरै जग्गामा आधुनिक प्रविधि र यान्त्रिकरण सम्भव हुँदैन । त्यसैले कसरी धेरै जग्गाको एउटै चक्ला बनाएर खेती गर्ने भन्ने विषयमा हामीले सहकारी मोडेलको सामूहिक कृषि अभ्यास गरेका हौं । सफल प्रमाणित भइसकेको हुँदा यस अभ्यासलाई देशका अन्य भागमा पनि प्रयोगमा ल्याउन सरकारले प्रोत्साहित गर्नुपर्छ ।”

सुविधायुक्त ‘कृषि घरबास’

सहकारी खेती सुरु भएपछि कृषिमा भइरहेको नौलो अभ्यास हेर्न टाढादेखि आन्तरिक पर्यटकहरुको चहलपहल बढ्नु स्वाभाविक नै हो । गौरादह ग्रामीण क्षेत्र भएकाले यहाँ पाहुनालाई बस्ने र खाने ठाउँको अभाव थियो । गाडी लिएरै खेती अवलोकन गर्न आउनेहरुले गाउँमै बस्ने ठाउँ भए पनि हुन्थ्यो भन्न थालेपछि सदस्यहरुकै सहभागितामा पाहुना घर बनाउने सोच आएको अध्यक्ष ढकालले बताउनुभयो ।

उहाँका अनुसार सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने योजनाअन्तर्गत मुलुकका सयवटा रमणीय स्थललाई पर्यटकीय गन्तब्य घोषणा गर्यो । सरकारको सय गन्तब्यमध्ये गौरादहको सहकारी खेतीलाई देशकै एउटा मात्र कृषि पर्यटन क्षेत्र भनेर पहिचान प्राप्त भयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रु एक करोड ६० लाखको आर्थिक सहयोगमा १२ कठ्ठा जग्गामा नेपालकै पहिलो ‘कृषि घरबास’ निर्माण भयो । जसलाई सुरुमा पाहुना घर भनियो । पछि नमूना कृषि घरबास (होमस्टे) को रुपमा यसलाई दर्ता गरियो ।

‘कृषि घरबास’ अन्तर्गत निर्माण भएको सुविधायुक्त पाहुना घरमा ५० जना अट्ने वातानुकूलित कोठाहरु छन् । आठ वटा कोठा र ५० जना अट्ने तालिम हल छ । त्यसमध्ये दुई वटा कोठामा दुई/दुई वटा बिछ्यौना छन् भने छ वटामा आठ वटाका दरले बिछ्यौना राखिएको छ । बस्नका लागि प्रति व्यक्ति रु दुई सय शुल्क लिने गरिएको छ । पाहुना घरमा बस्नेलाई सहकारीले आफ्नै खेतीमा उत्पादन गरेका जैविक खाद्यपदार्थ खुवाउने गरिएको छ ।

पूर्व–पश्चिम राजमार्गको पाडाजुँगी चोकबाट ३० किलोमिटर दक्षिणमा चार वर्षदेखि सञ्चालनमा रहेको यो ‘कृषि घरबास’मा मासिक औसत आठ वटा सवारी साधन भाडामा लिएर पर्यटकहरु बास बस्ने गरी आउने गरेका छन् । कृषिको अध्ययन भ्रमण गर्नेहरु वर्सेनि ठूलो सङ्ख्यामा आउँछन् । एकान्त र शान्त ठाउँ भएकाले यहाँ आवासीय तालिमहरु हुने गरेका छन् । महिनामा औसत ५ देखि ७ दिन तालिमका कार्यक्रमहरु सञ्चालन हुने गरेको छ । सय जना पाहुनालाई बस्ने र खाने व्यवस्थापन गर्न सकिने चापागाईले बताउनुभयो । दुई सय जनासम्म पाहुना आउँदा छेउछाउका सदस्यको घरको कोठामा बस्ने व्यवस्था मिलाउने गरिएको र त्यसको आम्दानी सदस्यले नै पाउने गरेका छन् ।

