• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

    केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

    देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

    देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

    सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

    सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो

    विद्युत् प्रवाहमा अवरोध हटाउन जनशक्तिको व्यवस्था

    विद्युत् प्रवाहमा अवरोध हटाउन जनशक्तिको व्यवस्था

    जेनजी आन्दोलनमा सुरक्षाकर्मीले आत्तिएर धेरै गोली चलाउँदा सुरक्षा व्यवस्थापनमा कमजोरी : अध्ययन समिति

    जेनजी आन्दोलनमा सुरक्षाकर्मीले आत्तिएर धेरै गोली चलाउँदा सुरक्षा व्यवस्थापनमा कमजोरी : अध्ययन समिति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पोखरा विमानस्थल अनियमितता प्रकरणः लेखा समितिमा पुगेको संसदीय उपसमितिको प्रतिवेदन नै ‘संशयपूर्ण’ !

metakhabar by metakhabar
१७ बैशाख २०८२,
0
पोखरा विमानस्थल अनियमितता प्रकरणः लेखा समितिमा पुगेको संसदीय उपसमितिको प्रतिवेदन नै ‘संशयपूर्ण’ !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । पोखरा विमानस्थल निर्माणमा १० अर्ब भन्दा बढी भ्रष्टाचार भएको भन्दै राजेन्द्र लिङदेन नेतृत्वको संसदीय उपसमितिले सार्वजनिक लेखा समितिलाई बुझाएको प्रतिवेदन संशयपूर्ण देखिएको छ ।

नीतिगत निर्णय गरेर भ्रष्टाचार गरेका राजनीतिज्ञलाई उन्मुक्ति दिएर ल्याइएको प्रतिवेदनमा पर्याप्त अध्ययन बिनै ल्याइएका कारण थप संशयपूर्ण बनेको हो ।

उपसमितिका सदस्यहरु एमाले सांसद एवं पूर्वमन्त्री गोकुल बास्कोटा, एमालेकै तारा लामा तामाङले फरक राय व्यक्त गरेको प्रतिवेदनमा प्रतिशोध राखेरै अध्ययन बिनै ६ निष्कर्ष निकालिएको र कारबाहीको सिफारिस गरेको तथ्यहरुले देखाएका छन् ।

उपसमितिको प्रारम्भिक प्रतिवेदनमा परियोजना शुरुवात गर्ने तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालदेखि उद्घाटन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालसम्मको नाम समेटिएको थियो । सम्बन्धित सरकारसँगै तत्कालीन अर्थमन्त्री र पर्यटन मन्त्रीको नाम पनि प्रारम्भिक प्रतिवेदनमा उल्लेख थियो । तर सार्वजनिक प्रतिवेदनमा कुनैपनि राजनीतिक व्यक्तिको नाम संलग्न छैन ।

प्राप्त विवरणअनुसार विवरणअनुसार निर्णयकर्ता एक र कारबाहीको सिफारिस अर्कैलाई गरेर उपसमिति नेतृत्वको नियतमाथि नै प्रश्न खडा गरेको छ । प्रतिवेदनले विमानस्थलको सम्भाव्यता अध्ययनदेखि निर्माण सम्पन्नहुँदा सम्मको नीतिगत, प्रक्रियागत र कार्यान्वयनमा संलग्नलाई कारबाहीको सिफारिस गरेको छ ।

उड्डयन प्राधिकरणका तत्कालिन पदाधिकारीहरु महानिर्देशक इन्जिनियर प्रदीप अधिकारी, पोखरा अन्तर्राष्टिय विमानस्थलका प्रमुख विनेश मुनकर्मी सहितका उच्च अधिकारीलाई गरिएको सिफारिस आफैँमा विरोधाभाष रहेको तथ्यहरुबाट देखिएको छ ।

पोखरा विमानस्थलको ठेक्का सम्झौता २०७१ जेठ ८ गते भएको थियो । नागरिक उड्ययन प्राधिकरण र चाइना सीएएमसी इन्जिनीयरिङ कम्पनीबीच २२ मे २०१४ अर्थात २०७१ को जेठ ८ मा ठेक्का सम्झौता भएको थियो ।

