• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, July 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    तीनदीनसम्म देशभर मौसम सक्रिय नरहने

    दुईदिने बिदाले गुल्जार बन्यो सौराहा, चितवनका ५० प्रतिशत होटल भरिए

    दुईदिने बिदाले गुल्जार बन्यो सौराहा, चितवनका ५० प्रतिशत होटल भरिए

    फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापि

    फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापि

    नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलि उद्घाटन गरिँदै, आकस्मिक सवारीलाई मात्र अनुमति

    नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलि उद्घाटन गरिँदै, आकस्मिक सवारीलाई मात्र अनुमति

    नुल आँधीको प्रभाव बढ्दै जाँदा चीनमा २० हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्त्रण

    नुल आँधीको प्रभाव बढ्दै जाँदा चीनमा २० हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्त्रण

    डा. केसीसँग संवादका लागि सरकारको टोली धनगढीमा, आजै वार्ता हुने

    डा. केसीसँग संवादका लागि सरकारको टोली धनगढीमा, आजै वार्ता हुने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चन्द्रनगरमा दलित र गैरदलितको सहभागितामा ‘महायज्ञ’

by
२४ चैत्र २०८१,
0
चन्द्रनगरमा दलित र गैरदलितको सहभागितामा ‘महायज्ञ’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बरहथवा (सर्लाही) : सिराहाको औरही गाउँपालिका–५, मा महायज्ञको नाममा जातीय विभेद गरेको घटनाको सेलाएको छैन । त्यसविपरीत सर्लाहीमा भने विभिन्न नाममा हुने विभेदका घटनालाई चुनौती दुवै समुदाय मिलेर महायज्ञ आयोजना गरिएको छ ।

जिल्लाको चन्द्रनगर गाउँपालिका–२, बबरगन्जमा दलित र गैरदलित समुदायका अगुवाहरूको नेतृत्वमा विश्वकल्याणको कामनासहित यही चैत २० गतेबाट नवाह महायज्ञ सञ्चालन भइरहेको छ । बबरगन्जस्थित सवरी कुटी हनुमान मन्दिर परिसरमा सामूहिक रूपमा महायज्ञको आयोजना गरिएको वडाध्यक्ष शम्भु साह तेलीले जानकारी दिनुभयो । महायज्ञमा दलित समुदायलाई प्रतिनिधित्व गर्ने गुरुद्वय रामचन्द्र दास र बिसुनी दासले कथावाचन गरिरहनुभएको छ । महायज्ञ नौ दिनसम्म सञ्चालन हुने आयोजक समितिका संयोजक मनोज दासले जानकारी दिनुभयो । कथाश्रवणका लागि नजिकैका गाउँबाट सबै समुदायका सयौँ स्थानीय दैनिकजसो सहभागी भइरहेका उहाँले बताउनुभयो ।

आयोजक समिति सदस्य देवनारायण महतोले सबैको सल्लाहबमोजिम सामाजिक सन्देश प्रवाह गर्ने गरी मन्दिरमा महायज्ञ आयोजना गरिएको बताउनुभयो । भगवान र धर्मको नाममा उचनीच भेदभाव गर्न नहुने सन्देश दिन महायज्ञ सफल हुने उहाँको विश्वास छ । “धर्म र भगवानको कुरा गर्दा सबै समान छौँ । सानो ठूलो भनेर जातको कुरा र विभेद गरे कसरी पुण्य हुन्छ ?”, उहाँले प्रश्न गर्नुभयो, “यो त अपमान भयो, भगवानको घरमा हामी सबै समान हौँ । कसैलाई उहाँले काखा र पाखा गर्नुहुन्न । त्यो भावना पालेर गरिने काम धर्म होइन ।”