कृषि पर्यटन क्षेत्र भएकाले किसानहरुले प्रयोग गरिरहेको प्रविधिको प्रदर्शनी हेर्न, बुझ्न र अध्ययन अवलोकन गर्न कृषि समूह, सहकारी समूह र विद्यार्थी समूह आउने गरेका छन् । नार्क र गौरादह नगरपालिकाको सहकार्यमा प्रविधि हस्तान्तण कार्यक्रमसमेत यहाँ सञ्चालन भइरहेको छ । गौरादहमा पर्यटक बस्ने अरु ठाउँ छैन । “पाहुना घरमा लजिङ, फुडिङ, बत्ती, पानी, शौचालय, बाथरुमको राम्रो व्यवस्था गरेका छौं,” चापागाई भन्नुहुन्छ–“एक जना मानिस बसेपछि तन्ना, सिरानी, सिरकका खोलहरु फेर्ने गरिएको छ । सफा सुग्घर राखिएको छ । बगैँचा भएकाले फोटो खिच्न र घुम्नका लागि टाढा जानुपर्दैन ।”

‘एक घर एक रोजगार’

किसानहरुको जीवनस्तर उकास्नका लागि सामूहिक खेती र पाहुना घरसँगै रोजगारीको अवसर सिर्जना हुने गरी महिला उद्यमशीलतालाई सहकारीले प्रोत्साहित गरेको अध्यक्ष ढकाल बताउनुहुन्छ । सहकारीका महिला सदस्यहरुले अचार, पापड, आलु चिप्स, दुग्ध परिकार लगायतका लघु खाद्य उद्योग सञ्चालनमा ल्याएका छन् । त्यसबाट ३५ परिवार स्वरोजगार भएका छन् भने २५ परिवारको हरेक घरका एक जनाले उद्योगमा रोजगारी पाएका छन् ।

नमूना सहकारी खेतीकै कारण ‘कृषि घरबास’ चलेको र लघु उद्योग सञ्चालनका कारण रोजगारीको सिर्जना भएकाले यहाँका हरेक महिला आर्थिक रुपमा आत्मनिर्भर बनेका छन् । नमूना खेतीअन्तर्गत माछापालन, प्याज खेती र तरकारी खेती समेत भइरहेको व्यवस्थापक अर्जुन खतिवडा बताउनुहुन्छ । नेपालमा हेपिएको व्यवसायमा लिइने गरिएको कृषिलाई सामूहिक रुपमा अभ्यास गर्दा किसान अधिक रुपमा लाभान्वित हुने भएकाले गौरादहका महिलाहरुले बिगत एक दशकदेखि सफल रुपमा प्रयोगमा ल्याएको यो कृषि विकासको मोडललाई अन्यत्र पनि प्रवर्द्धन गर्न सकिने सम्भावना देखिएको छ ।

Previous Post

औंलाहरूको छाला किन निस्कन्छ ?

Next Post

अन्नपूर्ण आरोहणको हिरक महोत्सव

metakhabar

metakhabar

सम्बन्धित खबर

तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने ‘ओपेक प्लस’को रणनीति
आर्थिक

मध्यपूर्व युद्धका कारण कच्चा तेलको मूल्यमा तीव्र वृद्धि

२५ फाल्गुन २०८२,
जापानले लामो दूरीको मिसाइल तैनाथ गर्दै
अन्तर्राष्ट्रिय

जापानले लामो दूरीको मिसाइल तैनाथ गर्दै

२५ फाल्गुन २०८२,
गृहमन्त्री अर्यालद्वारा काठमाडौँ प्रहरी परिसरको अनुगमन
आवाज

गृहमन्त्री अर्यालद्वारा काठमाडौँ प्रहरी परिसरको अनुगमन

२५ फाल्गुन २०८२,
दुई सय दश दिन पछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
आवाज

दुई सय दश दिन पछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य

२५ फाल्गुन २०८२,
पर्यटकीय गन्तव्य बन्दै लमजुङको ‘घनपोखरा होमस्टे’
फिचर-ब्यानर

पर्यटकीय गन्तव्य बन्दै लमजुङको ‘घनपोखरा होमस्टे’

२५ फाल्गुन २०८२,
प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना खुल्यो
फिचर-ब्यानर

निर्वाचन प्रहरीको बिदाइ बिहीबार

२५ फाल्गुन २०८२,
Load More
Next Post
अन्नपूर्ण आरोहणको हिरक महोत्सव

अन्नपूर्ण आरोहणको हिरक महोत्सव

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In