• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, September 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

    राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

    प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

    प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

    विश्वमा अझै घातक बनिरहेको छ रेबिज

    विश्वमा अझै घातक बनिरहेको छ रेबिज

    लालपुर्जा हातमा, जमिन बलानमा

    लालपुर्जा हातमा, जमिन बलानमा

    नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

    नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

    बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

    बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रूसको नयाँ खाेज पछि दाबी, ‘अब मंगल ग्रह ३० दिनमा नै पुग्न सकिने’

by
७ फाल्गुन २०८१,
0
रूसको नयाँ खाेज पछि दाबी, ‘अब मंगल ग्रह ३० दिनमा नै पुग्न सकिने’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – रुस फेरि एकपटक अन्तरिक्ष दौडमा प्रवेश गरेको छ । रुसी सरकारी कम्पनी रोसाटोमले प्लाज्मा इलेक्ट्रिक रकेट इन्जिनको विकासमा महत्वपूर्ण सफलता हासिल गरेको घोषणा गरेको छ । यो कम्पनी परमाणु ऊर्जा र प्रविधिमा विशेषज्ञ छ।

यो इन्जिनले पृथ्वीबाट मंगल ग्रहको यात्रा एकदेखि दुई महिनामा पूरा गर्न सक्ने कम्पनीको दाबी छ । प्लाज्मा रकेटहरूले परम्परागत ठोस वा तरल इन्धन दहनको आवश्यकतालाई हटाउँछन्।

यसले चुम्बकीय प्लाज्मा एक्सेलेटर प्रयोग गर्दछ, जसका कारण अन्तरिक्षमा उच्च गति हासिल गर्न सकिन्छ र यात्राको समयमा ठूलो कमी आउन सक्छ। रुसको इज्भेस्टिया पत्रिकाले यस सम्बन्धमा जानकारी दिएको छ ।

रोसाटोमको वैज्ञानिक संस्थान ट्रोइस्कका कनिष्ठ अनुसन्धानकर्ता एगोर बिरुलिनका अनुसार ‘प्लाज्मा रकेट एक प्रकारको विद्युतीय मोटर हो। यो दुई इलेक्ट्रोडमा आधारित छ। चार्ज गरिएका कणहरू तिनीहरूको बीचमा पार गरिन्छ र इलेक्ट्रोडहरूमा उच्च भोल्टेज पनि लागू हुन्छ।

यो विद्युतीय प्रवाहले चुम्बकीय क्षेत्र सिर्जना गर्दछ, जसले कणहरूलाई इन्जिनबाट बाहिर धकेल्छ। यस प्रक्रियाबाट प्लाज्माले दिशा पाउँछ र थ्रस्ट उत्पन्न हुन्छ।’ यस प्रविधिमा हाइड्रोजनलाई इन्धनको रूपमा प्रयोग गरिन्छ। इन्जिनले यी कणहरूलाई १०० किलोमिटर प्रति सेकेन्डको गतिमा बढाउन सक्छ।

बिजनेस स्ट्यान्डर्डको रिपोर्ट अनुसार मंगल र पृथ्वीबीचको औसत दूरी १४.२२ करोड ५० लाख किलोमिटर छ। यो दूरी ३० दिनमा पूरा गर्न रकेटलाई ३ लाख १३ हजार ८२२ किमी प्रतिघण्टाको गति चाहिन्छ। युरोपेली अन्तरिक्ष एजेन्सी र नासा सहित धेरै संस्थाहरूले भनिरहेका छन कि सौर्यमण्डलका अन्य ग्रहहरूमा पुग्न लाग्ने यात्रा समयलाई कम गर्न प्रविधिमा काम गरिरहेका छौं। रिपोर्टका अनुसार रुसले विकास गरिरहेको प्लाज्मा रकेटको थ्रस्ट करिब ६ न्यूटन हुनेछ, जसले कणहरूलाई १०० किलोमिटर प्रति सेकेण्डको गतिमा अघि बढाउन सक्नेछ।

रुसको यो सफलताले मानव जातिलाई सौर्यमण्डल बाहिर यात्रा गर्ने अवसर पनि दिन सक्छ । रोसाटोम रिसर्च इन्स्टिच्युट, ट्रोइस्कका प्रथम उपमहानिर्देशक एलेक्सी भोरोनोभ भन्छन्, ‘अहिले हामीसँग भएका इन्जिनहरूसँग मंगल ग्रहमा पुग्न करिब एक वर्ष लाग्न सक्छ।

यो धेरै समय अन्तरिक्ष यात्रीहरूका लागि खतरनाक हुन सक्छ किनभने उनीहरूले लामो समयसम्म ब्रह्माण्डीय विकिरणको सामना गर्नुपर्नेछ। प्लाज्मा इन्जिनले यात्रा समयलाई ३० देखी ६० दिनसम्म सीमित गर्न सक्छ।’

Previous Post

नेपाली हाते कागज उद्योगलाई कच्चा पर्दाथको अभाव

Next Post

जन्मेपछि धेरैजसो बच्चाहरूलाई किन जन्डिस हुन्छ ?

सम्बन्धित खबर

राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस
समाचार

राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

१२ अशोज २०८३,
प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा
समाचार

प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

१२ अशोज २०८३,
विश्वमा अझै घातक बनिरहेको छ रेबिज
फिचर-ब्यानर

विश्वमा अझै घातक बनिरहेको छ रेबिज

१२ अशोज २०८३,
लालपुर्जा हातमा, जमिन बलानमा
फिचर-ब्यानर

लालपुर्जा हातमा, जमिन बलानमा

१२ अशोज २०८३,
नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने
फिचर-ब्यानर

नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

१२ अशोज २०८३,
बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै
आर्थिक

बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

१२ अशोज २०८३,
Load More
Next Post
के तपाईका बच्चाहरू जाडोमा प्रायः बिरामी हुन्छन् ?

जन्मेपछि धेरैजसो बच्चाहरूलाई किन जन्डिस हुन्छ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In