• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

    नवरात्रको सातौँ दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लामो लाम

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

    सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग

    दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

    जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र

    बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

वर्षाले मुस्ताङमा फुल्न लागेको स्याउका बोटमा असर, उत्पादन घट्ने प्रक्षेपण

metakhabar by metakhabar
१६ बैशाख २०८२,
0
वर्षाले मुस्ताङमा फुल्न लागेको स्याउका बोटमा असर, उत्पादन घट्ने प्रक्षेपण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुस्ताङ। मुस्ताङमा भइरहेको वर्षाले फुल्न लागेको स्याउका बोटमा नकारात्मक असर पुर्याएको छ। यसका कारण यस वर्ष स्याउ उत्पादनमा कमी आउने प्रक्षेपण गरिएको छ। जिल्लामा स्थानीय जातका स्याउका बोटमा यस वर्ष निकै कम फूल फुलेको थियो। वर्षा निरन्तर भइरहेकाले थोरै फुलेका फूलहरूमा पनि असर परेको शीतोष्ण बागवानी विकास केन्द्र मार्फा फार्मका कार्यालय प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिए।

उनले भने, “गत वर्ष धेरै फूल फुलेकाले स्याउ उत्पादन पनि बढी भएको थियो। तर यस वर्ष बोटमा सञ्चित ऊर्जा कम भएकाले फूल पनि निकै कम फुलेको थियो। त्यसमाथि हावा र पानीले फुलेका फूललाई पनि असर गर्यो। स्याउ बोटमा धेरै फूल फुल्नका लागि पर्याप्त ऊर्जा चाहिन्छ। यदि एक वर्ष धेरै फल लाग्यो भने अर्को वर्ष फूल फुलाउन बोटले आवश्यक सञ्चित ऊर्जा प्राप्त गर्न सक्दैन।”

केन्द्र प्रमुख आत्रेयका अनुसार जिल्लामा गत वर्ष स्याउ उत्पादन राम्रो थियो। गत वर्ष सात हजार ३३० मेट्रिक टन स्याउ उत्पादन भएको थियो, जुन अघिल्लो वर्षको तुलनामा सात सय ३४ मेट्रिक टनले बढी हो।

जिल्लाका स्थानीय जातका स्याउ बगैँचामा फूल कम देखिए पनि उच्च घनत्व प्रविधिमा आधारित (हाइब्रिड) स्याउका बोटमा भने खासै असर नपुगेको उनले बताए। “हामीले कोवाङ, टुकुचे, मार्फा, स्याङ, ठिनी, जोमसोम र मुक्तिनाथका स्याउ बगैँचाको अवलोकन गरेका थियौँ। त्यहाँ स्थानीय जातका बोटमा फूल निकै कम देखिए पनि हाइब्रिड स्याउमा भने खासै असर परेको पाइएन।” यस वर्ष स्थानीय जातका स्याउ कम फल्ने देखिए पनि हाइब्रिड स्याउ उत्पादनमा खासै असर नपर्ने उनको भनाइ छ।

जिल्लामा स्याउ उत्पादनका लागि मौसम पनि प्रतिकूल बनेको छ। स्याउको फूल फुल्दै गरेको अवस्थामा लगातारको वर्षा र कुहिरोले गर्दा फूलमा फल लाग्न बाधा पुगेको छ। अगौटे जातका फलफूलमा भने वर्षाले असर नगरेको तर ढिलो गरी फूल फुल्ने मध्यम जातका फलफूल खेतीलाई निरन्तरको वर्षा र कुहिरोले असर पुर्याउने उनले बताए।

यहाँ फरकफरक स्थानमा लगाइएको स्याउ बगैँचामा तापक्रममा आएको भिन्नताका कारण कुनै ठाउँमा ढिलो फूल फुलेको छ भने कुनै ठाउँमा फूल फुलेर फल लागिसकेको छ। फूल लागेको स्याउ बोटमा वर्षाले खासै असर नगर्ने केन्द्रले जनाएको छ।

थासाङ–१ टुकुचेका किसान सरोज तुलाचनले यस वर्ष यहाँका स्याउ बगैँचामा एकदमै कम फूल फुलेकाले उत्पादन घट्ने देखिएको जानकारी दिए। उनले भने, “स्थानीय जातका स्याउ बोटमा असर पर्ने देखिए पनि उच्च घनत्वमा प्रविधिमा आधारित स्याउ खेतीमा भने खासै असर पर्दैन।”

Previous Post

वर्षाले फुल्न लागेको स्याउका बोटमा असर

Next Post

पोखरा विमानस्थल घोटाला : क्यानका बहालवाला र पूर्वअधिकारीहरू कारवाहीको दायरामा

metakhabar

metakhabar

सम्बन्धित खबर

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
जीवन शैली

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

१ कार्तिक २०८३,
सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ
जीवन शैली

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

१ कार्तिक २०८३,
आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
आवाज

नवरात्रको सातौँ दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लामो लाम

१ कार्तिक २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

१ कार्तिक २०८३,
सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग
आर्थिक

दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

१ कार्तिक २०८३,
जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र
आवाज

बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ

१ कार्तिक २०८३,
Load More
Next Post
पोखरा विमानस्थल घोटाला : क्यानका बहालवाला र पूर्वअधिकारीहरू कारवाहीको दायरामा

पोखरा विमानस्थल घोटाला : क्यानका बहालवाला र पूर्वअधिकारीहरू कारवाहीको दायरामा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In