• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण

    सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण

    स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन

    स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन

    रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था

    रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था

    कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने

    कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

    सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘आँखा उपचारमा नेपाल आँखा अस्पतालको योगदान महत्त्वपूर्ण’

by
२७ चैत्र २०८१,
0
‘आँखा उपचारमा नेपाल आँखा अस्पतालको योगदान महत्त्वपूर्ण’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आँखा उपचारमा जनताको पहुँच विस्तार, सर्वसुलभ र गुणस्तरीय बनाउन नेपाल आँखा अस्पतालको योगदान महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको ५१ औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले आँखाको गुणस्तरीय उपचारसँगै आँखा रोग न्यूनीकरणसम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो । मन्त्री चौधरीले भन्नुभयो, “अस्पतालको प्राथमिकता भनेको दुर्गम क्षेत्रमा निःशुल्क शिविर सञ्चालन, आँखा रोगीलाई गुणस्तरीय सेवा प्रदान र जनचेतना अभिवृद्धि गर्नु हो ।”

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले सार्वजनिक–निजी अवधारणाको राम्रो नमूना मन्त्रालयले आँखा उपचारका क्षेत्रमा देखेको हुनाले स्वास्थ्य नीतिमा त्यस अवधारणालाई समेटिएको बताउनुभयो । उहाँले भन्नुभयो, “आधारभूत स्वास्थ्य राज्यले निःशुल्क दिनुपर्छ भन्ने मान्यताअनुरुप त्यस विषयलाई सरकार आफैँले जिम्मेवारी लिनुपर्छ भन्ने सोच अघि बढाएको छ । त्यसका लागि अस्पतालले आधारभूत स्वास्थ्य सेवा निःशुल्क गरी राज्यको अभियानलाई सहयोग पु¥याउनुस् ।”

अस्पताल सञ्चालक समितिका अध्यक्ष डा गोपालप्रसाद पोखरेलले अस्पतालले आँखा उपचार सेवा, त्यससँग सम्बन्धित शैक्षिक कार्यक्रम र जनहितका अरु कार्यक्रम सञ्चालन गर्दै सेवाको दायरालाई विस्तार गरिरहेको जानकारी दिनुभयो ।

पूर्वअध्यक्ष विश्वकान्त मैनालीले अस्पतालको आर्थिक स्रोतको पारदर्शीताकासँगै आँखा उपचारका क्षेत्रमा तत्काल नतिजा आउने पक्षमा स्रोत केन्द्रित गर्न सुझाव दिनुभयो । अस्पतालका संस्थापक सदस्य डा बद्रीराज पाण्डेले गैरसरकारी संस्थाकारुपमा रहेको नेपाल आँखा अस्पतालले आँखा उपचारको क्षेत्रमा सुलभ मूल्यमा अन्तरराष्ट्रियस्तरको सेवा दिइरहेको बताउनुभयो ।

अस्पताल सञ्चालक समितिका सचिव युद्धध्वज सापकोटाले अस्पतालद्वारा प्रदान गरिएका उपचार सेवा र सञ्चालित विभिन्न कार्यक्रमबारे जानकारी दिनुभयो । २०३० चैत २६ गते स्थापना भएको उक्त अस्पतालले अघिल्लो आर्थिक वर्षमा एक लाख ६२ हजार ९७६ जनालाई आँखा उपचार सेवा प्रदान गरेको थियो भने चालु आर्थिक बर्षको आठ महिनामा एक लाख बढीको आँखा उपचार गरिसकेको छ ।

अस्पतालले अघिल्लो वर्ष ११ हजार ७९२ जनाको आँखाको शल्यक्रिया गरेको थियो । अस्पताल सञ्चालक समितिका कोषाध्यक्ष डा अनिल गोर्खालीले आँखा उपचारका क्षेत्रमा अग्रणी संस्थाका रुपमा रहेको उक्त अस्पतालले विश्वमा प्रयोगमा आएका नयाँ प्रविधिको प्रयोग गर्दै सर्वसाधारणलाई छिटोछरितो र गुणस्तरीय सेवा पु¥याइरहेको बताउनुभयो ।

पछिल्लो समय अस्पतालले सेवाग्राहीको प्रतीक्षाको समयलाई एक घण्टामा सीमित गरेको छ । अस्पतालले दैनिक ६०० देखि ९०० जनासम्मलाई उपचार गरिरहेको छ ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईंले अस्पतालको मूल उद्देश्य आँखासम्बन्धी रोगको उपचार गरी मानिसको जीवनमा पुनः उज्यालो ल्याउनु रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “आँखा उपचारको क्षेत्रमा जनतालाई विशिष्टीकृत, सर्वसुलभ र गुणस्तरीय दिइरहेको छ ।”

अस्पतालले आँखाको विशिष्ट सेवा मोतियाविन्दु, रेटिना, अकुलोप्लाष्टी, कर्निया, जलविन्दु, बाल आँखा सेवालगायत आरओपीको लागि अलग्गै विभागबाट १६ नेत्र विशेषज्ञ एवं १२५ कर्मचारीद्वारा सेवा प्रदान गर्दै आएको छ ।

अस्पतालले गएको दुई वर्षदेखि कम तौल र अवधि पुरा नभइ जन्मेका शिशुमा हुने दृष्टि पर्दाको रोगको उपचार (आरओपी) हालसम्म ९४५ शिशुका आँखा परीक्षण गरेको छ ।

बाराको सिमरा र गोरखाको भच्चेकमा आँखा उपचार केन्द्र तथा उपत्यकाभित्र सुन्दरीजल र खोकनामा भिजन सेन्टरको सेवालाई अझ प्रभावकारी बनाई अस्पतालको रेफरल प्रणालीलाई अझ प्रभावकारी बनाइएको अस्पतालले जनाएको छ ।
—

Previous Post

भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्छ : महामन्त्री थापा

Next Post

पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम

सम्बन्धित खबर

सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण
समाचार

सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण

२७ जेष्ठ २०८३,
स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन
समाचार

स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन

२७ जेष्ठ २०८३,
रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था
समाचार

रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था

२७ जेष्ठ २०८३,
कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने
फिचर-ब्यानर

कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने

२७ जेष्ठ २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
फिचर-ब्यानर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

२७ जेष्ठ २०८३,
सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’
फिचर-ब्यानर

सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

२७ जेष्ठ २०८३,
Load More
Next Post
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम

पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In