• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
मङ्गलबार, १० कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

    भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

    एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

    एनपिएलमा आज दुईवटा खेल

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्योः चाँदीको घट्यो

    बालोन डी’ओर कसरी बन्यो फुटबलको ‘ओस्कार’ अवार्ड ?

    बालोन डी’ओर कसरी बन्यो फुटबलको ‘ओस्कार’ अवार्ड ?

    पर्यटकको पर्खाइमा छ, मण्डनको रमणीय कोटथुम्का

    पर्यटकको पर्खाइमा छ, मण्डनको रमणीय कोटथुम्का

    कुहिरोको घुम्टोमा मानुङकोट: पर्यटकको आकर्षण बढ्दो

    कुहिरोको घुम्टोमा मानुङकोट: पर्यटकको आकर्षण बढ्दो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
    भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

    भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

    एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

    एनपिएलमा आज दुईवटा खेल

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्योः चाँदीको घट्यो

    बालोन डी’ओर कसरी बन्यो फुटबलको ‘ओस्कार’ अवार्ड ?

    बालोन डी’ओर कसरी बन्यो फुटबलको ‘ओस्कार’ अवार्ड ?

    पर्यटकको पर्खाइमा छ, मण्डनको रमणीय कोटथुम्का

    पर्यटकको पर्खाइमा छ, मण्डनको रमणीय कोटथुम्का

    कुहिरोको घुम्टोमा मानुङकोट: पर्यटकको आकर्षण बढ्दो

    कुहिरोको घुम्टोमा मानुङकोट: पर्यटकको आकर्षण बढ्दो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
Metakhabar
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

दुना–टपरी उद्योगमा रमाउँदै र कमाउँदै पाल्पाली महिला

९ फागुन २०८१,
0
दुना–टपरी उद्योगमा रमाउँदै र कमाउँदै पाल्पाली महिला
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

पाल्पा । तानसेन नगरपालिका–७ काजीपौवाकी सीता केसीलाई विगत चार वर्षअघिसम्म सानोतिनो घरायसी काम चलाउन पनि श्रीमानकै भर पर्नुपथ्र्यो । घरायसी सामान किन्न होस् या बच्चाबच्चीको पढाइ खर्च जुटाउन, उनलाई श्रीमानको भर नपरी सुखै थिएन ।

चार वर्षयता भने घरभित्रको काममा मात्र सीमित केसीको जीवन फेरिएको छ । उनी अचेल साँझ र बिहान घरको काम भ्याएपछि दिनभर दुना–टपरी बनाउन व्यस्त छिन् । अहिले उनलाई घर खर्चका लागि चाहिने पैसा पनि यसबाटै जुट्छ । “पहिले हातमा पैसा नहुँदा तनाव हुन्थ्यो, सानो कामका लागि अरूकै भर पर्नुपथ्र्यो”, उनले भनिन्, “आजभोलि आफैँसँग पैसा हुन्छ । दिनभर घरमा बस्नुको साटो दुना–टपरी बनाउन थालेँ । त्यसबाट पुग्दो आम्दानी हुन थालेको छ ।”

सोही ठाउँकी मीनु रोकालाई विगतमा दिन बिताउन निकै गाह्रो थियो । उनी घरमा काम केही नभएपछि समय बिताउन गाह्रो हुँदा मोबाइलमा भिडियो हेरेर बस्र्ने गर्थिन् । हिजोआज उनको दैनिकी पनि फेरिएको छ । उनी अहिले हरेक दिन काजीपौवामा रहेको दुना–टपरी उद्योगमा बिताउछिन् । अचेल उनलाई उद्योगमा महिलासँग गफिँदै टपरी खुट्दाखुट्दै समय बितेको पत्तै हुँदैन । “बिहान–बेलुका घरको काम गरेर दिउँसो दुनाटपरी बनाउन उद्योगमा आउँछु, अहिले समय गएको पत्तो हुँदैन”, रोकाले भनिन् । दुना–टपरी फुट्न थालेदेखि काम मात्र होइन, दाम पनि राम्रै कमाएको उनले बताइन् ।

केसी र रोकासँगै धनकाला सारू पनि उद्योगमा आउछन् । महिना दिनसम्म काम गरेपछि तलब बुझ्छन् । यसभन्दा अघि उनको दिनभरको समय घरायसी कामपछि फुर्सदमै बित्थ्यो । अहिले व्यस्तता बढेर उनलार्ई भ्याइनभ्याई छ । सारूको व्यस्ततासँगै आम्दानी पनि बढेको छ । टपरी उद्योगसँग जोडिन थालेपछि उनको दैनिकीमात्र होइन, जीवनशैली नै फेरिएको छ । उद्योगमा काम पाएपछि आफूलाई घरखर्च चलाउन सजिलो भएको सारूको भनाइ छ । उनले भनिन्, ‘आँगनमै उद्योग छ, कामका लागि टाढा जानु पर्दैन । घरको काम गर्दै उद्योगमा काम गर्न पाएका छौँ, यसले हाम्रो घरखर्च पनि चलेको छ ।” पहिला आफूहरू कामको खोजीमा भौँतारिएको स्मरण गर्दै उनले हिजोआज सहज भएको बताइन् ।

