• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, October 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

    नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

    यस्तो छ बडा दशैँको टीकाको साइत

    दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

    सभापति थापाद्वारा पुनः सभापतिमा उम्मेदवारी दर्ता

    सभापति थापाद्वारा पुनः सभापतिमा उम्मेदवारी दर्ता

    नयाँ दशैँ गीत “मै परे चटक्कै” सार्वजनिक

    नयाँ दशैँ गीत “मै परे चटक्कै” सार्वजनिक

    खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग

    खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग

    सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक

    सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इन्डो–नेपाल व्यापार मेला: नेपाली हस्तकला र उत्पादनले भारतीयलाई लोभ्यायो

by
९ चैत्र २०८१,
0
इन्डो–नेपाल व्यापार मेला: नेपाली हस्तकला र उत्पादनले भारतीयलाई लोभ्यायो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

देहरादुन (भारत)।भारतको देहरादुनमा जारी इन्डो–नेपाल व्यापार मेलामा नेपाली सिन्की, हस्तकला र विजयसालका भाँडा भारतीयहरूको रोजाइमा परेका छन्।

मेलामा कञ्चनपुरका गणेशराज बोहोराले विजयसालका भाँडा देखाउँदै ग्राहकलाई यसका फाइदाहरू बताइरहेका थिए। उनका अनुसार यी भाँडामा राखिएको पानी खाँदा मधुमेह, उच्च रक्तचाप, कोलेस्टोरेल र शरीरको दुखाइमा फाइदा पुग्छ। ग्राहकहरूले उनका कुरा चाख मानेर सुनिरहेका थिए।

यसअघिका दुई महोत्सवमा राम्रो व्यापार भएपछि हौसिएका बोहोराले यसपालि १०२ वटा भाँडा ल्याएका छन्। उद्घाटनअघि नै नौ वटा बिक्री भइसकेको उनले बताए। विजयसालको काठ पाउन गाह्रो भएपछि उनले पछिल्लो समय ३०० वटा बिरुवा वितरण गरेका छन्।

मेलामा नेपाली रुद्राक्ष तथा बोधिचित्तको माला, सल्यानको खुकुरी, पाल्पाको ढाका, सिन्की, नेपाली पोते, मस्यौरा, रुकुम रोल्पाको भीर मौरीको मह र थाङ्का चित्रकलामा पनि भारतीयहरूले चासो देखाएका छन्।

चितवनको मान्द्रो नेपालकी सञ्चालक अम्बी धितालले नेपाली मस्यौरा, तितौरा लगायतका उत्पादन ल्याएकी छन्। उनको ६० प्रतिशत उत्पादन विदेश निर्यात हुन्छ। यो मेलाले देहरादुनमा बजार विस्तारमा सहयोग गर्ने उनको अपेक्षा छ।

काठमाडौँको राजधानी हस्तकलाकी सञ्चालक रजनी चित्रकारले यसअघिका महोत्सवमा राम्रो व्यापार भएकाले यसपालि पनि सहभागी भएको बताइन्। कञ्चनपुर उद्योग वाणिज्य सङ्घले स्टल निःशुल्क उपलब्ध गराएकोमा उनले धन्यवाद दिइन्।

कैलालीको अभिषेक मौरीपालन फर्मकी उमा खत्रीले सीमाबाट सामान ओसारपसारमा सहज नभएको बताइन्। उनले दुवै देशका सरकारले यस विषयमा ध्यान दिनुपर्ने बताइन्।

काठमाडौँको ग्लोबल नेचर एग्रोटेककी संगीता गुरुङले रोल्पा र रुकुमको भीर मौरीको मह ल्याएकी छन्। भीर मौरीको मह र कोदोको पीठोको बिक्री राम्रो भएको उनको भनाइ छ।

काठमाडौँको कोसेली ढाकाका करुण राईले हातले बुनेका पोशाक ल्याएका छन्। देहरादुनमा नेपालीको सङ्ख्या धेरै भएकाले मेलामा सहभागी भएको उनले बताए।

भक्तपुरको कुवेर थाङ्का एण्ड आर्टस् एण्ड ट्रेडर्सका लायन तामाङले रुद्राक्ष, बोधिचित्तका माला र थाङ्का बिक्रीका लागि राखेका छन्। नेपाली चित्रकलालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने अवसरको रूपमा उनले यसलाई लिएका छन्।

मेलामा अल्लोबाट बनेका वस्तु, सल्यानी खुकुरी, ढाकाका कपडा, नेपाली पोते, जुत्ता र हस्तकलाका सामग्री प्रदर्शनीमा राखिएका छन्। मेलामा नेपालका ५० र भारतका १५० वटा स्टल छन्।

Previous Post

पूर्ण अपाङ्गता भएका मेचीनगर-३ का राईले घरमै पाए नागरिकता

Next Post

आज विश्व पानी दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

सम्बन्धित खबर

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल
आर्थिक

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

२० अशोज २०८३,
यस्तो छ बडा दशैँको टीकाको साइत
जीवन शैली

दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

२० अशोज २०८३,
सभापति थापाद्वारा पुनः सभापतिमा उम्मेदवारी दर्ता
फिचर-ब्यानर

सभापति थापाद्वारा पुनः सभापतिमा उम्मेदवारी दर्ता

२० अशोज २०८३,
नयाँ दशैँ गीत “मै परे चटक्कै” सार्वजनिक
मनोरञ्जन

नयाँ दशैँ गीत “मै परे चटक्कै” सार्वजनिक

२० अशोज २०८३,
खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग
आवाज

खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग

२० अशोज २०८३,
सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक
मनोरञ्जन

सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक

२० अशोज २०८३,
Load More
Next Post
आज विश्व पानी दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

आज विश्व पानी दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In