समितिका अर्का सदस्य रुपलाल महतोले आफ्नो समाजमा हरेक मठमन्दिरमा हुने पूजाआजामा सबैको साझा प्रतिनिधित्व रहेको बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले मधेशमा जातीय हिसाबले दलित भनेर हेपिएका दास समुदायकै युवाहरूको अगुवाईमा सुरु भएको महायज्ञले समाजमा जातका पक्षपातीलाई गतिलो जवाफ दिएको बताउनुभयो । यस महायज्ञले समाजलाई एकताको सूत्रमा बाँध्ने काम गरेको उहाँको भनाइ छ । “केही दिन पहिला मात्र महायज्ञ लगाउने नाममा सर्लाहीमा दलित परिवारको उठिबास लगाएको घटना बाहिरिएको थियो । त्यति मात्रै होइन दलित परिवारको घरले चर्चेको स्थानको माटो खनेर फालेको खबर पनि सुन्यौँ”, अध्यक्ष महतोले भन्नुभयो,“यहाँ दलित र गैरदलित समुदायको आयोजनामा भएको नवाह महायज्ञमा दलित समुदायका दुई जना गुरुहरूले कथावाचन गरिरहनु भएको छ । त्यसको आनन्द सबै समुदायका नागरिकले लिइरहेका छन् । यो एक उदाहरणीय कार्य हो । धर्मले समाजलाई तोड्ने नभई जोड्ने काम गर्नुपर्छ । त्यो सन्देश दिन सफल भएका छौँ ।”

महायज्ञ स्थलमा भगवान विष्णुका ५२ अवतारको प्रतिमासमेत निर्माण गरिएका छन् । स्थानीय मूर्तिकार तनकी दासले उक्त मूर्ति निर्माण गर्नु भएको महायज्ञ आयोजक मूल समारोह समितिका संयोजक दासले बताउनुभयो । गाउँका स्थानीय अगुवा तथा सामाजिक व्यक्तिहरूको सहभागितामा माना मुठी सहयोग सङ्कलन गरेर महायज्ञ भइरहेको उहाँले जानकारी दिनुभयो ।
महायज्ञमा दैनिक पाठ पारायण, भजनकीर्तन तथा झाकी प्रदर्शन भइरहेको आयोजक समिति सदस्य संजीप साहले बताउनुभयो । समितिमा गैरदलित समुदायबाट राम इकवाल महतो, परशुराम झा, वंशिलाल महतो र गौरी महतोलगायत रहनुभएको छ ।

Previous Post

‘बेसहारालाई प्रदेश सरकारले उपचार गर्छ’

Next Post

राष्ट्रपतिद्वारा सेतो मच्छेन्द्रनाथको दर्शन

सम्बन्धित खबर

आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
फिचर-ब्यानर

तीनदीनसम्म देशभर मौसम सक्रिय नरहने

१० साउन २०८३,
दुईदिने बिदाले गुल्जार बन्यो सौराहा, चितवनका ५० प्रतिशत होटल भरिए
फिचर-ब्यानर

दुईदिने बिदाले गुल्जार बन्यो सौराहा, चितवनका ५० प्रतिशत होटल भरिए

१० साउन २०८३,
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापि
फिचर-ब्यानर

फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापि

१० साउन २०८३,
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलि उद्घाटन गरिँदै, आकस्मिक सवारीलाई मात्र अनुमति
फिचर-ब्यानर

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलि उद्घाटन गरिँदै, आकस्मिक सवारीलाई मात्र अनुमति

१० साउन २०८३,
नुल आँधीको प्रभाव बढ्दै जाँदा चीनमा २० हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्त्रण
फिचर-ब्यानर

नुल आँधीको प्रभाव बढ्दै जाँदा चीनमा २० हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्त्रण

१० साउन २०८३,
डा. केसीसँग संवादका लागि सरकारको टोली धनगढीमा, आजै वार्ता हुने
समाचार

डा. केसीसँग संवादका लागि सरकारको टोली धनगढीमा, आजै वार्ता हुने

१० साउन २०८३,
Load More
Next Post
राष्ट्रपतिद्वारा सेतो मच्छेन्द्रनाथको दर्शन

राष्ट्रपतिद्वारा सेतो मच्छेन्द्रनाथको दर्शन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In