• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

को बन्लान् ३१औं आईजीपी ? यी हुन तीन प्रतिस्पर्धी

by
१२ फाल्गुन २०८१,
0
को बन्लान् ३१औं आईजीपी ? यी हुन तीन प्रतिस्पर्धी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल प्रहरीमा ३१औं प्रहरी महानिरीक्षक (आईजीपी) को चर्चा सुरु भएको छ । आईजीपी बसन्तबहादुर कुँवर अवकाशमा जाने दिन नजिकिएसँगै भावी आईजीपीको चर्चा सुरु भएको हो ।

विद्यमान प्रहरी नियमावलीअनुसार अबको २३ दिनपछि अर्थात चैत ५ गते आईजीपी कुँवर ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जाँदैछन् । त्यसपछि नेपाल प्रहरीले नयाँ नेतृत्व पाउनेछ । यस्तो अवस्थामा ३१औं आईजीपी बन्ने दौडमा नेपाल प्रहरीका तीन अधिकृत मुख्य प्रतिस्पर्धामा छन् ।

जसमा सीआईबी प्रमुख तथा एआईजी कार्यरत दीपक थापा, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रमुख तथा एआईजी टेकबहादुर तामाङ र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (प्रहरी एकेडेमी)का प्रमुख तथा एआईजी सुदीप गिरी छन् ।

आइजीपी कुँवरका व्याची टेकप्रसाद राई दूर्गा सिंह चन्द, कुवेर कडायत, बुद्धिराज गुरुङमात्रै बाँकी छन् । राई पनि केही दिनमै बिदा हुँदैछन् भने आइजीपी कुँवरसँगै कडायत, चन्द र गुरुङ बिदा हुनेछन् ।

अहिले आईजीपीको प्रतिस्पर्धामा रहेका तीन जना पनि हालका आईजीपी कुँवरकै ब्याची हुन् । उनीहरु वैकल्पिक टोलीका रुपमा ११ भदौ २०५२ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।

२६ फागुन २०७९ मा एआईजीमा सिफारिस भएका दीपक थापालाई ६ चैत २०७९ को मन्त्रिपरिषद् बैठकले एआईजीमा बढुवा गरेको थियो । थापा एआईजी भएको दुई सातापछि गिरी र तामाङ पनि एआईजीमा बढुवा भएका थिए । १३ चैतमा सुदीप गिरी र टेकबहादुर तामाङ एआईजी बढुवाको लागि सिफारिस भएका थिए ।

आईजीपी बढुवाको प्रतिस्पर्धामा रहेका तीनै जना एआइजीहरु बढुवाका लागि तीव्र लविइङमा छन् । आफू निकट शक्तिकेन्द्रलाई दबाब दिएर उनीहरू आईजीपी बन्न लागिपरेका छन् ।

आइजी प्रतिस्पर्धाको पहिलो नम्बरमा रहेका थापाको उच्च तहका सबै राजनीतिक नेतृत्वसँग राम्रो सम्बन्ध छ । करिब दुई साता समेत सिनियर भएको र शक्तिकेन्द्रसँग राम्रो सम्बन्ध रहेकाले उनी आईजी बन्ने सम्भावना प्रबल रहेको अड्कल गरिन्छ ।

त्यसैगरी अर्का प्रतिस्पर्धी गिरी सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश केदार गिरीका छोरा हुन् । बाबुको लिगेसी र आफ्नै पनि कांग्रेसका नेताहरूसँग राम्रो सम्बन्ध रहेकाले गिरीको पनि आईजी बन्ने सम्भावना रहेको स्रोत बताउँछ ।

अर्का प्रतिस्पर्धी तामाङ पूर्वडीआईजी देवीलाल तामाङका ज्वाईं हुन् । झापा ससुराली भएका पूर्वडीआईजी तामाङको एमाले नेतासँग राम्रो सम्बन्ध रहेको जानकाहरू बताउँछन् । जसकारण स्वच्छ छवि भएका तामाङको पनि आईजीपी बन्ने सम्भावना छ ।

सरकारले यी तीन एआईजीमध्ये एकलाई आगामी चैत ५ गते आईजीपीमा बढुवा गर्नेछ । थापा, गिरी र तामाङमध्ये जो आईजीपी भए पनि उनले ११ भदौसम्म कमान्ड सम्हालेछन् । त्यसपछि उनीहरू पनि ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जानेछन् ।

Previous Post

कालीगण्डकीमा केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री

Next Post

धवलागिरिका दुर्गम गाउँमा सडक पहुँचमा जोडियो

सम्बन्धित खबर

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
आवाज

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

१० असार २०८३,
आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला
आर्थिक

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

१० असार २०८३,
चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता
आर्थिक

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

१० असार २०८३,
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
आर्थिक

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

१० असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
फिचर-ब्यानर

रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

१० असार २०८३,
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री
आवाज

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

१० असार २०८३,
Load More
Next Post
धवलागिरिका दुर्गम गाउँमा सडक पहुँचमा जोडियो

धवलागिरिका दुर्गम गाउँमा सडक पहुँचमा जोडियो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In