नेपाल नागरिक उड्डयन प्राधिकरणले युरोपमा बनेका हेलिकोप्टर र जहाज आयातमा नियन्त्रण सुरु गरेको छ ।
हालसम्म नेपालमा भएका हवाई दुर्घटनामध्ये अधिकांश दुर्घटना युरोपमा बनेका जहाजबाट भएको भन्दै प्राधिकरणले तत्कालका लागि युरोपबाट आयात हुँदै आएका एयरबस कम्पनीका वायुयान आयातमा नियन्त्रण सुरु गरेको हो ।
नेपालमा ल्याइने अधिकांश जहाज र हेलिकोप्टर युरोपेली युनियन (इयु) अन्तर्गतका कम्पनीका छन् । इयुले नेपाली आकाशलाई विगत एक दशकदेखि कालो सूचीमा यथावत् राखेपछि प्राधिकरणले तत्कालका लागि एयरबसका जहाज र हेलिकोप्टर आयातमा नियन्त्रण गर्न थालेको जनाएको छ । तर उक्त निर्णयले आधिकारिकता भने पाइसकेको छैन । गोरखापत्र दैनिकमा समाचार छ ।