केसी, रोका र सारूमात्र होइन, यहाँका अधिकांश महिलाले दुना–टपरी उद्योगमा रोजगारी पाएका छन् । उद्योगमा काम गरेबापत उनीहरूले मासिक पाँच हजारदेखि १० हजारसम्म कमाउछन् ।

पाँच वर्षअघि काजीपौवा बहुउश्द्देयीय महिला समूहले सञ्चालन गरेको दुना–टपरी उद्योगमा महिला मात्र भेटिन्छन् । उद्योगमा केही महिला टपरी बनाइरहेका भेटिन्छन् त कोही सिन्का चिरिरहेका हुन्छन् । उद्योगले महिलालाई स्वरोगार त बनाएको छ नै आत्मनिर्भर समेत बनाइरहेको छ । उद्योग सञ्चालनमा आएको छोटो समयमै दुना–टपरीको माग बढ्न थालेपछि महिलालाई अहिले भ्याइनभ्याई छ ।

महिला दिदीबहिनीहरूलाई आयआर्जनसँग जोड्न र हराउँदै जान थालेको दुना–टपरी बनाउने चलनलाई कायम राख्न उद्योग सञ्चालनमा ल्याइएको उद्योगकी अध्यक्ष चमेली श्रेष्ठले बताइन्। उनले चुलोचौकामा मात्र सीमित महिला अहिले आत्मनिर्भर बन्दै गएको उल्लेख गरिन् । उद्योग सञ्चालनमा आएपछि वनमा खेर गइरहेको सालको पातको सदुपयोग भएको उनको भनाइ छ ।

तानसेन नगरपालिका, ग्रामीण आर्थिक विकास सङ्घ (रेडा) र युएनडिपीको सहयोगमा ठूला टपरी बनाउने मेसिन र सानो टपरी बनाउने मेसिन पाएको अध्यक्ष श्रेष्ठले बताइन् । उनले डिभिजन वन कार्यालयको सहयोगमा एक लाख बराबरको उद्योगका लागि आवश्यक सामग्री पनि अनुदानमा पाएको उल्लेख गरिन्। विसं २०७७ मङ्सिर १५ गते ४० जना मिलेर समूहमा उद्योग खोलिएको थियो । अहिले यहाँ पाँच जना महिलामात्र सक्रिय रूपमा लागिरहेका छन् । दुना–टपरी बनाउने चलन हराउँदै जाँदा संस्कृति पनि मेटिन लागेकाले आफूहरू जगेर्ना गर्न लागिपरेको हरिकला रानाको भनाइ छ । कतिपय नयाँ पुस्तामा दुना–टपरी बनाउने चलन थाहा नभएको अर्की महिला मन रानाले बताइन् ।

पोखरादेखि काठमाडौंसम्म पाल्पाली दुना–टपरी

यहाँ तयार गरिएका दुना–टपरी पाल्पासहित देशका ठूला शहर बुटवल, भैरहवा, पोखरा, काठमाडौंसम्म पुग्ने गरेको छ । दुना–टपरी उद्योगमा फोन गरेर पनि बाहिरबाट झिकाउने गर्दछन् । साइज अनुसार दुईदेखि १० सम्म दुना–टपरी बिक्री हुँदै आएको छ ।

दुना–टपरीको धार्मिक महत्त्व

दुनाटपरी आम्दानीको राम्रो स्रोत मात्र होइन, धार्मिक कार्यका लागि महत्त्वपूर्ण मानिन्छ । टपरीको प्रयोग प्रायः विवाह, व्रतबन्ध, न्वारन आदि शुभ तथा अशुभ कार्यमा देवतालाई भोग लगाउने र खाना खाने काममा प्रयोग गरिन्छ । विवाह, व्रतबन्ध, पुराणलगायत ठूला कार्जे गर्दा धेरै महिला जम्मा भएर दुना टपरी गाँस्ने चलन छ ।

