• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

    दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

    रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

    रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

    पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

    पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

    सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

    सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

    फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

    दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

    रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

    रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

    पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

    पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

    सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

    सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

    फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

सुशील कोइराला क्यान्सर अस्पतालमा आइपुग्यो ‘लिन्याक’ मेसिन, के गर्छ यो मेसिनले ?

by
२४ पुस २०७९,
0
सुशील कोइराला क्यान्सर अस्पतालमा आइपुग्यो ‘लिन्याक’ मेसिन, के गर्छ यो मेसिनले ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज – सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा क्यान्सरका बिरामीका लागि अत्यावश्यक मानिने ‘लिन्याक’ मेसिन आइपुगेको छ।

अस्पतालका कार्यकारी निर्देशक तथा कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जन तथा क्यान्सर रोग विशेषज्ञ डा. निरज भट्टराईले लामो समयदेखिको पहलपछि मेसिन आइपुगेको बताए। उनले भने, ‘क्यान्सरका बिरामीका लागि अत्यावश्यक मानिने लिन्याक मेसिन खजुरामा आवश्यक थियो। सरकारी बजेटबाट किनिएको यो मेसिन लामो समयदेखि प्रक्रियामा थियो। यो पश्चिम नेपालका जनताका लागि खुशीको कुरा हो।’ उनले यसका लागि स्वास्थ्य मन्त्रालयलाई धन्यवाद पनि दिएका छन्।

मेसिन छिट्टै सञ्चालन गर्ने तयारी गरिएको छ। कार्यकारी निर्देशक डा. भट्टराईका अनुसार यो क्यान्सरका बिरामीलाई सेकाइ गर्ने मेसिन हो। अब क्यान्सरका बिरामीहरु अप्रेसन गर्नुअघि र अप्रेसन गरेपछि गरिने सेकाइका लागि अन्यत्र जानु पर्दैन। खजुरा क्यान्सर अस्पतालमा यो मेसिन नहुँदा बिरामीलाई सेकाइका लागि काठमाडौँ, चितवन या भारत जानुपर्ने बाध्यता थियो।

नेपाल सरकारबाट विनियोजित बजेटबाट प्राप्त भएको र खरिद प्रक्रिया सुरू भएको लामो समयपछि धेरै प्राविधिक जटिलताकाबीच स्वास्थ मन्त्रालयको सहयोगमा मेसिन खजुरा, बाँकेस्थित अस्पताल आइपुग्दा निकै खुसी लागेको डा.भट्टराईले बताए। ‘मन्त्रालयले गरेको सहयोगले बिरामीसम्म सहज उपचार पुग्ने विश्वास छ,’ उनले भने।

करिब दुई महिना अघि कार्यकारी निर्देशक भएर डा. भट्टराई आएपछि अस्पतालले गति लिन थालेको स्थानीयहरू बताउँछन्। अस्पतालबाट जटिल प्रकृतिका शल्यक्रिया गर्न अन्यत्र जानु पर्ने बाध्यता कम भएको भन्दै उनीहरूले खुसी व्यक्त गरेका छन्। अहिले सो अस्पतालमा अत्यावश्यक मध्यपश्चिम र सुदुर पश्चिमकै सम्भवत पहिलो ‘पोजेटिभ प्रेशर’ आई. सी. यु भर्खरैमात्र बनिसकेको छ जसका कारण अब आउने दिनहरूमा क्यान्सरका जटिल शल्यक्रियाहरू गर्न र गम्भीर अवस्थाका क्यान्सर बिरामीहरूलाई उपचार गर्न सहज हुने भएको छ।

अब क्यान्सर केन्द्रित सेवा मात्र प्रदान गर्ने गरी अगाडि बढ्ने योजना रहेको डा. भट्टराईले बताए। अस्पतालमा अब केही समयमै ‘हस्पिस’ तथा ‘प्यालिएटिभ केयर’को सुविधा पनि अस्पतालको अलग भवनबाट सुरु हुनेछ। नेपालगन्ज धम्बोजी चोकबाट करिब १० कि।मी भित्र खजुरा गाउँपालिकामा अवस्थित अस्पताल मध्य तथा सुदुरपश्चिमको एकमात्र क्यान्सर अस्पताल हो।

संघीय अस्पताल भए तापनि स्थायी दरबन्दी स्वीकृत नभएकोले उक्त अस्पतालमा दक्ष जनशक्ति व्यवस्थापन चूनौतीपूर्ण रहेको र हाल ‘ओ एण्ड एम’ गरी स्थायी दरबन्दी सिर्जना गर्न अध्ययन तथा पहल प्राथमिकताका साथ भइरहेको छ।

Previous Post

स्ववियु निर्वाचनको तयारीमा जुट्यो टियू

Next Post

राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

सम्बन्धित खबर

दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र
आवाज

दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

२३ असार २०८३,
रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग
आवाज

रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

२३ असार २०८३,
पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित
आवाज

पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

२३ असार २०८३,
सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा
आवाज

सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

२३ असार २०८३,
विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान
आर्थिक

विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

२३ असार २०८३,
फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान
कृषि

फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

२३ असार २०८३,
Load More
Next Post
आचारसंहिता उल्लंघन रोक्न निर्वाचन आयोग कठोर बन्दै, फौजदारी कानून प्रयोग गर्दै

राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In