त्यतिबेला हालका महानिर्देशक आठौं तहका इन्जिनियर अधिकारी पोखरा विमानस्थल प्रमुखको जिम्मेवारीमा थिएनन् । ठेक्का सम्झौता भएको दुई महिनापछि अर्थात २०७१ साउन १४ गतेको निर्णयअनुसार प्रदीप अधिकारीलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आयोजना प्रमुखको जिम्मेवारी दिइएको थियो ।

उक्त सम्झौतामा प्राधिकरणको महानिर्देशकका रूपमा रतिशचन्द्रलाल सुमनले हस्ताक्षर गरेका छन् भने चाइनिज ठेकेदार कम्पनीका तर्फबाट लुओ यानले हस्ताक्षर गरेका छन् ।

लिङदेन नेतृत्वको उपसमितिले बनाएको प्रतिवेदनमा प्राधिकरणका तर्फबाट हस्ताक्षर गर्ने सुमनको नाम कारवाही सिफारिसमा उल्लेख नगर्नुले उपसमितिको नेतृत्वकर्तामाथि शंका उब्जाएको छ ।

विमानस्थल निर्माण शुरु गर्नु अगाडि पर्यटनमन्त्री भीमप्रसाद आचार्यको अध्यक्षतामा बसेको प्राधिकरणको सञ्चालक समिति बैठकले बोलपत्र स्वीकृत गर्ने निर्णय गरेको थियो । त्यो बैठकमा सदस्यका रुपमा सूर्यप्रसाद आचार्य, मनोज कार्की, फुर्वा छिरिङ शेर्पा र रञ्चनकृष्ण अर्याल सदस्यका रुपमा तथा सुमन सदस्यसचिवका रुपमा उपस्थित थिए । विमानस्थल निर्माणको निर्णय २०७१ साल जेठ ८ गतेको मन्त्रिपरिषद् बैठकबाट भएको थियो ।

त्यस्तै उपसमितिले पोखरा अन्तर्राष्टिय विमानस्थलका प्रमुख विनेश मुनकर्मीलाई दोषी करार गर्न खोजिएको छ । तर ठेक्का सम्झौता हुँदासम्म यी संलग्न नरहेको प्राप्त गरेको तथ्यले देखाउँछ । २०६८ सालको पुस १ गते सञ्चालक समिति सदस्य मनोज कार्कीको अध्यक्षतामा बसेको क्यानको २४७ औं बैठकले लागत अनुमान परिमार्जन गर्ने निर्णय गरेको थियो ।

उक्त बैठकमा तत्कालीन पर्यटनमन्त्री लोकेन्द्र विष्ट मगर, सहसचिव लोकबहादुर खत्री, ज्योति अधिकारी, मनोज कार्की, फुर्वा छिरिङ शेर्पा, रामप्रसाद न्यौपाने र आमन्त्रित सदस्यका रूपमा मन्त्रालयका अर्का सहसचिव रञ्जनकृष्ण अर्याल उपस्थित थिए । २०६८ को चैत २४ मा क्यानको २५० औं बैठक बसेको तथ्यले देखाउछ ।

उक्त बैंठकले परिमार्जित लगत इस्टिमेट बिड डकुमेण्ट स्वीकृत गरेको थियो । जसमा तत्कालीन मन्त्री विष्टलगायत अधिकांश सदस्यहरू माथि उल्लेखित नै थिए । तर त्यतिबेला महानिर्देशकका रूपमा भने त्रिरत्न मानन्धर आइसकेका थिए । त्यसअघिका निरन्तरका बैठकमा अधिकारी र मुनकर्मीको निर्णय प्रक्रियामा कतै संलग्नता देखिँदैन ।

संलग्न नै नभएकाहरुलाई अनियमिततामा मुछ्ने र प्रत्यक्ष रुपमा जोडिएका राजनीति नेतृत्वकर्तालाई उन्मुक्त दिने उपसमितिको प्रतिवेदन कार्यान्वयनमै जानेमा शंका पैदा भएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा खासगरी निर्णय गर्ने गराउनेमा सत्तारुढ दलकै ठूला नेताहरु समेत जोडिन्छन् । पटकपटक गरी २ अर्ब भन्दा बढी राजश्व छुटको सिफारिस र सैद्धान्तिक सहमति हालका प्रधानमन्त्री केपी शर्मा ओली र देशकै ठूलो दल नेपाली काँग्रेसको सरकार भएकै बेलामा भएको थियो ।

