• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्थानीय तह निर्वाचन तयारीसँगै तीन महिनामा थपिए एक लाख ८१ हजार मतदाता

    स्थानीय तह निर्वाचन तयारीसँगै तीन महिनामा थपिए एक लाख ८१ हजार मतदाता

    रास्वपा महाधिवेशन नसकिँदै काठमाडौं हिँडे प्रधानमन्त्री शाह

    रास्वपा महाधिवेशन नसकिँदै काठमाडौं हिँडे प्रधानमन्त्री शाह

    रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

    रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    द्वन्द्व सुरु भएयता ‘स्ट्रेट अफ हर्मुज’मा उच्च जहाज आवागमन

    जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र

    रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी

    चीनमा २०० बालबालिकालाई विषाक्त सिसा दिएको आरोपमा प्रिन्सिपल पक्राउ

    चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सोहिजनका बोट फुलेर सेताम्यः किसानको मुहारमा खुसी

by
१० फाल्गुन २०८१,
0
सोहिजनका बोट फुलेर सेताम्यः किसानको मुहारमा खुसी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महोत्तरी । सोहिजनका बोट (रुख) मा सेताम्य फूलेपछि यहाँका किसान खुसी भएका छन् । बोलिचालीमा मुन्गा भनिने यो तरकारीको मधेसको मिथिला क्षेत्रमा विशेष महत्व छ ।

“यसपालि सोहिजन राम्रो फुलेको छ, फुलअनुसार फल लागे मनग्गे आम्दानी लिन सकिन्छ”, बर्दिबास–२ ओमशान्ति चोकका भोला महतो भन्छन्, “ वैशाखमा त बजार पुराउन नपाउँदै बिक्री हुन्छ ।” मिथिलाक्षेत्रमा वैशाख सङ्क्रान्तिमा मनाइने जुडशीतल पर्वमा यसबाट विशेष परिकार बनाउने चलन छ ।

माघमा फुल्ने र चैत अन्तिमतिर फल्ने सोहिजन बजारमा रुचाइने तरकारीमा पर्छ । हाँगा काटेर पाखो जग्गा र खेतका आलीमा गाडेर मात्रै पनि सोहिजनको खेती गर्न सकिन्छ । “न गोडमेल चाहिने, न अरु बालीलाई जस्तो स्याहार चाहिने, सामान्य रेखदेखमात्रमै यो हुर्काउन सकिन्छ”, भङ्गाहा–४ रामनगरका जुगल सदा मुसहर भन्छन्, “घर पछाडि दुई/तीन वटा बोट छन्, बर्सेनि यसको बिक्रीबाट ८/१० आम्दानी हुन्छ ।”

पछिल्लो समय यसको माग बढ्न थालेपछि किसानहरु पनि व्यावसायिक खेतीमा आकर्षित हुन थालेका छन् । मौसमी तरकारी मानिने सोहिजन अब बार्हैमास फल्ने पनि बाक्लै बढ्दै गएको यहाँका किसानको भनाइ छ । “पहिले त पाँच/छ वटा बोट थिए, पछिल्ला पाँच वर्षयता बर्सेनि अलिअलि बढाउँदै अहिले २५ वटा पुराएको छु”, भङ्गाहा–५ भूचक्रपुरका किसान भगलु महतो भन्छन्, “अन्य कुनै बालीभन्दा यसबाट बढी नगद लिँदै आएको छु ।”

सोहिजनको तरकारी गुणकारी भएकाले मैथिल भान्सामा यसको उच्चस्थान रहेको स्वास्थ्यविज्ञ बताउँछन् । “यो गुणैगुणले भरिपूर्ण छ, यसको सेवनका धेरै फाइदा छन्”, वरिष्ठ जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झा भन्छन्, “मूत्रविकारको समस्यामा यो उपयोगी मानिन्छ ।” लोहतत्व (आइरन), फोलिक एसिड र भिटामिन बी–१२ प्रचूर मात्रामा हुने सोहिजन शरीरमा प्रतिरोधात्मक क्षमता बढाउन, नशा बाउडिने रोग निदान गर्न, मधुमेह नियन्त्रण गर्न, छालासम्बन्धी समस्या हटाउन र गर्भमा रहेको बच्चाको शारीरिक विकासका लागि राम्रो मानिन्छ ।

तरकारीमा फूल, कलिलो मुन्टा र लामो डोलो कोसा हुने फल प्रयोग गरिँदै आइएकोमा पछिल्ला वर्षमा यसको छिप्पिएको पातको पनि महत्व बढ्न थालेको छ । घरघरकै जस्तो समस्या बनेको मधुमेह रोग नियन्त्रणका लागि सोहिजनका पातको धुलो खाने प्रचलन बढ्दै जाँदा यसको महत्व झनै बढेको हो ।

अहिले ठूलाठूला आयुर्वेदिक औषधि कम्पनीले सोहिजनको पातको ‘मोरिङ्गा पाउडर’ बनाएर राम्रो मूल्यमा बेचिरहेका छन् । यी कम्पनीले काम बढाउँदै लाँदा बस्तीबस्तीमा अब सोहिजनको पात खोज्ने व्यापारी घरघरै आउने गरेका गौशाला–१२ पडरियाका योगेन्द्र दास बताउँछन् ।

सरकारले मधेसमा यसको व्यावसायिक खेती गर्नेलाई बीउ र अन्य आवश्यक सुविधा दिनसके किसानका लागि यो आम्दानीको राम्रो स्रोत बन्न सक्ने बर्दिबास–८ का वडाअध्यक्ष शमशेरसिंह लामाको भनाइ छ । यसभेगका किसानले अब तीनै तहका सरकारसँग सोहिजन खेतीलाई उकास्न सहयोग गर्नुपर्ने बताएका छन् ।

Previous Post

‘अमेरिका–युक्रेन खनिज सम्झौता वार्ता जारी’

Next Post

सात करोडको लगानीमा बनेको भवन प्रयोग विहीन

सम्बन्धित खबर

स्थानीय तह निर्वाचन तयारीसँगै तीन महिनामा थपिए एक लाख ८१ हजार मतदाता
समाचार

स्थानीय तह निर्वाचन तयारीसँगै तीन महिनामा थपिए एक लाख ८१ हजार मतदाता

१० असार २०८३,
रास्वपा महाधिवेशन नसकिँदै काठमाडौं हिँडे प्रधानमन्त्री शाह
फिचर-ब्यानर

रास्वपा महाधिवेशन नसकिँदै काठमाडौं हिँडे प्रधानमन्त्री शाह

१० असार २०८३,
रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन
फिचर-ब्यानर

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

१० असार २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

द्वन्द्व सुरु भएयता ‘स्ट्रेट अफ हर्मुज’मा उच्च जहाज आवागमन

१० असार २०८३,
जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र
आवाज

रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी

१० असार २०८३,
चीनमा २०० बालबालिकालाई विषाक्त सिसा दिएको आरोपमा प्रिन्सिपल पक्राउ
अन्तर्राष्ट्रिय

चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली

१० असार २०८३,
Load More
Next Post
सात करोडको लगानीमा बनेको भवन प्रयोग विहीन

सात करोडको लगानीमा बनेको भवन प्रयोग विहीन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In