• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?

    ३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?

    साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह

    साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह

    आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै

    आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै

    निर्वाचन सुरक्षामा विवेकपूर्ण लाग्र्दै मतपेटिका ढुवानीसम्ममा प्रमुख भूमिका खेल्ने सेनाको प्रतिवद्धता

    नेपाली सेनाले माग्यो ४ हजार ५ सय जना कर्मचारी (सूचनासहित)

    वंशीघाट बस्तीमा चल्यो डोजर

    वंशीघाट बस्तीमा चल्यो डोजर

    सुनको भाउ नयाँ कीर्तिमानतर्फ, प्रतितोला २ लाख ६० हजार नाघ्यो

    सुनचाँदीको मूल्य वृद्धि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पर्यटकीय गन्तव्य बन्दै लमजुङको ‘घनपोखरा होमस्टे’

metakhabar by metakhabar
२५ फाल्गुन २०८२,
0
पर्यटकीय गन्तव्य बन्दै लमजुङको ‘घनपोखरा होमस्टे’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

घनपोखरा (लमजुङ) २५ फागुनः लमजुङको मर्स्याङदी गाउँपालिका–१ स्थित नायुँ र घनपोखरा होमस्टे पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।

विसं २०७२ को भूकम्पबाट क्षति पुगेको घनपोखराको गुरुङबस्ती पुनर्निर्माण गरेर विसं २०७६ साल (घरबास) होमस्टे सञ्चालन भएसँगै नायुँ र घनपोखरा घुम्न आउने पर्यटकको घुइँचो लाग्न थालेको हो ।

सार्क राष्ट्रकै नमूना गाउँका रुपमा परिचित घलेगाउँबाट जम्मा दुई किलोमिटर दूरीमा रहेको नायुँ र त्यसभन्दा केही माथि रहेको घनपोखरा पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकको घुमघाम गर्ने रोजाइको गन्तव्य बनेको हो ।

यहाँबाट मनास्लु, ङादीचुली, अन्नपूर्ण, अन्नपूर्ण (चौथो)लगायतका एक दर्जन बढी हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । लमजुङ मध्यनेपाल नगरपालिका–१ जिताबाट घनपोखरा घुम्न आउनुभएका सुमन घिमिरे घनपोखराको आतिथ्यता र त्यहाँबाट देखिने दृश्यावलोकनले आफूलाई ज्याँदै आनन्दित तुल्याएको बताउनुहुन्छ । यहाँको हावापानी र सुन्दर, मनोरम दृश्यले पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका छन् ।

नायुँ र घनपोखरा घुम्न आउने पर्यटकलाई घरबास सञ्चालकले गाउँघरमै उब्जाइएका धान, मकै, कोदो, भटमास, साग, सिस्नो, कुरिलो, टुसा, स्थानीय कुखुरा, खसीबोका, भेडाको मासुबाट तयार हुने स्वादिष्ट परिकार पस्कने गरेका छन् ।

आफ्ना कला संस्कृति जोगाइराख्न रोधीसमेत बस्ने गरेका छन् । गाउँमा आएका पर्यटकलाई स्वागत, सम्मान र बिदाइमा सेतो टीका, फूलको माला, गुच्छा र खादाबाट सम्मान गरिँदै आएको छ ।

यहाँबाट देखिने सूर्योदय र सूर्यास्तको दृश्यसँगै देखिने हिमाल, मस्र्याङ्दी नदी किनाराका फाँट, मिदिम नदीका किनाराले पर्यटकलाई थप आनन्दित बनाउँदै आएको छ ।

समुद्री सतहदेखि दुई हजार १५० उचाइमा रहेको रमणीय घनपोखरामा गुरुङ समुदायको ६५ घर रहेका छन् । जसमध्ये ११ घरमा होमस्टे सञ्चालन गरिएको छ । यो गाउँमा प्राचीन मौलिकता जोगाउने गरी परम्परागत घुमाउने घरसँगै स्थानीयको कला, संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ गुरुङ सङ्ग्रहालयसमेत स्थापना गरिएको छ ।

