• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लमजुङको भुजुङः मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ

    लमजुङको भुजुङः मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा २० लाख ३९ हजार राजस्व सङ्कलन

    प्रकृतिको आराधनासँगै उभौली समापन

    प्रकृतिको आराधनासँगै उभौली समापन

    नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

    नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

    ज्येष्ठ नागरिकलाई झुल वितरण

    ज्येष्ठ नागरिकलाई झुल वितरण

    आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै

    आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    लमजुङको भुजुङः मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ

    लमजुङको भुजुङः मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा २० लाख ३९ हजार राजस्व सङ्कलन

    प्रकृतिको आराधनासँगै उभौली समापन

    प्रकृतिको आराधनासँगै उभौली समापन

    नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

    नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

    ज्येष्ठ नागरिकलाई झुल वितरण

    ज्येष्ठ नागरिकलाई झुल वितरण

    आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै

    आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

स्ववियु निर्वाचनको तयारीमा जुट्यो टियू

by
२४ पुस २०७९,
0
करिब तीन महिनापछि त्रिविमा लागेका सबै ताला खुले
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनको मिति तोकेसँगै विद्यार्थी सङ्गठन पनि आन्तरिक तयारीमा जुटेका छन्। एक दशकदेखि हुन थालेको स्ववियु निर्वाचनमा त्रिविले मिति तोकेसँगै विद्यार्थी सङ्गठन आन्तरिक तयारीमा जुटेका हुन्। विद्यार्थी सङ्गठन निर्वाचन केन्द्रीत छलफलमा जुटेका छन्।

यही पुस २२ गते बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले आगामी चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो। नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पाले स्ववियु निर्वाचन गर्ने त्रिविको निर्णयको स्वागत गर्दै आफूहरु पूर्ण तयारी अवस्थामा रहेको बताए। “विगत लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचन गर्ने त्रिविको निर्णयको स्वागत गर्दछौँ”, उनले भने, “अब हाम्रो सङ्गठन स्ववियु निर्वाचनको तयारीमा पूर्ण रुपमा लाग्छ।”

उनले विगत लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचनले विद्यार्थीको हकअधिकार स्थापित गराउने बताए। उनले त्रिविले स्ववियु कार्यतालिका प्रकाशन गर्नुभन्दा अगाडि सबै विद्यार्थी सङ्गठनसँग छलफल गर्नुपर्ने बताए।

अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंहले स्ववियु निर्वाचनको मिति तोक्नु स्वागतयोग्य कार्य रहेको बताए। उनले मिति तोकिएसँगै आफ्नो सङ्गठन स्ववियु निर्वाचनको तयारीमा जुटेको बताए। “विगत लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचनको मिति तोक्नु खुसीको कुरा हो”, उनले भने, “अब हामी स्ववियु निर्वाचनको वातावरण बनाउन लाग्छौँ।” उनले निर्वाचनले विद्यार्थी आन्दोलनलाई लोकतान्त्रिक बाटोमा डोर्‍याउनेसमेत बताए।

अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले निर्णय हुनु स्वागतयोग्य रहेको बताए। उनले कक्षा भर्ना प्रक्रिया र नजिता प्रकाशन सबै कुरालाई व्यवस्थित गरेर निर्वाचन गर्नुपर्ने बताए।

अनेरास्ववियुका महासचिव समिक बडालले त्रिविले स्ववियु निर्वाचनको मिति तोकेसँगै आफ्नो सङ्गठन तयारीमा जुटेको बताए। उनले केन्द्रीय पदाधिकारीको बैठक बसी स्ववियु निर्वाचनमा होमिने निर्णय गरेको बताए। “नेतृत्व निर्माण गर्ने रुपमा रहेको स्ववियु निर्वाचन गर्ने निर्णयले हामी उत्साही भएका छौँ”, उनले भने, “हामी अब हाम्रो आन्तरिक बैठक गरेर निर्वाचनमा होमिन्छौँ।”

यही पुस २१ गते त्रिवि विद्यार्थी कल्याण परिषद्को बैठकले आगामी चैत ५ गते स्ववियु निर्वाचन गर्नका लागि त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गरेको थियो। त्रिविले स्ववियु निर्वाचन गर्न पटक–पटक पहल गरे पनि हुनसकेको छैन। त्रिवि क्याम्पसमा विगत एक दशकदेखि स्ववियु निर्वाचन हुनसकेको छैन। प्रत्येक दुई-दुई वर्षमा हुने निर्वाचन २०६५ साल यता नियमित हुन सकेको छैन।

त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन्। स्ववियु निर्वाचनमा २८ वर्ष उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू गरिएको छ।

Previous Post

नेपाल आइपुगे नयाँ चिनियाँ राजदूत

Next Post

सुशील कोइराला क्यान्सर अस्पतालमा आइपुग्यो ‘लिन्याक’ मेसिन, के गर्छ यो मेसिनले ?

सम्बन्धित खबर

लमजुङको भुजुङः मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ
आर्थिक

लमजुङको भुजुङः मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ

२ जेष्ठ २०८३,
जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने
आर्थिक

ट्राफिक कारबाहीमा २० लाख ३९ हजार राजस्व सङ्कलन

२ जेष्ठ २०८३,
प्रकृतिको आराधनासँगै उभौली समापन
आर्थिक

प्रकृतिको आराधनासँगै उभौली समापन

२ जेष्ठ २०८३,
नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास
आवाज

नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

२ जेष्ठ २०८३,
ज्येष्ठ नागरिकलाई झुल वितरण
आर्थिक

ज्येष्ठ नागरिकलाई झुल वितरण

२ जेष्ठ २०८३,
आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै
आवाज

आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै

२ जेष्ठ २०८३,
Load More
Next Post
सुशील कोइराला क्यान्सर अस्पतालमा आइपुग्यो ‘लिन्याक’ मेसिन, के गर्छ यो मेसिनले ?

सुशील कोइराला क्यान्सर अस्पतालमा आइपुग्यो ‘लिन्याक’ मेसिन, के गर्छ यो मेसिनले ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In