• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन

    प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ऐतिहासिक बनेपामा नवदुर्गा जात्राको रौनक, ‘ङा–लाकेगु’ मुख्य आकर्षण

metakhabar by metakhabar
१३ बैशाख २०८२,
0
ऐतिहासिक बनेपामा नवदुर्गा जात्राको रौनक, ‘ङा–लाकेगु’ मुख्य आकर्षण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काभ्रेपलाञ्चोक। ऐतिहासिक सहर बनेपामा नवदुर्गा जात्रा धुमधामका साथ मनाइँदै छ। शुक्रबारदेखि सुरु भएको तीन दिने जात्रामा विशेष गरी भैरव (देवगण) को परम्परागत ‘ङा–लाकेगु’ नाच प्रदर्शन भइरहेको छ। जात्राको पहिलो दिन बनेपा बजारका विभिन्न मन्दिरहरूमा विशेष पूजाअर्चना गरिएको थियो।

जात्राको मुख्य आकर्षण श्वेतभैरवको ‘ङा–लाकेगु’ नाच साँझपख सहरका डबलीहरूमा प्रस्तुत गरिन्छ। जात्रा अवधिभर स्थानीयले नवदुर्गाको प्रतीक मानिने ‘पासुका’ (रङ्गीचङ्गी धागोको माला) र ‘मोहनी’ (कालो टीका) धारण गर्छन्। जात्राको अन्तिम दिन देवगणले नवदुर्गाको भेषमा विशेष नाच प्रस्तुत गर्नुका साथै प्रतीकात्मक रूपमा ‘माछा मार्ने’ कार्य सम्पन्न गरेपछि जात्रा समापन हुन्छ।

जात्रा–संस्कृति अनुसार वैशाख महिनामा भक्तपुरबाट नवदुर्गाको आगमन हुने धार्मिक विश्वास रहेको छ। तीन दिनसम्म नवदुर्गाले विभिन्न हाउभाउका साथ बनेपाका ऐतिहासिक डबलीहरूमा नृत्य प्रदर्शन गर्छन्। नवदुर्गाको आगमनमा स्थानीयले आफ्ना घरबाट विशेष पूजा सामग्रीसहित स्वागत तथा पूजाअर्चना गरेका थिए। यस क्रममा श्रद्धालु भक्तजनले पञ्चबलि दिने र नवदुर्गा देवगणलाई भोजन गराउने परम्परा रहेको स्थानीय कान्छामान रञ्जितले जानकारी दिए।

बनेपा नगरपालिका–७ स्थित तीनधारा डबलीमा समापनको अवसरमा हुने नवदुर्गा जात्रामा नवदुर्गाको भेषमा सजिएका देवगणहरूको नाच हेर्न स्थानीयको ठूलो भीड लाग्ने गर्दछ। जात्राको क्रममा श्वेतभैरवले मान्छेरुपी माछा (स्थानीय व्यक्ति) लाई समात्न खोज्ने र जात्रामा सहभागी स्थानीय मुखमा हातले थपथपाएर आवाज निकाल्दै भाग्ने अनौठो चलन छ। यसरी भागेकाहरूलाई श्वेतभैरवले पक्रन खोज्दा देवगणद्वारा समातिएमा ‘अपसकुन’ हुने जनविश्वासका कारण मानिसहरू भागाभाग गर्छन्।

नवदुर्गा जात्रा बनेपाका साथै काभ्रेपलाञ्चोकको पनौती, धुलिखेल, चौकोट, श्रीखण्डपुर लगायतका स्थानमा पनि मनाउने प्रचलन छ। बनेपामा जात्रा सम्पन्न भएपछि नवदुर्गा पनौती प्रस्थान गर्ने मान्यता रहेको छ। रञ्जितका अनुसार नवदुर्गा जात्राको मुख्य आकर्षण ‘ङा लाकेगु’ अर्थात् माछा मार्ने जात्रा हो। यो जात्रामा विभिन्न परम्परागत बाजागाजाको तालमा देवगणहरूले विशेष नृत्य प्रस्तुत गर्छन्। माछा मार्ने जात्रा सुरु हुनुअघि दक्षिणा माग्ने चलन छ र त्यसपछि ‘ङा–लाकेगु’ को विशेष प्रस्तुति हुन्छ। यस जात्रामा ‘दुम्ब’ ले पहिलो पटक माछा मार्ने जात्रा गर्दछ र जात्रामा सहभागी युवा लगायत मानिसहरूलाई देवताले लखेट्ने गर्छन्। यसरी लखेट्दा दुम्बदे समात्यो भने अशुभ हुने जनविश्वास रहेको छ।

Previous Post

प्रधानमन्त्री ओलीद्वारा लुम्बिनीमा लिटिल बुद्धको मूर्तिको अनावरण

Next Post

हिमालसम्मै पुग्यो औलो, हुम्ला उच्च जोखिममा

metakhabar

metakhabar

सम्बन्धित खबर

विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन
आवाज

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

४ भदौ २०८३,
ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी
आर्थिक

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

४ भदौ २०८३,
सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी
फिचर-ब्यानर

सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

४ भदौ २०८३,
इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

४ भदौ २०८३,
आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन
फिचर-ब्यानर

आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

४ भदौ २०८३,
बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ
आर्थिक

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

४ भदौ २०८३,
Load More
Next Post
हिमालसम्मै पुग्यो औलो, हुम्ला उच्च जोखिममा

हिमालसम्मै पुग्यो औलो, हुम्ला उच्च जोखिममा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In