नायँु र घनपोखरामा मात्र एक रातमा १०० जना पाहुना सजिलै बस्न सक्छन् । नायुँ घनपोखरा होमस्टेका सञ्चालक कालीमाया गुरुङ शुक्रबार र शनिबार आफ्नो होमस्टे आउने पर्यटकको संख्या बढी हुने बताउनुहुन्छ । “यहाँ मासिक ४०० देखि ५०० पाहुनाहरु आउनुहुन्छ, शुक्रबार र शनिबार भने धेरै हुने गर्छ”, उहाँले भन्नुभयो ।

होमस्टेमा आएका पाहुनालाई जानेबित्तिकै ‘वेलकम ड्रिङ्क्स’, चिया, कफीले स्वागत गर्ने चलन रहेको छ । राती स्थानीयस्तरमा उत्पादित अग्र्यानिक खाना र बिहानको खाजा उपलब्ध गराउँदै आइएको सञ्चालक गुरुङ बताउनुहुन्छ । यहाँ जानवित्तिकैको खाजा, रातिको खाना, विहानको खाजा र सुतेको प्रतिव्यक्ति जम्मा रु एक हजार २५० शुल्क लाग्ने गरेको छ ।

मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ नायुँ र घनपोखराको पर्यटनलाई थप विकास गर्नका लागि गाउँपालिकाले योजना बनाएर काम गरिरहेको बताउनुहुन्छ । “होमस्टेलाई थप व्यवस्थित बनाउनका लागि स्थानीय तहमा उत्पादित खानालाई प्रोत्साहन गरेका छौँ”, उहाँले भन्नुभयो ।

त्यसैगरी घनपोखरा र नायुँको होमस्टेलाई थप व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि होमस्टे सञ्चालकलाई कुकिङ तालिम, होमस्टे सञ्चालन तालिम, विभिन्न बैठक तथा गोष्ठी सञ्चालन गरिरहेको अध्यक्ष गुरुङ बताउनुहुन्छ ।

घनपोखरा र नायुँमा चैत–वैशाखमा फुल्ने विभिन्न थरीका लालीगुराँस, फुल्ने काफल र ऐँसेलुले पर्यटकलाई थप लोभ्याउने गरेको छ । ग्रामीण जीवनशैलीलाई घनपोखराले जीवन्त राखेको छ । घनपोखरा लमजुङको सदरमुकाम बेँसीसहरबाट २७ किलोमिटर पार गरेपछि पुगिन्छ । यहाँ जानका लागि ठूलो बसमा रु ३५० र जिपमा रु ४५० भाडा लाग्ने गरेको छ । पछिल्लो समय लमजुङ सदरमुकाम बेँसीसहर, काठमाडौँ र पोखराबाट घनपोखरा र नायुँ जाने पाहुनाहरु बढेका छन् ।

Previous Post

निर्वाचन प्रहरीको बिदाइ बिहीबार

Next Post

दुई सय दश दिन पछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य

metakhabar

metakhabar

सम्बन्धित खबर

३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?
फिचर-ब्यानर

३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?

१८ बैशाख २०८३,
साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह
फिचर-ब्यानर

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह

१८ बैशाख २०८३,
आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै
फिचर-ब्यानर

आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै

१८ बैशाख २०८३,
निर्वाचन सुरक्षामा विवेकपूर्ण लाग्र्दै मतपेटिका ढुवानीसम्ममा प्रमुख भूमिका खेल्ने सेनाको प्रतिवद्धता
फिचर-ब्यानर

नेपाली सेनाले माग्यो ४ हजार ५ सय जना कर्मचारी (सूचनासहित)

१८ बैशाख २०८३,
वंशीघाट बस्तीमा चल्यो डोजर
फिचर-ब्यानर

वंशीघाट बस्तीमा चल्यो डोजर

१८ बैशाख २०८३,
सुनको भाउ नयाँ कीर्तिमानतर्फ, प्रतितोला २ लाख ६० हजार नाघ्यो
आर्थिक

सुनचाँदीको मूल्य वृद्धि

१८ बैशाख २०८३,
Load More
Next Post
दुई सय दश दिन पछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य

दुई सय दश दिन पछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In