• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

    दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

    ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा

    ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा

    अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

    अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

    बीमा दाबीमा सर्भेयर खटाउन स्वचालित प्रणाली, ६८० जनाको विवरण प्रविष्ट

    बीमा दाबीमा सर्भेयर खटाउन स्वचालित प्रणाली, ६८० जनाको विवरण प्रविष्ट

    अगस्टमा घट्यो विदेशी पर्यटक आगमन

    मनाङमै अड्किए पर्यटक

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पोखरामा कांग्रेसको अभिमुखीकरण कार्यक्रममा सभापति देउवाले के भने ?

by
२१ माघ २०८१,
0
पोखरामा कांग्रेसको अभिमुखीकरण कार्यक्रममा सभापति देउवाले के भने ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा पोखरामा पार्टीको प्रदेश सभापति तथा प्रशिक्षण विभाग प्रमुखका लागि संगठन र समसामयिक सन्दर्भमा आयोजित अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।

पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यक्रमको उद्घाटन गरे । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको व्यवस्थापनमा भएको कार्यक्रममा सातवटै प्रदेशका सभापति, प्रशिक्षण विभाग प्रमुख, पार्टीका केन्द्रीय पदाधिकारी एवं कास्कीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश समितिका पदाधिकारी सहभागी रहेको गण्डकी प्रदेश प्रचार–प्रसार उपसमितिका उपप्रमुख शिरोमणि बरालले जानकारी दिए ।

केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण विभागको आयोजना र प्रदेश समितिको व्यवस्थापनमा सभापति देउवा र विभाग प्रमुख पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित पदाधिकारीले प्रशिक्षित गर्ने कार्यक्रम रहेको गण्डकी प्रदेश प्रचारप्रसार विभाग सदस्य सचिव राजबहादुर गुरुङले जानकारी दिए ।

प्रशिक्षण प्रतिष्ठानकै आयोजनामा २२ र २३ गते पोखरामा ७७ वटै जिल्लाका सभापति, ७७ वटै जिल्लाका प्रशिक्षण शाखा प्रमुख तथा उपसभापतिलाई राखेर प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम राखिएको छ । पार्टी महाधिवेशन, कार्यकर्ता तथा नेतृत्व निर्माण सरकारमा कांग्रेसको सहभागिता र रणनीतिदेखि आगामी चुनावसम्मको विषयमा प्रशिक्षण तथा अभिमुखीकरण हुने प्रतिष्ठानले जनाएको छ ।

सभापतिहरुको प्रशिक्षण २२ गते सुरु भएर २३ गते समापन हुने कार्यक्रममा देशभरका करिब २ सय जनाभन्दा बढी सहभागी हुने कास्की कांग्रेस सचिव भानु ढकालले जानकारी दिए । कार्यक्रममा बोल्दै पोखरा महानगर समिति सभापति सुरेन्द्रमान विजुक्छेले पार्टीको विधान, अधिकार प्रत्यायोजन र नेतृत्वका विषयमा भनाइ राखेका थिए । कांग्रेसका सहमहामन्त्री जीवन परियारले पार्टीभित्र सबैलाई ठाउँ र अधिकार दिने सन्दर्भमा नेतृत्वप्रति गुनासो गरेका थिए । कांग्रेस कास्कीका निवर्तमान सभापति तथा गत चुनावमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोप खेपेका कृष्ण केसीले कार्यकर्ताको मनोबल गिर्ने गरी निर्णय नगर्न नेतृत्वलाई सचेत गराए ।

कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले कांग्रेसभित्र प्रजातान्त्रिक मूल्य मान्यता हराउँदै गएको र गुट–गुटले कमजोर भएको सभापति देउवा समक्ष भनाइ राखे । बोल्न कम्युनिष्टले बोले पनि काम कांग्रेसले गर्ने तर अहिले भने कांग्रेसले पनि गर्न नसकेको शर्माको गुनासो थियो । सहमहामन्त्री डिना उपाध्याय, पार्टी प्रवक्ता प्रकाशशरण महत, मुस्लिम संघका अध्यक्ष अब्दुल सतार, केन्द्रीय सदस्य गोविन्द भट्टराई, नैनसिंह महर, गुरु बराललगायतले पार्टीको आन्तरिक जीवन र सुदृढीकरणबारे बोलेका थिए ।

प्रवक्ता महतले कसैले पार्टीमा नेतृत्व स्थापित गर्न खोजेको बताउँदै यसले झन् पार्टी र जनाधार कमजोर बनाएको बताएका थिए । महानगरको सम्मेलनमा भएको कम उपस्थितिप्रति पनि संकेत गर्दै घट्दो सहभागिता र गुटबन्दीले कांग्रेस कमजोर हुने उनको भनाइ थियो ।

नेताहरुको भनाइपछि कांग्रेस सभापति शेरबहादुर देउवा पोखराको सुन्दरता, यहाँको ९ ताल, हिउँ नभएको माछापुच्छ्रे र आफू यही केही समय जेल बसेको बताए । उनले पोखरा बनाउने जिम्मेवारी पनि कांग्रेसकै भएको भन्दै यहाँको विकासका लागि पनि कांग्रेसले नै नेतृत्व गर्नुपर्ने जोड दिए । हार–जित जे भए पनि उत्ताउलो नभइ लाग्न निर्देशन दिएर देउवाले भनाइ सकेका हुन् ।

Previous Post

पाथीभरा केबलकार विवाद : एक सातादेखि यातायात ठप्प, जनजीवन प्रभावित

Next Post

वन डढेलो नियन्त्रणको एजेण्डासहित संघ र प्रदेशमन्त्रीहरुको बैठक सुरु

सम्बन्धित खबर

दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र
समाचार

दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

१४ अशोज २०८३,
ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा
समाचार

ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा

१४ अशोज २०८३,
अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति
समाचार

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

१४ अशोज २०८३,
बीमा दाबीमा सर्भेयर खटाउन स्वचालित प्रणाली, ६८० जनाको विवरण प्रविष्ट
आर्थिक

बीमा दाबीमा सर्भेयर खटाउन स्वचालित प्रणाली, ६८० जनाको विवरण प्रविष्ट

१४ अशोज २०८३,
अगस्टमा घट्यो विदेशी पर्यटक आगमन
टुरिजम

मनाङमै अड्किए पर्यटक

१४ अशोज २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
समाचार

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

१४ अशोज २०८३,
Load More
Next Post
वन डढेलो नियन्त्रणको एजेण्डासहित संघ र प्रदेशमन्त्रीहरुको बैठक सुरु

वन डढेलो नियन्त्रणको एजेण्डासहित संघ र प्रदेशमन्त्रीहरुको बैठक सुरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In