उपसमितिकाअनुसार २०७४ चैतदेखि २०७८ असोजसम्म सात पटक कर छुटको निर्णय भएको देखिन्छ । अर्थ मन्त्रालयले पठाएको विवरणपत्रमा निर्णय प्रक्रियामा संलग्नहरूको नाम छैन । त्यो अवधिमा पदमा अर्थमन्त्री डा. युवराज खतिवडादेखि जनार्दन शर्मा थिए ।

उनीहरुले गरेको नीतिगत निर्णयका कारण राज्यले २ अर्ब भन्दा बढी राजश्व गुमाउनुपरेको थियो । दुवैको प्रत्यक्ष संलग्नता देखिएपनि उपसमितिले कारबाहीको सिफारिस गरेको छैन ।

हरेक नीतिगत निर्णयको जिम्मेवार सरकार प्रमुख प्रधानमन्त्री हुने भएकाले तत्कालिन समयका प्रधानमन्त्रीहरु देउवा–ओली हुनुपर्नेमा कारबाहीको सिफारिस गर्न समिति हच्किएको देखिन्छ ।

कर छुटको निर्णय प्रक्रियामा तत्कालिन पर्यटनमन्त्री रविन्द्र अधिकारी पनि देखिन्छन् भने तत्कालिन सचिवहरु कृष्णप्रसाद देवकोटा, मोहोनकृष्ण सापकोटा, केदारबहादुर अधिकारीसहित तत्कालिन राजश्व सचिव शिशिरकुमार ढुंगाना, मधुकुमार मरासिनी, कृष्णहरी पुस्कर समेत संलग्न देखिन्छ ।

२०७७ असोजमा कर छुट दिँदा पर्यटनमन्त्री योगश भट्टाई थिए । एमालेकै नेताले नेतृत्व गरेको बेलामा सचिव केदारबहादुर अधिकारीले कर छुटको सिफारिस निर्णय गराएर अर्थ मन्त्रालय पठाएका थिए ।

यति धेरैको सहभागितामा अनियमितता भएपनि उपसमितिले नजरअन्दाज गरेको छ । नामै किटान नगर्नुले यो सिफारिस कागजमै सिमित हुने खतरा बढेको छ ।

Previous Post

बारामा लागूऔषधका साथ १ भारतीयसहित २ जना पक्राउ

Next Post

‘इन साइट अफ लाइभ २०३०’ अन्तर्राष्ट्रिय सम्मेलन सुरु

metakhabar

metakhabar

सम्बन्धित खबर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन
आर्थिक

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

१६ असार २०८३,
देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल
समाचार

देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

१६ असार २०८३,
सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन
समाचार

सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

१६ असार २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
आर्थिक

नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो

१६ असार २०८३,
विद्युत् प्रवाहमा अवरोध हटाउन जनशक्तिको व्यवस्था
फिचर-ब्यानर

विद्युत् प्रवाहमा अवरोध हटाउन जनशक्तिको व्यवस्था

१६ असार २०८३,
जेनजी आन्दोलनमा सुरक्षाकर्मीले आत्तिएर धेरै गोली चलाउँदा सुरक्षा व्यवस्थापनमा कमजोरी : अध्ययन समिति
फिचर-ब्यानर

जेनजी आन्दोलनमा सुरक्षाकर्मीले आत्तिएर धेरै गोली चलाउँदा सुरक्षा व्यवस्थापनमा कमजोरी : अध्ययन समिति

१६ असार २०८३,
Load More
Next Post
‘इन साइट अफ लाइभ २०३०’ अन्तर्राष्ट्रिय सम्मेलन सुरु

‘इन साइट अफ लाइभ २०३०’ अन्तर्राष्ट्रिय सम्मेलन सुरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In