खासगरी यी सामग्री परम्परागत रीतिरिवाज तथा संस्कृतिक कार्यक्रममा प्रयोग गरिन्छ । यिनमा खानेकुरा, अन्न, राख्ने र देवतालाई चढाउने काम गरिन्छ । त्यसका साथै थाल बटुकाको सट्टा दुना टपरीमा खानेकुरा राखी मानिसले नै खाने प्रयोजन पनि गर्छन् । थाल, बटुकामा खाएपछि माझ्नुपर्ने भएकाले ठूला भोजभतेरमा खाने प्रयोजनका लागि यो निकै महत्त्वपूर्ण मानिन्छ । एकपटक प्रयोग गरेपछि फ्याँकिन्छ । यो वातावरणमैत्री पनि मानिन्छ । प्रयोगपछि सजिलै नष्ट गर्ने भएकाले हिजोआज यो शहरबजारमा पनि निकै प्रयोगमा आउन थालेको छ ।

यसरी बनाइन्छ दुना–टपरी

दैनिक जीवनमा चलाउने थाल र बटुका जस्तै सामग्री हुन दुना र टपरी । टपरी धेरै पात एकापसमा सिन्काको माध्यमले जोड्दै थालजस्तो आकारको पारेर बुनिन्छ । यसका लागि पनि सीप भएकै व्यक्तिको आवश्यकता पर्छ । सालको पातलाई बाँसको सिन्काले उनेर परम्परागत तरिकाबाट बनाउने दुना तथा टपरीलाई हिजोआज भने आधुनिक ढङ्गले उत्पादन गर्न थालिएको छ ।

यसको आकार भने आवश्यकता अनुसार सानोठूलो बनाउन सकिन्छ । दुनाका लागि भने दुईवटा मात्र सालको पात प्रयोग गरिन्छ । पातलाई जोडेर मेसिनमा राखिन्छ । त्यसपछि मेसिनले अठ्याएर दुना–टपरीका (साना/ठूला) विभिन्न आकारमा बनाउने गरिन्छ । मेसिनले थिचेर दुनाटपरीको आकार दिएपछि सिन्को लगाउने काम भने हातले नै गर्नुपर्ने हुन्छ । आफ्नै वनपाखामा झरेर खेर जाने पात टिपेर बनाइने भएकाले कच्चा पदार्थको समस्या छैन । गाउँघरका महिलाका लागि यो गतिलो आम्दानीको माध्यम बनेको छ ।

अघिल्लो समाचार

पृथ्वीराजमार्गको विमलनगर खण्ड एक महिना आंशिक बन्द हुने

अर्को समाचार

संघीय संसदका तीनवटा समितिको बैठक बस्दै

सम्बन्धित खबर

भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो
आवाज

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

१० कात्तिक २०८३,
एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै
आवाज

एनपिएलमा आज दुईवटा खेल

१० कात्तिक २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनको मूल्य बढ्योः चाँदीको घट्यो

१० कात्तिक २०८३,
बालोन डी’ओर कसरी बन्यो फुटबलको ‘ओस्कार’ अवार्ड ?
खेलमैदान

बालोन डी’ओर कसरी बन्यो फुटबलको ‘ओस्कार’ अवार्ड ?

१० कात्तिक २०८३,
पर्यटकको पर्खाइमा छ, मण्डनको रमणीय कोटथुम्का
आवाज

पर्यटकको पर्खाइमा छ, मण्डनको रमणीय कोटथुम्का

१० कात्तिक २०८३,
कुहिरोको घुम्टोमा मानुङकोट: पर्यटकको आकर्षण बढ्दो
टुरिजम

कुहिरोको घुम्टोमा मानुङकोट: पर्यटकको आकर्षण बढ्दो

१० कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
संघीय संसदका तीनवटा समितिको बैठक बस्दै

संघीय संसदका तीनवटा समितिको बैठक बस्दै

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

१० कात्तिक २०८३,
एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

एनपिएलमा आज दुईवटा खेल

१० कात्तिक २०८३,
सुनको मूल्य घट्यो

सुनको मूल्य बढ्योः चाँदीको घट्यो

१० कात्तिक २०८३,
बालोन डी’ओर कसरी बन्यो फुटबलको ‘ओस्कार’ अवार्ड ?

बालोन डी’ओर कसरी बन्यो फुटबलको ‘ओस्कार’ अवार्ड ?

१० कात्तिक २०८३,
पर्यटकको पर्खाइमा छ, मण्डनको रमणीय कोटथुम्का

पर्यटकको पर्खाइमा छ, मण्डनको रमणीय कोटथुम्का

१० कात्तिक २०८३,
कुहिरोको घुम्टोमा मानुङकोट: पर्यटकको आकर्षण बढ्दो

कुहिरोको घुम्टोमा मानुङकोट: पर्यटकको आकर्षण बढ्दो

१० कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
  • बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन