• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
आइतबार, ८ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

    आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

    नेपालमा अन्तरिम सरकार गठनको भारतले गर्यो स्वागत

    नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

    स्याङ्जामा धान उत्पादन बढ्यो

    धान थन्काउन किसानलाई चटारो

    मौरिस हर्जोगले यसरी चिनाए अन्नपूर्ण हिमाललाई

    सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

    बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

    बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

    नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

    अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
    आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

    आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

    नेपालमा अन्तरिम सरकार गठनको भारतले गर्यो स्वागत

    नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

    स्याङ्जामा धान उत्पादन बढ्यो

    धान थन्काउन किसानलाई चटारो

    मौरिस हर्जोगले यसरी चिनाए अन्नपूर्ण हिमाललाई

    सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

    बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

    बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

    नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

    अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
Metakhabar
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

मुस्ताङमा च्याङ्ग्रा जोनः ७८ फार्म सूचीकृत

२० चैत २०८१,
0
मनै खाने मुस्ताङको कागबेनी र सेल्फी डाँडा (तस्बिरहरू)
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

मुस्ताङ, २० चैतः च्याङ्ग्राको उत्पादनदर वृद्धि गरी बाह्य देशबाट हुने मासुको आयात प्रतिस्थापन तथा च्याङ्ग्रापालनबाट यहाँका किसानलाई पश्मिना उद्योगतर्फ प्रोत्साहित गर्दै लैजाने उद्देश्यका साथ हिमाली जिल्ला मुस्ताङमा पाँच वर्षका लागि च्याङ्ग्रा जोन विकास कार्यान्वयनमा रहेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइले आव २०७८÷७९ देखि च्याङ्ग्रा जोन विकास कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

मुस्ताङमा पुस्तौँपुस्तादेखि व्यावसायिक रुपमा यहाँका स्थानीय किसानले च्याङ्ग्रापालन व्यवसायलाई पेशाका रुपमा अपनाउँदै आइरहेका छन् । च्याङ्ग्रा पालन व्यवसायलाई परिस्कृत गर्दै लैजाने र च्याङ्ग्रा पालन व्यवसायलाई प्रर्वद्धन गर्ने गरी मासुको आयात प्रतिस्थापन गर्न च्याङ्ग्रा जोन विकास कार्यक्रमलाई सरकारले उच्च प्राथमिकतामा राखेर कार्यक्रम ल्याएको हो ।

च्याङ्ग्रा जोन विकास कार्यक्रम कार्यान्वयनमा आएको चौथो वर्ष हालसम्म मुस्ताङका तीन स्थानीय तहमा च्याङ्ग्रा जोन विकास कार्यक्रममा ७८ कृषि फार्म सूचीकृत भइसकेका छन् । च्याङ्ग्रा जोन विकास कार्यक्रमका लागि सूचीकृृत हुन बर्सेनि कार्यालयले प्रस्ताव आह्वान गर्ने र त्यसपछि प्राथमिकताका आधारमा च्याङ्ग्रा जोन विकास कार्यक्रममा सूचीकृृत गर्दे लैजाने गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइका कार्यालय प्रमुख भरतराज गौतमले जानकारी दिनुभयो ।

मुस्ताङका पाँच स्थानीय तहमध्ये मागका आधारमा तीन स्थानीय तहका किसानलाई च्याङ्ग्रा जोन विकास कार्यक्रममा आबद्धता गरिएको कार्यालय प्रमुख गौतमले बताउनुभयो । जिल्लाको बारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका गरी कूल ७८ फार्म च्याङ्ग्रा जोन विकास कार्यक्रममा सूचीकृृत भएका हुन् । त्यसअन्तर्गत बारागुङ मुक्तिक्षेत्रमा ५६ फार्म, लोघेकर दामोदरकुण्डमा १६ फार्म र लोमान्थाङ गाउँपालिकामा नौ पशु फार्म च्याङ्ग्रा जोन विकास कार्यक्रममा सूचीकृृत भएको कार्यालय प्रमुख गौतमले उल्लेख गर्नुभयो ।

च्याङ्ग्रा जोन विकास कार्यक्रमको पहिलो आव २०७८÷७९ मा आठ फार्म, दोश्रो वर्ष आव २०७९÷८० मा १६ र तेस्रो आव २०८०÷८१ मा १७ फार्म सूचीकृृत भएका थिए । चालु आवको चौथौ वर्ष २०८१÷८२ मा ३७ पशु फार्म च्याङ्ग्रा जोन विकास कार्यक्रममा सूचीकृृत भएको परियोजना कार्यान्यन एकाइले जनाएको छ । च्याङ्ग्रा जोन विकास कार्यक्रमअन्तर्गत पहिलो वर्ष रु ७५ लाख ३० हजार, दोश्रो वर्ष रु ७२ लाख ४० हजार, तेस्रो वर्ष रु ८० लाख ४७ हजार र चालु आवमा रु ५९ लाख ११ हजार बजेट विनियोजन भएको थियो ।

पहिलो वर्षको च्याङ्ग्रा जोन कार्यक्रममा रु ४९ लाख १० हजार, दोस्रो वर्ष रु ७२ लाख नौ हजार र तेस्रो आवमा रु ५७ लाख ९८ हजार बजेट खर्च भएको कार्यान्वयन एकाइले जनाएको छ । परियोजना कार्यान्यवन एकाइअन्तर्गत चालु आर्थिक वर्ष २०८१÷८२ मा च्याङ्ग्राको खोर सुधारतर्फ ८५ प्रतिशत अनुदान सहुलियत दिने गरी सूचीकृृत १० खोरका लागि रु ३० लाख बजेट बजेट छुट्याइएको छ ।

स्थानीय तहसंगको समन्वयमा पशु नश्ल स्रोत केन्द्र स्थापना सुदृढीकरण सूचीकृृत एक फार्मलाई ८५ प्रतिशत अनुदानमा रु आठ लाख ९२ हजार बजेट परेको छ । लक्षित जोनमा पशु नश्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रममा रु १२ लाख, पशु आहारा व्यवस्थापनमा रु तीन लाख १८ हजार र जोन सुधार सहयोग तथा जोन क्षेत्रमा कृषि यान्त्रिकीकरणतर्फ रु पाँच लाख बजेट ५० प्रतिशत अनुदान उपलब्ध गराउने गरी कार्यक्रम तय भएको कार्यालय प्रमुख भरतराज गौतमले जानकारी दिनुभयो ।

यसअघि मुस्ताङमा सञ्चालित च्याङ्ग्रा जोन विकास कार्यक्रमअन्तर्गत पहिलो आवमा सूचीकृृत आठ फार्मलाई च्याङ्ग्राका पाठापाठी वितरण, सोलार चार्जर, टर्च लाइट, रेन्कोट र पाल वितरण गरिएको छ । खोर सुधारमा आठ फार्म, पशु नश्ल स्रोत केन्द्र स्थापना एक र खसी बोका संकलन केन्द्र स्थापना केन्द्रतर्फ एक फार्मले अनुदान पाएका थिए ।

आव २०७९÷८० मा सूचीकृृत १३ फार्मले च्याङ्ग्रा पाठापाठी वितरण, सोलार चार्जर, टर्च लाइट र डिजिटर तराजु पाएका थिए । यस्तै पशु रोग नियन्त्रण गर्न औषधि वितरण २१ फार्म, खोर सुधार १० फार्म र पशु नश्ल स्रोत केन्द्र स्थापना दुई सूचीकृृत फार्मले च्याङ्ग्रा जोनको अनुदान प्राप्त गरेका थिए ।

यसैगरी आव २०८०÷८१ मा च्याङ्ग्राका पाठापाठी वितरणमा १० फार्म, औषधि वितरण २९ फार्म, च्याङ्ग्रा आहारा ३६ फार्म, खोर सुधार सात फार्म र पशु नश्ल स्रोत केन्द्र स्थापनातर्फ दुई पशु फार्मले जोन विकासको अनुदान लिएका थिए । परियोजना कार्यान्वयन एकाइका कार्यालय प्रमुख गौतमले पशु वृद्धि गर्न पाठापाठी वितरण, औषधि, पूर्वाधार निर्माणका साथै च्याङ्ग्रा पालनमा आवश्यक उपकरण तथा प्रविधि अनुदानमा उपलब्ध गराइएको बताउनुभयो ।

आगामी वर्षमा पशुको नश्ल सुधार तथा व्यवस्थापन गर्दै मासुको उत्पादन तथा पश्मिना व्यवसायतर्फ पशु फार्मलाई आकर्षित गर्दै लैजाने योजना रहेको प्रमुख गौतमको भनाइ छ । जोन कार्यक्रममा रही अबका वर्षमा पश्मिना उद्योगमा जोड दिने कार्यालयको उद्देश्य रहेको उहाले उल्लेख गर्नुभयो । च्याङ्ग्रा जोन कार्यक्रमले स्थानीय पशुपालकको व्यवसायको संरक्षण, व्यावसायिकरणका साथै सबै सूचीकृृत पशु फार्महरुमा कम्तीमा तीन÷चार जनाले रोजगारी प्राप्त गरेको प्रमुख गौतमले जानकारी दिनुभयो ।

मुस्ताङमा च्याङ्ग्रा जोन विकास कार्यक्रमले सम्बन्धित पशु फार्महरुले सरकारबाट प्राप्त सुविधा लिएर च्याङ्ग्राको उत्पादन तथा बिक्री वितरणका साथै पश्मिना निकालेर दोहोरो आम्दानी लिनसक्ने वातावरण सिर्जना भएको कार्यालय प्रमुख गौतमको भनाइ छ ।

अघिल्लो समाचार

रुपाको सिस्ठेनी मेलाः प्रकृति र संस्कृतिको साक्षी

अर्को समाचार

नेपाल र थाइल्याण्डबीच आठ समझदारीपत्रमा हस्ताक्षर

सम्बन्धित खबर

आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’
फिचर-ब्यानर

आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

७ कात्तिक २०८३,
नेपालमा अन्तरिम सरकार गठनको भारतले गर्यो स्वागत
आर्थिक

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

७ कात्तिक २०८३,
स्याङ्जामा धान उत्पादन बढ्यो
आर्थिक

धान थन्काउन किसानलाई चटारो

७ कात्तिक २०८३,
मौरिस हर्जोगले यसरी चिनाए अन्नपूर्ण हिमाललाई
आवाज

सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

७ कात्तिक २०८३,
बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने
जीवन शैली

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

७ कात्तिक २०८३,
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन
अन्तर्राष्ट्रिय

अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

७ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
नेपाल नेत्रज्योति सङ्घ र महिडोल युनिभर्सिटीबीच समझदारी

नेपाल र थाइल्याण्डबीच आठ समझदारीपत्रमा हस्ताक्षर

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

७ कात्तिक २०८३,
नेपालमा अन्तरिम सरकार गठनको भारतले गर्यो स्वागत

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

७ कात्तिक २०८३,
स्याङ्जामा धान उत्पादन बढ्यो

धान थन्काउन किसानलाई चटारो

७ कात्तिक २०८३,
मौरिस हर्जोगले यसरी चिनाए अन्नपूर्ण हिमाललाई

सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

७ कात्तिक २०८३,
बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

७ कात्तिक २०८३,
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

७ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
  • बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन