• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

    दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

    ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा

    ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा

    अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

    अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

    बीमा दाबीमा सर्भेयर खटाउन स्वचालित प्रणाली, ६८० जनाको विवरण प्रविष्ट

    बीमा दाबीमा सर्भेयर खटाउन स्वचालित प्रणाली, ६८० जनाको विवरण प्रविष्ट

    अगस्टमा घट्यो विदेशी पर्यटक आगमन

    मनाङमै अड्किए पर्यटक

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
१४ अशोज २०८३,
0
बीमा दाबीमा सर्भेयर खटाउन स्वचालित प्रणाली, ६८० जनाको विवरण प्रविष्ट
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। नेपाल बीमा प्राधिकरणले बीमा दाबीको क्षति मूल्यांकनका लागि सर्भेयर खटाउने प्रक्रिया स्वचालित बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’ सञ्चालनमा ल्याउने तयारी गरेको छ। प्राधिकरणले असोज १२ गते साँझदेखि प्रणालीको परीक्षण सुरु गरेको हो।

प्राधिकरणका अनुसार नयाँ प्रणालीले सर्भेयरको विशेषज्ञता, उपलब्धता, कार्यस्थलसँगको भौगोलिक दूरी, वरिष्ठता, यसअघि पाएको काम तथा हालको कार्यभारका आधारमा उपयुक्त सर्भेयर छनोट गर्नेछ।

बीमा कम्पनीले आफ्नो रोजाइका सर्भेयरलाई मात्र काम दिने गरेको तथा सर्भेयरबीच कामको वितरण असमान हुने गरेको गुनासो सम्बोधन गर्ने उद्देश्यले प्रणाली विकास गरिएको प्राधिकरणले जनाएको छ। प्रणालीमा हालसम्म ६८० सर्भेयरको विवरण प्रविष्ट गरिएको छ।

प्रविष्ट विवरणमध्ये ८८ जना संस्थागत सर्भेयर छन्। सबै सर्भेयरको प्रोफाइलमा विशेषज्ञता, वरिष्ठता, उपलब्धता र यसअघि पाएको कामलगायतका विवरण राखिएको प्राधिकरणले जनाएको छ। हाल व्यक्तिगत सर्भेयरले एकपटकमा पाँचवटा र संस्थागत सर्भेयरले १० वटासम्म काम लिन पाउने व्यवस्था छ।

नयाँ प्रणालीमार्फत कुन सर्भेयरले कति काम पाएको र कति काम सम्पन्न गरेको भन्ने अभिलेख राख्न सहज हुने प्राधिकरणको अपेक्षा छ।

बीमा दाबी दर्ता भएपछि सम्बन्धित घटनाका लागि तोकिएका मापदण्ड पूरा गर्ने सर्भेयर प्रणालीले छनोट गर्नेछ। उदाहरणका लागि, सवारी दुर्घटनासम्बन्धी दाबीमा सो विषयमा विशेषज्ञता भएको र काम लिन उपलब्ध सर्भेयरलाई प्राथमिकता दिइनेछ। सर्भेयर छनोटको आधारसमेत प्रणालीमा अभिलेख रहने भएकाले निर्णयको समीक्षा गर्न सकिने प्राधिकरणले जनाएको छ।

प्रणाली सञ्चालनको तयारीस्वरूप असोज १३ गते निर्जीवन बीमा कम्पनीका सूचना प्रविधि तथा दाबी विभागका प्रमुख गरी ३६ जनालाई अनलाइन तालिम दिने कार्यक्रम छ। त्यसपछि सर्भेयरलाई पनि तालिम दिइनेछ। आगामी चरणमा पुनर्बीमा कम्पनीलाई समेत प्रणालीमा समेट्ने योजना प्राधिकरणको छ।

प्रणाली विकास गर्नुअघि बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, दाबी तथा सूचना प्रविधि प्रमुख र सर्भेयरलगायतसँग सुझाव लिइएको थियो। प्रणाली सञ्चालनमा आएपछि केही समय यसको कार्यक्षमता निगरानी गर्नुका साथै सुरक्षा परीक्षण गर्ने तयारीसमेत प्राधिकरणले गरेको छ।

स्वचालित छनोट प्रणालीले बीमा दाबी प्रक्रियामा हुने ढिलाइ तथा सर्भेयरलाई काम वितरणमा देखिएको असमानता घटाउने प्राधिकरणको अपेक्षा छ। यद्यपि समय र लागतमा कति सुधार हुन्छ भन्ने विषय प्रणाली नियमित रूपमा सञ्चालनमा आएपछि मात्रै मूल्यांकन गर्न सकिनेछ।

Previous Post

मनाङमै अड्किए पर्यटक

Next Post

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

metakhabar

metakhabar

सम्बन्धित खबर

दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र
समाचार

दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

१४ अशोज २०८३,
ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा
समाचार

ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा

१४ अशोज २०८३,
अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति
समाचार

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

१४ अशोज २०८३,
अगस्टमा घट्यो विदेशी पर्यटक आगमन
टुरिजम

मनाङमै अड्किए पर्यटक

१४ अशोज २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
समाचार

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

१४ अशोज २०८३,
पोखरामा दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव हुने
फिचर-ब्यानर

पोखरामा दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव हुने

१४ अशोज २०८३,
Load More
Next Post
अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In